३ असार २०८२, मंगलवार

Breaking News

चाैथाे जाजरकाेट महोत्सवमा सर्वाधिक राशीको पुरुष भलिवल प्रतियाेगिता हुने

चाैथाे जाजरकाेट महोत्सवमा सर्वाधिक राशीको पुरुष भलिवल प्रतियाेगिता हुने

Breaking News, अर्थवाणिज्य, खेल, राष्ट्रिय, समाचार
आगामी पौष ११ देखि १६ गते सम्म सञ्चालन हुने चौथो जाजरकोट महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजनामा सञ्चालन हुने महोत्सवमा अहिले सम्मकै ठुलो पुरस्कार राशीको भलिवल प्रतियोगिता सञ्चालन हुने भएको हो । महोत्सवमा पुरुष खुल्ला भलिवलमा विजेताले २ लाख ५ हजार ५५५ पुरस्कार पाउने छ भने उपविजेताले १ लाख २५ हजार ५५५ पुरस्कार पाउने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जाजरकारी दिए । यस्तै, तेस्रो स्थान प्राप्त गर्ने टीमले ५० हजार ५५५ पुरस्कार पाउने छ । दर्ता शुल्क १० हजार रहेको छ । चौथो जाजरकोट महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहनेछ ।...
भारतमा पेट्रोलकाे मूल्य घट्यो

भारतमा पेट्रोलकाे मूल्य घट्यो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, समाचार
१ पुस, काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको छ। यस पटक पनि घटेर मूल्यसूची आएपछि नेपालको बजार मूल्य कम गर्न निगमलाई दबाब परेको छ। यसअघि घटेर आउँदा निगमले घाटा धेरै रहेको भन्दै मूल्य समायोजन गरेको थिएन। यस पटक इन्धनको मूल्य घटाउने तयारी निगमले गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ। त्यहीअनुसार आईओसीले घटेको मूल्यसूची पठाएको हो।...
नियम बिपरित चल्ने निर्माण ब्यवसायी र आपूर्ति कम्पनी कालाे सुचिमा ।

नियम बिपरित चल्ने निर्माण ब्यवसायी र आपूर्ति कम्पनी कालाे सुचिमा ।

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार
२९ मंसिर काठमाडौं ।सरकारले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको हो। कालो सूचीमा पर्ने कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न नपाउने बताइएको छ। कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ। सुचना हेर्नुहाेस :...
क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ।

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ।

Breaking News, खेल, समाचार
२८ मंसिर, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाएका छन् ।साबिक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ। कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो। फिफा पुरुष विश्वकपको इतिहासमा मेस्सी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका यी स्ट्राइकरले मंगलबार दोहाको लुसेल रंगशालामा विश्वकपमा आफ्नो २५ औं खेल खेले । यो जर्मनीका महान खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो । यो खेल अर्जेन्टिनाले ३-० ले जितेको छ । आइतबार लुसेल रंगशालामै हुने फाइनलमा मैदानमा उत्रिएसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । विश्वकपको २५ खेलमा अर्जेन्टिनाका लागि उन...
काभ्रे मा बस दुर्घटना : १८  जनाकाे ज्यान गयाे २१ घाईते ।

काभ्रे मा बस दुर्घटना : १८ जनाकाे ज्यान गयाे २१ घाईते ।

Breaking News, पुर्वाधार, विगन्यूज, समाचार
२७ मंसिर, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा  बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८  पुगेको छ र २१ जना घाइते भयका छन ।१३ जनाकाे घटनास्थलमै र ५ जनाकाे उपचार लिदै गर्दा बाटाेमै ज्यान  गयकाे वेथानचाेक गाउपालिकाका अध्यक्ष भगवान अधिकारीले बताय  । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी जम्मा १८  जनाको मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन । घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् । यसैबीच, गृहमन्त्री बालकृ...
जाजरकोटमा   जिप दुर्घटना :११ जनाकाे मृत्यु र १ जना घाईते

जाजरकोटमा जिप दुर्घटना :११ जनाकाे मृत्यु र १ जना घाईते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।मध्यपहाडि पुष्पलाल राजमार्ग अन्तर्गत छेडागाँड नगरपालिका वडा न.४ र ५काे बिचमा  पर्ने भिरवाटी भिरमा आज अपरान्ह ४: ४५ बज्जे कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको बाेलेराे  जिप चुवाँ गाउबाट थलह बजार आउने क्रममा दुर्घटना हुदा ९ जनाकाे घटनास्थलमै र २जनाकाे उपचारका क्रममा बाटोमै  मृत्युु भयकाे छ भने एक जना गम्भीर  घाईते भएका छन। मृत्युु हुनेमा दैलेख भगवतीमाई गाउपालिका २ का  चालक मान बहादुर रावत ,साेहि पालिका ३ का  बिरेन्द्र केसि , अमर बहादुर खड्का जाजरकोट  छेडागाँड नगरपालिका ६ का वीर बहादुर खत्रि , वडा न ५ का जैकुरा बुढा,नैनसरा अधिकारी , राम बहादुर बुढा , देविसरा बुढा , दिपक अधिकारी , निशा अधिकारी ,अम्मर अधिकारी रहेका छन । जिप सडक देखि ३ सय मिटर तल झरेकाे छ र मृतक र घाईतेहरुलाई उद्दार भईरहेकाे जाजरकोट बाट गाेबिन्द चन्द ले बताउनु भयाे । तुफान न्युज डटकम परिवार यश  दुखद घटनामा परि मृत...
समानुपातिक सांसदहरुकाे शुचि आज सार्वजनिक हुने :

समानुपातिक सांसदहरुकाे शुचि आज सार्वजनिक हुने :

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
२६ मंसिर, काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको बताए । वाग्लेका अनुसार आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ । दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ पाएका छन् । निर्वाचन अघि नै दल...
माओवादी केन्द्रले समानुपातिकका १४ सिट टुंगो लगायाे

माओवादी केन्द्रले समानुपातिकका १४ सिट टुंगो लगायाे

Breaking News, राजनीति, समाचार
२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक प्रणालीबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् । हेर्नुहोस् सूची: आदिवासी जनजाति दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ हितराज पाण्डे (पुरुष) महिला ज्ञानु बस्नेत सुवेदी विमला सुवेदी नारायणी शर्मा रुपासोसी चौधरी (थारु) दलित रणेन्द्र बराली सुशीला श्रीपाली ठकुरी मधेशी मीना यादव अमरावती देवी यादव पिछडिएको क्षेत्र कल्पना मिया...
सुर्खेत मा श्रीमानले श्रीमतीको टाउकाे काटेर हत्या

सुर्खेत मा श्रीमानले श्रीमतीको टाउकाे काटेर हत्या

Breaking News, समाचार
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत पश्चिम पन्चपुरी गाउपालिका वडा न ३ चाेकमा बस्ने ३८ बर्षिय  अमर बहादुर आले मगरले  आफ्नै श्रीमती मिना आले मगर को टाउकाे धारीलाे हतियारले रेटेर  टाउकाे काटेर प्लास्टिकको  झाेलामा समातेर  हिडिरहेकाे अवस्थामा  स्वास्थ्य  कार्यलय पलैटेमा प्रहरीले भेटेर नियन्त्रणमा लियकाे छ  । हाल उनिलाई ईलाका प्रहरी  कार्यालय बाँबियाचाैरमा राखिएको छ र घटना पैसाकाे बिषयमा भयकाे बुझियकाे छ । आले लामो समय वैदेशिक राेजगारमा रहेकाे र घरमा पैसाकाे कुरा उठायकाे र पैसाकाे हिसाब श्रीमतिबाट प्रष्ट नभयपछि घटना भयकाे बुझियकाे छ । साथै घरमा नबस्ने सधै माईत बस्ने बनेर आवेगमा श्रीमतीको टाउकाे रेटेकाे उनले बताउदै आयका छन ।थप घटनाको छानबिन भईरहेकाे ईलाका प्रहरी कार्यलय बाँँबियाचाैरका प्रहरी निरिक्षक टिका प्रसाद देउवाकाले बताय ।...
कतारमा जारी फिफा विश्वकप २०२२ नेदरल्यान्ड लाई पेनाल्टी सुटआउटमा ४-३ ले अर्जेन्टिना सेमिफाइनल

कतारमा जारी फिफा विश्वकप २०२२ नेदरल्यान्ड लाई पेनाल्टी सुटआउटमा ४-३ ले अर्जेन्टिना सेमिफाइनल

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, समाचार
२४ मंसिर, काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटिकय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो । जहाँ अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार पोष्ट बाहिर गएको थियो । नेदरल्याण्ड्सका लागि टिउन कुपमाइनर्स, वाउट वेघोस्ट लुक डे जोङले गोल गरे । अर्जेन्टिनाको जितमा नायक बनेका मार्टिनजले डच कप्तान भर्जिल भान डाइक र स्टेभेन बर्गुइसको प्रहार...