५ माघ २०८१, शनिबार

युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रा

काठमाडौं । व्यक्ति पिच्छे मानवीय स्वभाव फरक फरक हुनु प्राकृतिक नियमनै हो । जीवनलाई सहज र सरल ढंगबाट व्यतित गर्ने ईच्छा र चाहाना सबैको हुन्छ तर भने जस्तो नहुन सक्छ । यस्तै अनेकौं हण्डर र ठक्कर खाँदै परिपक्को बन्दै गएका युवा व्यवसायी ज्ञानेन्द्र गौतमले सामाजिक यात्रामा समेत आफ्नो पाईला अगाडी बढाई रहेका छन् ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा जन्मेका गौतम काठमाडौंलाई कर्मथलो बनाउँदै बिभिन्न व्यवसाय गर्दै मात्र छैनन् यतिबेला उनि आफुलाई सामाजिक र राजनैतिक यात्रामा समेत सरिक बनाउँदै छन् ।
आफ्नो पढाईलाई समेत थाति राखेर बिदेश जाने सुर कसेका गौतम नेपालमै सम्भावनाको खोजि गर्नु पर्छ भन्ने अठोट गर्दै बनाएको पासर्पोट समेत च्यातेर व्यवसाय गर्न लागेका हुन् ।
केहि समय अगाडी सम्पन्न नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत ईन्द्रावती काठमाडौं सम्पर्क समन्वय समितिको भेलाले उनलाई अध्यक्ष चयन गरेपछि उनको राजनैतिक यात्रा अझ अगाडी बढेको हो ।
राजनैतिक यात्रा संगै सामाजिक कार्यमा समेत अगाडी बढेका गौतमले यतिबेला ईन्द्रावती बाट काठमाडौं आएर बिभिन्न पेसा व्यवसाय तथा अध्ययन गर्ने हरुलाई परेको पिर मर्कामा मल्हम लगाउँदै आएका छन् ।
गौतमले भर्खरै मात्र पनि काठमाडौंको के एम सि अस्पतालमा टाउकोको जटिल समस्याको उपचार गराई रहेका सिन्धुपाल्चोक ,ईन्द्रावती गाउँपालिका वडा नम्बर ११ का राम बहादुर माझी लाई भेट गरि उनको स्वास्थ उपचारको प्रगतीको बिषयमा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु संग सर सल्लाह गरि संपुर्ण उपचार खर्चमा २५ प्रतिशत छुटको व्यवस्था समेत मिलाएका छन् ।
जनताको दुख सुखमा संग संगै साथ दिन सकेमात्र राजनैतिक र सामाजिक रुपमा सफल भईन्छ भन्ने बुझेका गौतम आफुले भ्याए सम्म र सकेसम्म जनताको दुख सुखको साथि बन्ने गरेको बताउँछन् ।