काठमाडौं : काठमाडौं काे नयाँ बसपार्क नजिकै, बिष्णुमति नदिकाे छेउमा रहेका अस्थायी टहरामा रहेका पसलहरु आज देखि हटाईएकाे छ ।बिगत लामाे समयदेखि संचालनमा रहेका पसलहरु काठमाडौं महानगरले हटायपछि उक्त ठाउमा पसल गर्दै आयका ब्यापारी हरु निराश भयका छन्,। विभिन्न जिल्लाबाट उक्त ठाउमा बिगत लामाे समयदेखि कपडा पसल संचालनमा गर्दै आयका ब्यापारीहरु अहिले सामान आफू बस्ने काेठामा थन्क्याएर बसेकाे बताउछन, “महानगरले याे गर्नु स्वभाविक हाे तर हामीलाई कतै ब्यापार गर्ने ठाउँ दियकाे भय खुसि हुने थियौं “।
महानगरले अहिले सबै ठाउमा अवैधानिक रुपमा ब्यापार गर्दै आयका र सार्वजनिक ठाउहरुलाई ब्यक्तिगत रुपमा विभिन्न प्रयाेजनका लागि भाेगचलन गरेका ठाउहरुमा तत्काल राेक्न समेत अल्टिमेटम दिएकाे छ,। उक्त ठाउहरुलाई तत्कालै ब्यवस्थापन गरेर सुन्दर र नमुना शहर बनाउने महानगरकाे उद्धेश्य रहेकाे छ । काठमाडौं मा जनघनत्व बढेपछि र सवारी साधनहरुकाे बाक्लो भिड भय पछि , पैदलमार्ग र सवारीसाधनकाे मार्गलाइ महानगरले छुट्टाछुट्टै ब्यवस्थापन गर्न लागेकाे हाे ।