म्याग्दीको मालिका -३ पात्लेमा एक एक घर एक धाराको सुविधा
पाेखरा :म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ।
रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना मार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसंख्या लाभान्वित भएका छन्। घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाले बताए।
उनका अनुसार नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको रु. ३३ लाख ३७ हजार तीन सय २५ र मालिका गाउँपालिकाको रु १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले रु १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन्।
पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ। चार वटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुख्य र शाखा पाइपलाइन मार्फत नौ वटा ट्याकी बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले...









