३ श्रावण २०८२, शनिबार

Breaking News

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

Breaking News
काठमाडौँ :  नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए) ले घोषणा गरेको छ । यो कुल वर्षाले नोभेम्बर सन् १९९२ मा सेट गरिएको ३९० दशमलव १ मिमीको अघिल्लो रेकर्ड तोडेको छ । गत शनिबार सिङ्गापुरमा डिसेम्बरको सबैभन्दा तातो दिन भएको वातावरण एजेन्सीले जनाएको छ । पूर्वी सिङ्गापुरको तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस पुगेको छ, जुन अघिल्लो सन् २०१६ डिसेम्बर ६ मा तोकिएको ३५ दशमलव ९ डिग्रीभन्दा बढी थियो । ...
रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ

रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ

Breaking News
काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ । लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्‍याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याइएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड...
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा माेहन वैद्य “किरण”

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा माेहन वैद्य “किरण”

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा  माेहन वैद्य किरणलाई नै चुनिएको छ। काठमाडौंमा १० दिन सम्म चलेकाे महाधिवेशनले वैद्यलाई महासचिवमा चुनेकाे हाे।पार्टीका नेता सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली सुदर्शनको समर्थनमा मोहन वैद्य किरणलाई महासचिवमा निर्वाचित गरिएको हो। महाधिवेशनले मोहन वैद्य किरणको नीति र नेतृत्वलाई सर्वसम्मत रुपमा पारित गरेको छ । महाधिवेशनको बन्द सत्रले ११७ सदस्यीय पूर्ण र ८० सदस्यीय वैकल्पिक रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ। नव निर्वाचित महासचिवको तर्फबाट किरणले आफूले सकेसम्म क्रान्तिको तयारीमा पूर्ण रुपले लागिपर्ने प्रतिबद्धता गरेका छन। मंसिर १३ गते काठमाडौं न्यूरोडको भूगोल पार्कमा  उद्घाटन कार्यक्रम सम्पन्न गरी कीर्तिपुरको स्मृति हलमा बन्द सत्र सुरु गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्य किरणले प्रस्तुत गरेको मूल र...
म्याग्दीको  आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

म्याग्दीको आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

Breaking News
काठमाडौँ । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् । बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सहरी विकास मन्त्रालयको रु एक करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु एक करोड ६७ लाख २८ हजार एक सय २६ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको छकोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण–३ दाना र वडा ...
जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत जाजरकोटको भेरी नगरपालिका -१० नुवागाऊमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । शर्मा सिंह एण्ड ब्रदर्श निर्माण सेवा प्रालिको प्रदेश नम्बर ३-०१०२३ च ४७१९ बोलेरो जीप नुवागाउँको घुम्तिमा दुर्घटनामा परेको हो ।जीपमा सवार ३ जना मध्य २ जनाको घटनास्थलमा मृत्यु भएको र १ जना घाइते भयकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनायकाे छ । दुर्घटना के कसरी भयाे भन्ने बारे बुझ्न प्रहरीको टाेली घटनास्थल तर्फ पठाईयकाे जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रमख पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयकाे छ ।...
टिकटकले दुई महिनामा हटायो ६ हजार ७८ भिडियो

टिकटकले दुई महिनामा हटायो ६ हजार ७८ भिडियो

Breaking News
काठमाडौं । टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् । काठमाडौंमा मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा यो तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताइन् । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण ग...
उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : देशका विभिन्न पालिकामा भएकाे उप निर्वाचन २०८१ काे मत परिणामले फेरि पनि पुरानै दलकाे बर्चस्व देखियकाे छ । दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद निर्विरोध भय पछि  आइतबार ४१ पदमा मतदान भएको हो । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन् । उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्...
माेहन वैद्यका झापा जिल्ला कमिटी सदस्य लामाले राेजे श्रमिक कम्युनिस्ट पार्टी

माेहन वैद्यका झापा जिल्ला कमिटी सदस्य लामाले राेजे श्रमिक कम्युनिस्ट पार्टी

Breaking News, राजनीति, राष्ट्रिय, विचार
काठमाडौं : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल झापा जिल्ला सचिवालय सदस्य भिम लामाले पार्टी परित्याग गरि श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन । उनले गत शुक्रबार एक वक्तव्य जारी गर्दै भनेका छन ´२०६०/६१ सालमा तत्कालीन जनमाेर्चा नेपाल र त्यसकाे माउ पार्टी नेकपा एकता केन्द्र मसालकाे जिल्ला समितिमा गर्दै २०६४ सालमा नेकपा माओवादी संग पार्टी एकता गरि जिल्ला समितिमा काम गर्दै आयकाे र अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी काे सचिवालय कमिटिमा काम गर्दै आयकाे अवस्थामा पार्टी भित्र केन्द्रीयता र बाहुनबाद लादेकाेले यश पार्टीले क्रान्तिका कुरा गर्ने तर ब्यक्तिवादि गतिविधि गर्दै आयकाे आराेप लगायका छन्।` माओवादी घटक भित्रका सम्पुर्ण पार्टी अबिस्वासका पार्टी भयकाले  समरजंग नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नै अबकाे सच्चा र क्रान्तिकारी पार्टी भयकाेले आफू उक्त पार्टीमा प्रव...
जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटकाे उप मेयर पदमा देवका लामिछाने (शाेभा) विजयी भएकि छिन। आईतवार भयकाे उप मेयर पदका लागी नेकपा माओवादी केन्द्रकी उम्मेदवार लामिछानेले ४२७०मत ल्याएर विजय भएकि हुन,। उनकि निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकि ईन्द्रा सिंह चन्दले ३१४७ मत ल्याएकि थिइन भने नेकपा एमाले कि उम्मेदवार सुनिता बाेहराले २५४१,राष्ट्रिय स्वतन्त्र पार्टीकि पार्वती पुनले १७९,राष्ट्रिय प्रजातन्त्र पार्टीकि सुनिता पुन रावलले ५७, र  नेपाल समाजवादी पार्टीकि पवित्रा जैशीले १५ मत प्राप्त गरेकाे  निर्वाचन अधिकृतको कार्यलय जाजरकोटले जनाएकाे छ । यश अघि नेपाली कांग्रेसबाट निर्वाचित सरिता सिंह गत २०८०/ कार्तिक १७ गते राति गएकाे भुकम्पमा परि निधन भय पछि साे ठाउमा उप मेयर पदका लागि निर्वाचन भयकाे हाे । विजयी भयकी लामिछाने जनयुद्धकाल देखि भेरि कर्णाली एफ एफ रेडियाेमा काम गर्दै हाल नलगाड एफएममा र ...
काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Breaking News, कविता, खेल, चुनाव, निर्वाचन, मनाेरन्जन, माैसम, शिक्षा, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका—१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छिन् ।पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो । यो वडामा प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरको २ हजार २ सय २० मत, नेपाली कांग्रेसका देवेन्द्र पाठकको २ हजार २ सय १४ मत, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरको १ हजार ९२ मत प्राप्त हुँदा विजयी भएकी श्रेष्ठको २ हजार ९ सय २ मत प्राप्त भएको थियो । स्थानियतहको निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष मुकुन्द रिजालको निधन भए पछि भएको यो उप निर्वाचनमा नेपाली काँग्रेस तेश्रो पार्टी भएको छ । वडामा आफ्नो वचश्व कायम राखेको एमाले दोश्रो स्थानमा रहको छ । पहिलो निर्वाचन देखिनै निकै चर्चामा रहेको यो वडा कानुन व्यवसायी तथा समाजसेवीको रुपमा परिचित रोजिना श्रेष्ठको नेतृत्वमा चल्ने भए पछि यस...