३ श्रावण २०८२, शनिबार

Breaking News

जाजरकोटका बिभिन्न विद्यालयहरुकाे अवलोकन तथा निरीक्षण गर्न, गाउँ फर्के अर्थ मन्त्री -शाह

जाजरकोटका बिभिन्न विद्यालयहरुकाे अवलोकन तथा निरीक्षण गर्न, गाउँ फर्के अर्थ मन्त्री -शाह

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट :कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाह, जिल्लाका विभिन्न बिद्यालयहरुकाे स्थलगत अवलोकन गर्दै गाउँ फर्केका छन्।आफ्नाे  निर्वाचन क्षेत्र जाजरकोट`ख´अन्तर्गत पर्ने शिवालय गाउँपालिकाका विभिन्न विद्यालयको स्थलगत अनुगमन गरेका हुन । मन्त्री शाहले शिवालय गाउँपालिका वडा नं ३ मा अवस्थित सरस्वती माध्यामिक विद्यालय र इन्द्र धनुष प्राथमिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर पठनपाठनकाे अवस्था र वडा नं ७ को वीरेन्द्र माध्यामिक विद्यालय र वडा नं ८ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयको पनि अवलोकन गरेका थिय। विद्यालय निरीक्षणका क्रममा मन्त्री शाहले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको पठनपाठन सम्बन्धी समस्याबारे जानकारी लिएका थिय । साथै शिक्षकहरूसँग पनि अन्तरक्रिया गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आवश्यक सहयोगको प्रतिबद्धता पनि मन्त्री शाहले...
दक्षिण काेरियाम विमान दुर्घटना हुदा २ जना बाहेक सबै जनाकाे मृत्यु भयकाे छ

दक्षिण काेरियाम विमान दुर्घटना हुदा २ जना बाहेक सबै जनाकाे मृत्यु भयकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
साेल :दक्षिण कोरियाकाे मुआनमा विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ । यस अघि भने एजेन्सीले मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६२ जना पुगेको भन्दै समाचार लेखेको थियो । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । ल्यान्डिङ गियरमा समस्याका कारण उक्त विमान दुर्घटना भएको योन्हापले ...
माेहन वैद्यकाे स्वास्थ्यमा समस्या आयपछि अस्पतालमा भर्ना गरियकाे छ

माेहन वैद्यकाे स्वास्थ्यमा समस्या आयपछि अस्पतालमा भर्ना गरियकाे छ

Breaking News, समाचार, स्वास्थ
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालीका महासचिव मोहन वैद्य ‘किरण’काे स्वास्थ्यमा समस्या आयपछि अस्पताल भर्ना भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’साँस्कृतिक प्रतिष्ठान घट्टेकुलाे काठमाडौंमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनका सचिवालयले जानकारी दियकाे छ, अहिले वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख भईरहेको बताएको छ ।...
भारतका पुर्व प्रधानमन्त्री सिंहकाे ९२ बर्षकाे उमेरमा निधन

भारतका पुर्व प्रधानमन्त्री सिंहकाे ९२ बर्षकाे उमेरमा निधन

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, विगन्यूज, समाचार
नयाँदिल्ली: भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । बिहीबार राति ९२ वर्षको उमेरमा सिंहको निधन भएको हो ।अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको ´अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस` (एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।  एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ । अचानक बेहोस भएर बिहीबार राति ८ बजेर ६ मिनेट जाँदा इमरजेन्सीमा भर्ना गरिएका सिंहको ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । तमामा कोशिसका बाबजुद सिंहलाई बचाउन नसकिएको समेत अस्पतालले जनाएको छ । पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो । साथै पुस २७ गते गरिने भनिएको सबै कार्यक्रमहरु रद्द गरिएको छ । कांग्रेस आईका नेता राहुल गान्धी र सो पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट दिल्ली प्रस्थान ...
विप्लव र म बिचकाे फाटाे ल्याउन भ्रम छरियाे :जनार्दन शर्मा

विप्लव र म बिचकाे फाटाे ल्याउन भ्रम छरियाे :जनार्दन शर्मा

Breaking News, राजनीति, विचार
काठमाडौ: नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री जनार्दन शर्माले विप्लव र आफुबिच फाटो ल्याउन भ्रम छरिएको बताएका छन । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा शर्माले विप्लव र आफूबिच फाटो ल्याउन विभिन्न भ्रम छरिएको बताएका हुन । पार्टीले २०६६ तिर विद्रोह र चुनावको दुई धारे नीति अवलम्बन गर्नु कमजोरी भएको उनले प्रष्ट पारेका छन । ‘२०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो । त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो । चुनाव बुझ्नेले चुनाव बुझ्यो । विप्लवजीले विद्रोह बुझ्नुभयो र आफ्नो बाटो लाग्नुभयो’, उनले भने, ‘हाम्रो बिचमा कालोबादल लगाउने विषयमा प्रयत्न गरिएको थियो । त्यो सही होइन । माओवादी पुनर्गठनको अभियान आफैँले थालेको हुँ । विप्लव र मेरोब...
जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जिल्ला बारेकाेट गाउपालीकाकाे नायकवाडा केन्द्रबिन्दु भएर बिहीबार बिहान ६:३३ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।यस भूकम्पको कारण कुनै ठूलो जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ। गत साल कार्तिक १७ गते साेहि गाउपालिकाकाे रामिडाँडा केन्द्रविन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प गयर ठुलाे जन धनकाे क्षति भयकाे थियाे ।...
गोर्खाका मनिष गुरुङलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको बनभोज कार्यक्रमबाट सहयोग

गोर्खाका मनिष गुरुङलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको बनभोज कार्यक्रमबाट सहयोग

Breaking News
काठमाडौं । भिजन स्टिल एण्ड आल्मोनियम स्टक्चर प्रा.लि.को सिंहदरवार भित्र रहेको गृहमन्त्रालयको कार्यक्षेत्रमा लडेर घाईते भई उपचारार्थ रहेका गोर्खा जिल्ला, सिरनचोक ५ रित गाउँका मनिष गुरुङ लाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको आयोजनामा गोकर्ण जगडोल शहिद तथा निजामती पार्कमा भएको बृहत बनभोज एवं सांस्कृतिक कार्यक्रम बाट सहयोग प्राप्त भएको छ । लडेर ढाडको पुरै भाग नचल्ने भए पछि गुरुङलाई औषधि उपचारमा समेत आर्थिक अभाव भएपछि ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्रका अध्यक्ष सैलेश ठकुरीको पहलमा सहयोगको लागि आह्वान गरिएको थियो । कार्यक्रम स्थलमा सहयोगार्थ राखिएको सहयोग बाकसमा जम्मा भएको रु १,१०,०००÷महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले बिरामी मनिष गुरुङ लाई हस्तान्तरण गर्नु भएको हो । अनौपचारीक तथा सांस्कृतिक कार्यक्रम सन्चालन गर्नुभएका महासंघका केन्द्रिय सदस्य राजेश श्रेष्ठले संघ संस्...
बाजुरा केन्द्रबिन्दु भयर ५.३ म्याग्निच्युटकाे भुकम्प गयाे

बाजुरा केन्द्रबिन्दु भयर ५.३ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
सुर्खेत : बाजुरा केन्द्रबिन्दु भएर सनिवार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।...
बहुमत निकट अखिल क्रान्तिकारीकाे अध्यक्षमा- बिरेन्द्र शाह चयन

बहुमत निकट अखिल क्रान्तिकारीकाे अध्यक्षमा- बिरेन्द्र शाह चयन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पाेखरा कास्की :धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा बहुमत निकट क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भयकाे छ ।  अध्यक्षमा विरेन्द्र शाह सर्वसहम चयन भयका छन। कास्कीको पोखरामा आइतवार सम्पन्न सम्मेलनले बिरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी सहित ७५ सदस्य केन्द्रीय समिती चयन गरेको छ । जसमा उपाध्यक्षमा रुपा बुढा मगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिबमा डिबि शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् । संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला 'कञ्चन' रहेका थिए । त्यस्तै संगठनका पुर्ब अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्ब महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक ...
जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट: जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ। जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीमाटिबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो। डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । दुर्घटनामा २ जना घाइते भएका छन्।...