९ असार २०८३, मंगलवार

Breaking News

कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी  र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार आठ सय सात जना सुरक्षाकर्मी खटाइएको हो । प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुने छ । प्रवक्ता श्रेष्ठले भने, ‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ ।’ प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतक...
म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

Breaking News, चुनाव, निर्वाचन, राजनीति, शिक्षा, स्वास्थ
कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी अफ्रिकी मुलुक सेयरालियोनबाट जाजरकोट फर्किएका छन् । उनको वर्तमान सपना हो, सांसद बन्ने । ‘म सपना बोकेर फर्किएँ, सांसद बन्ने’, उनी भन्छन्, ‘सपना मेरो होइन, जाजरकोटी जनताको सपना, जसले मलाई आफ्नो प्रतिनिधि भएको हेर्न चाहेका छन् ।’ भदौ पहिलो साता फर्किएका कार्कीले जाजरकोटबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जिल्लालाई रुपान्तरण गर्न र अर्थहीन राष्ट्रिय नीति र कानुन खारेज गरी समयानुकुल र दीर्घकालीन महत्व राख्ने नीति निर्माण गर्न सांसद बन्न चाहेको उनको भनाई छ । अहिले दलहरूले गलत तरिकाले स्वार्थपूर्तिका लागि राजनीतिक खेल खेलिरहेको बताउँदै उनले जिल्ला र राज्यभित्र बढ्दै गएको अराज...
राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यक्रता बिच झडप ।

राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यक्रता बिच झडप ।

Breaking News, चुनाव, राजनीति, समाचार
चितवनमा क्षेत्र नम्बर २ मा चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यकर्ताबीच लफडा भएको छ। घरदैलो अभियानका क्रममा जम्काभेट भएपछि दुवै पक्षका कार्यकर्ताबीच सुरुमा भनाभन भएको थियो। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यका अनुसार दुई दलका कार्यकर्ताबीच कुरिनटारबाट नारायणगढतर्फ जम्काभेट भएको थियाे । सवारीसाधन प्रयोग गर्दै र पैदलै प्रचार हिँडेका दुई पक्षबीच जम्काभेट हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेका थिए। ‘रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेपछि विवाद उत्पन्न भएको सूचना आएको छ', उनले भनिन्, 'त्यसपछि गठबन्धनका कार्यकर्ताले रास्वपका कार्यकर्ता सवार एउटा गाडीमा क्षति पुर्‍याएका छन्।' रवि नेतृत्वको रास्वपाका एकजना नेता दीपक बोहोराले सत्ता गठबन्धनले आफ...
नेपाल टेलिकमको चुनावी अफर : २९४ रुपैयाँमा २० जीबी डाटा

नेपाल टेलिकमको चुनावी अफर : २९४ रुपैयाँमा २० जीबी डाटा

Breaking News, चुनाव, सुचना संचार
२७ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ । यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।यो अफर कात्तिक २७ देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपल...
बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
२६ कात्तिक, काठमाडौं । शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ  ।साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।  ...
नेकपा (बहुमत) काे चुनावी अवज्ञाबारे प्रचार- प्रसार तिब्र बन्दै

नेकपा (बहुमत) काे चुनावी अवज्ञाबारे प्रचार- प्रसार तिब्र बन्दै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
    काठमाडौँ : नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरहरूले पर्वत र म्याग्दीका सरकारी कार्यालयहरूसमेत रङ्गिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अधिकांश सरकारी कार्यालयका प्रवेशद्वारहरूमा ‘संसदीय चुनावको अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !’ भन्ने नाराहरू लेखिएका रङ्गीन पोस्टरहरू व्यापक रूपमा टाँसेको हो । नेकपा (बहुमत) ले यही मङ्सिर ४ गते हुने भनिएको प्रदेश र सङ्घका संसदीय निर्वाचनलाई फेरि देश बेच्ने लाइसेन्स सुदृढ गर्ने संसद्वादीहरूको प्रयास भन्दै सर्वसाधारण जनतालाई यो व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लामबद्ध हुन आह्वान गरेको छ । यो व्यवस्थाले देश र जनतालाई कङ्गाल बनाएको र राजनीतिक अस्थिरता कायम गरेको हँुदा यो निर्वाचन अवज्ञा गरी स्थायित्व कायम गर्न स्वाधीन संयुक्त सरकार निर्माण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमु...
रुकुम पश्चिममा जनार्दन शर्मा : चौथो जितका दावेदार

रुकुम पश्चिममा जनार्दन शर्मा : चौथो जितका दावेदार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
 २०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए । शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ हटाउने भूमिका खेले । अर्थमन्त्री भएपछि भने उनी गभर्नर हटाउनेदेखि बाहिरियालाई बोलाएर बजेटको बुँदा हेरफेर गर्नेसम्मका विवादमा परे । तिनै शर्मा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि रुकुमपश्चिमबाट लड्दैछन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका उनी चुनाव जित्नेमा ढुक्क पनि छन् । यो क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार चुनाव जितेका शर्माको फेरि विजयी हुने दाबीमा ठोस आधार पनि देखिन्छ । रुकुमपश्चिममा बलियो पकड बनाएको माओवादी केन्द्रलाई यसपटक ...
राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, राष्ट्रिय, समाचार
२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज बिहान काठमाडौं फर्किएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् । सो सम्मेलनमा राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानगरिएको थियो ।...
आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे  भन्डाफोर सभा हुँदै

आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे भन्डाफोर सभा हुँदै

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
     आशन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनावको औचित्य नरहेको भन्दै चुनाव खारेज/बहिस्कारको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीले आज पूर्वको इटहरीमा भन्डाफोर सभा गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी विरोध तथा जनपरिचालन अन्तर्गत आज इटहरीमा कार्यक्रम हुन लागेको हो । सुनसरीको इटहरी मेनचोक बाट १ सय मिटर पश्चिम तर्फको चोकमा आज दिउँसो ठिक १ बजे हुने कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती र नेकपा नेता सतिसाल लगाएतका नेताहरूले सम्बोधन गर्ने सुनसरीस्थित नेकपा पोलिट व्युरो सदस्य दिपेश सीले जानकारी दिएका छन् । कार्यक्रमको शुरुवात ब्यानरसहित नारा जुलुश गर्दै हुने बताइएको छ ।...
नेकपा  विप्लवका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

नेकपा विप्लवका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
    काठमाडौँ : विप्लव नेतृत्वको नेकपा अर्थात् विप्लव समूह महाधिवेशनपछि झन्झन् रित्तिँदै गएको छ । कैलालीमा शुक्रबार दर्जनौँ जिल्लास्तरीय नेता–कार्यकर्ता विप्लव समूहबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा समाहित भएका छन् । नेकपा (बहुमत) मा प्रवेश गर्नेहरूमा माओवादी केन्द्र, एमाले, नेकपा एस, नेपाली काङ्ग्रेसलगायत पार्टीका नेता–कार्यकर्ता पनि छन् । नेकपा (बहुमत) मा प्रवेश गर्ने विप्लव समूहका जिल्लास्तरीय नेताहरूमा शारदा अधिकारी (कैलाली जिल्ला सदस्य), कटक थापा (कैलाली जिल्ला सदस्य), पान्सरा विकलगायत छन् । त्यसैगरी राजबहादुर बिस्ट नेकपा (एकीकृत समाजवादी युवा सङ्गठनका लम्की इन्चार्ज तथा एसका जिल्ला सचिवालय सदस्य), रङ्ग बटाला (नेकपा समाजवादी केन्द्र का जिल्ला सचिवालय सदस्य), चक्र बिस्ट (नेकपा एसका नगर समिति सचिवालय सदस्य), पद्मा शाही (राप्रपा नगर समिति सदस्य), डिल्ली बटाला (नेपाली काङ्ग्रेस), पुर...