९ असार २०८३, मंगलवार

Breaking News

वैद्यकाे एकतालाई अस्वीकार गर्दै भारतमा पनि फुट, ४१ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन

वैद्यकाे एकतालाई अस्वीकार गर्दै भारतमा पनि फुट, ४१ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल समर्थित अन्तर्राष्ट्रिय विभाग अन्तर्गत भारतमा रहेको प्रवासी संगठनले एकता अस्वीकार गरेको छ ।अखिल भारत प्रवासी नेपाली एकता समाज फुटेर भक्त पुनकाे संयाेजकत्वमा ४१ सदस्यीय नेपाली एकता समाज भारत केन्द्रीय समिति पुनर्गठन गरेको छ ।बुधबार मई १ का दिन नेपालमा शन्त बहादुर नेपाली नेतृत्वको पार्टी नेकपा मशाल संग पार्टी एकता चलिरहेकै वेला उता भारतमा नेपाली एकता समाज भारत केन्द्रीय समितिको भेला तथा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भयकाे थियाे । केन्द्रीय उपाध्यक्ष शाेभाकर अधिकारीको अधक्ष्यतामा सम्पन्न  उक्त केन्द्रीय भेला सम्पन्न भएको पुनर्गठित संगठनका महासचिव सुरज कुमारले जानकारी दिय। उक्त संगठनका केन्द्रीय नेताले भन्ने "वैद्यले एकताकाे नाममा क्रान्तिकारी आन्दोलन भुत्ते बनाउन लागेका हामीले निरन्तर क्रान्तिका लागि साथ दिन यस...
पाल्पा जिल्ला संयाेजक सहित सिंगाे कमिटि वैद्य संग नरहने घाेषणा

पाल्पा जिल्ला संयाेजक सहित सिंगाे कमिटि वैद्य संग नरहने घाेषणा

Breaking News, राजनीति, विचार, समाचार
पाल्पा : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पा जिल्ला संयाेजक दिग्दर्शन सहित सिंगाे टिमले बिद्रोह काे घाेषणा गरेकाे छ ।मंगलबार एक विज्ञप्ति जारि गर्दै सिंगाे जिल्ला कमिटिले पार्टीकाे कुनै सदस्य समेत नरहने जनायकाे छ । पार्टीका सहसंयाेजक र बिद्यार्थी अध्यक्ष बाहेक सबैले बिद्रोह गरेकाे एक जिल्ला नेताले बताय । विज्ञप्तिमा भनियकाे छ :"व्यवहारले दर्शनलाई चुम्नेछ, दर्शनले सिद्धान्तलाई चुम्नेछ, सिद्धान्तले कार्यदिशालाई चुम्नेछ, कार्यदिशाले संगठनलाई चुम्नेछ, संगठनले विजयलाई चुम्नेछ, विजयले हामीलाई फेरि नयाँ व्यवहारमा पुनः फर्काउछ। हामी नत वस्तुवादि भयौ, नत व्यवहारिक भयौं, नत विजयी केही पनि हुन सकेनौं। पार्टीमा २०८० मंसिर देखि रुपान्तरणको महान प्रक्रिया शुरु गर्दै पुनः लिखित रुपमै ९ वटा जिल्ला र दुईवटा जबस मोचर्चामा रहेका ३१ जना प्रदेश संगठन समितिका सदस्य हामीहरुल...
माेहन वैद्यसंग अलगीए, सिंह लगायतका प्रभावशालि नेताहरु

माेहन वैद्यसंग अलगीए, सिंह लगायतका प्रभावशालि नेताहरु

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट सचिवालय सदस्य लगायतका शिर्ष नेताहरु अलगियका छन्। पार्टीका सचिवालय सदस्य तथा युवा नेता पुर्ण बहादुर सिंह ‘समरजङ’,स्कुलिङ्ग बिभागका प्रभावशाली नेता तथा लेखक खेम थपलिया, प्रकाशन बिभागका सह सयाेजक अशाेक सुवेदी, किसान संगठनका सह- सयाेजक हरि श्रेष्ठ , मजदुरका सह -संयाेजक बिनाेद थापा, बिद्यार्थी नेता नवराज भट्ट , केन्द्रीय सदस्य माधव गाैतम, रण बहादुर बि.क. सहितको टिमले बिद्रोह गरेको हो। साेमबार राजधानीमा आयोजित विशेष पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएकाहुन ।एक वर्ष अगाडी नेकपा बहुमत र क्रान्तिकारी माओवादी एकताबाट बनेको उक्त दल ठिक एक वर्षमा फुटेको हो । पार्टी एकतापछी जनताका मुद्दाहरूमा छलफल केन्द्रित नभएर अमुक नेताका आ-आफ्ना मान्छे सेटिङ्गगर्न किचलो र झगडा बढी भएको भन्दै नेता सिंहको नेतृत्वमा गत पौषमा ७ बुद्दे मागपत्र पा...
मजदुर आन्दोलनको सम्झनामा,१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाइँदै

मजदुर आन्दोलनको सम्झनामा,१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाइँदै

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गर्‍यो । प्रहरीको गोली लागि सात म...
ईलाम २ काे उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी

ईलाम २ काे उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको हाे। नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए। निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प...
अन्तर आईटी कलेज फुटसल उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सलाई

अन्तर आईटी कलेज फुटसल उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सलाई

Breaking News, खेल, समाचार
चितवन :चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो ।प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रति खेलाडी ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरे । पुरस्कार वितरण समार...
कक्षा १२ काे परीक्षा आज देखि सुरु, ३लाख ९० हजार बिद्यार्थीले परीक्षा दिदै

कक्षा १२ काे परीक्षा आज देखि सुरु, ३लाख ९० हजार बिद्यार्थीले परीक्षा दिदै

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :कक्षा १२ काे परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए  । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ÷मुस्ताङमा एक÷एक व...
२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट :प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकार तथा  सञ्चार माध्यमलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको हो । अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको बताउनुभयो । भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको प...
अनुगमन पछि बूढानीलकण्ठ नगरपालिकाको १२ स्कुल शिल १८ वटा  कारबाहीमा

अनुगमन पछि बूढानीलकण्ठ नगरपालिकाको १२ स्कुल शिल १८ वटा कारबाहीमा

Breaking News, शिक्षा, समाचार
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरुमा अनुगमनलाई तिब्र बनाएको छ। नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले ९ बुंदे निर्देशन जारि गर्दै आक्रामक अनुगमन गरेको हो। बूढानीलकण्ठ नगरपालिकाका ३४ वटा स्कुलको अनुगमन भैसकेको र १८ वटा स्कुल कारबाहीमा परेको बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले जानकारी दिएका छन्। केहि विद्यालयले नगरपालिकाको निर्देशन उल्लघंन गरेकोले कारबाही गर्नुपरेको उनको भनाइ छ। अनुगमनको क्रममा बिधालय परिसरबाट स्टेशनरी सामग्रीहरु ,बिधालय पोशाक लगायत बिक्रि वितरण गरेको पाइएको थियो । थोरै मात्रामा शैक्षिक सामग्रीहरु भेटीए जफत गर्ने र धेरै भेटिएको अबस्थामा ताला लगाउने गरिएको छ। हाल सम्म ३४ वटा स्कुलको अनुगमन गर्दा १२ वटा स्कुलको सामग्री बितरण कक्षामा शिल गरिएको छ। स्कुल मात्र होइन २...
माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा...