१९ जेष्ठ २०८३, मंगलवार

समाचार

चिनबाट उर्लेकाे बाढीले रसुवा जिल्ला जलमग्न,

चिनबाट उर्लेकाे बाढीले रसुवा जिल्ला जलमग्न,

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : चिनबाट उर्लेकाे बाढिले रसुवा जिल्ला जलमग्न भयकाे छ । छिमेकी राष्ट्र चीनको भूभागमा भएको वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल र चीनबीचको प्रमुख स्थलमार्ग जोड्ने मितेरीपुललाई ध्वस्त बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे उर्लिएर आएको भेलले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढी स्थित पुललाई पूर्ण रूपमा बगाएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले सडक, पुल, भन्सार यार्डमा रहेका सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको छ। क्षतिको विवरण आइनसकेको तर ठूलो क्षति भएको अनुमान गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। बाढी राति आएको र मानवीय क्षति पनि भएको हुन सक्ने अनुमान गरिएको उनको भनाई छ। नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले बगाएको गाडीमा मान्छे पनि र...
कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न

कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाण्डाैं :कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम भयकाे छ।कपाली समाज केन्द्रकाे ३०ओैं स्थापना दिवसका अवसरमा  जाेगिंपाकाे कुश्लेचाैर स्थित समाधि स्थलमा वृक्षरोपण गरि स्थापना दिवस मनाईयकाे हाे । उक्त वृक्षाराेपण कार्यक्रम जाेगिंपाकाे कुश्लेचाैर स्थित कपाली समाधि स्थलमा गरिएकाे छ र असारकाे यहि साता सम्म पचली टेकु स्थित कपाली समाधि स्थल र स्वयम्भू कपाली समाधि स्थलमा पनि वृक्षाराेपण गर्ने जानकारी दिनु भएकाे छ। समाजकाे केन्द्रीय कार्य समिति गुठीका मूल नाईके ज्यूहरू पशुपति कपाली समाज, भक्तपुर कपाली समाज,यल कपाली समाज चित्लाङ्ग कपाली समाज र अन्य केही समाज र कपालीहरू मिलेर जम्मा १११वटा विभिन्न जातका बाेट बिरूवाहरू राेपी वृक्षाराेपण कार्यक्रम सम्पन्न गरिएकाे हाे। वृक्षाराेपण गर्नकाे लागि वन तथा भूसंरक्षण बिभाग हात्तिसार डिभिजन कार्यालय र वन बीउ प्रयाेगशाला तथा भण्डारण के...
नेपाल सुनचाँदी व्यवसायी संघको रिले अनशन २०औं दिनमा

नेपाल सुनचाँदी व्यवसायी संघको रिले अनशन २०औं दिनमा

अर्थवाणिज्य, समाचार
– नन्दलाल खरेल काठमाडौं . /  नेपाल सुनचाँदी व्यवसायी कालीगढ तथा संघर्ष समिति द्वारा आयोजित रिले अनशन आज २० औं दिनमा प्रवेश गरेको छ। ‘हरेक सुनका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर तथा हिरामा लागाइएको १३ प्रतिशत भ्याट खारेज गर’ भन्ने मागसहित सुरु भएको आन्दोलन अझैसम्म समाधान नजिक पुगेको छैन। संघर्ष समितिका अध्यक्ष विपिन रामु दामुका अनुसार, सरकारले व्यवसायीहरूको मागप्रति चासो नदेखाएको खण्डमा आन्दोलन थप सशक्त बनाई आमरण अनशनसम्म जान बाध्य हुने चेतावनी दिएका छन्। “सरकार व्यवसायीमैत्री छैन, उल्टो दलाल, तस्कर र माफियाको हातमा यो व्यवसाय धकेलिँदैछ,” अध्यक्ष दामुले भने। उनले भने, “हामी दिनरात पसिना बगाएर कला गर्दै आएका श्रमिक हौं, तर अहिले हामीलाई अपराधीझैं व्यवहार गरिएको छ। साँचो व्यवसायीलाई धक्का दिई तस्करलाई प्रश्रय दिने नीति हामीलाई स्वीकार्य छैन।” व्यवसायीहरूका अनु...
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहमाथि कार्यकक्षमै हातपात भयकाे छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अज्ञात समूहले शाहलाई हातपात गरेको हो। कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए। ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासी ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ प्रमुख शाहले भने। घटनापछि शाहले सामान्य चोटपटक लागेको बताए। केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुख शाहमाथि आज कार्यकक्षमै कुटपिट भएको हो। उनले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा फैलाइएको दाबी गर्दै आएका छन्। ‘मैले कुनै गल्ती गरेको छैन, त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको थियो, ...
अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा रिना घिमिरे निर्वाचित

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा रिना घिमिरे निर्वाचित

समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला नेतृ यशोदा सुबेदी , सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी (बिबेक),सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष,ठुलोबाबु श्रेष्ठ, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका ईन्चार्ज मेहेन्द्र घोरासैनी, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र) सिन्धुपाल्चोककी महिला नेतृहरु अम्बिका नेपाल,जानुका पराजुली ,सुमित्रा बस्नेत, मिथिला सिग्देल,लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले गणतन्त्रले द...
‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक : इन्द्रराम मोक्तानको शब्द, शशिकला मोक्तानको संगीत ( भिडियो सहित)

‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक : इन्द्रराम मोक्तानको शब्द, शशिकला मोक्तानको संगीत ( भिडियो सहित)

Breaking News, समाचार
काठमाडौं – तामाङ सांगीतिक क्षेत्रमा मौलिकता र भावनात्मकताको संगम बोकेको नयाँ तामाङ सेलो गीत ‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक भएको छ। श्री म्युजिकको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द गीतकार इन्द्रराम मोक्तानले लेखेका हुन्, जसले गीतमा तामाङ समुदायको सांस्कृतिक गहिराइ, प्रेम भावना र ग्रामीण परिवेशलाई उजागर गरेका छन्। गीतमा सङ्गीत चर्चित गायिका शशिकला मोक्तानले गरेकी छिन्, जसले परम्परागत तामाङ धुनलाई आधुनिक भावनात्मक प्रस्तुतिमा रूपान्तरण गरेकी छन्। स्वरको पक्षमा, तामाङ संगीतका वरिष्ठ गायक चन्द्र कुमार दोङ र गायिका शशिकला मोक्तानकै सुमधुर आवाज रहेको छ। उनीहरूको स्वरको संगमले गीतलाई भावनात्मक, कर्णप्रिय र सांगीतिक रूपमा समृद्ध बनाएको छ। भिडियोको निर्देशन रुपेश खड्काले गरेका छन् भने छायांकन केशव कटुवाल र सम्पादन श्याम लि...
राप्ती सोनारी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

राप्ती सोनारी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

समाचार
दिनेश ठाकुर बाँके \राप्ती सोनारी गाउँपालिकाले आफ्नो तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न तेस्रो चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रममा ५ बुँदे प्रतिबद्धता समेत गरिएको छ । उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल ,उपाध्यक्ष मनिषा सिह थारु ,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले सयुक्त रुपमा उक्त५ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन । उक्त तेस्रो सार्वजनिक सुनवाई कार्यक्रममा १ सय ७० जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा जवाफदेही वक्ताका रुपमा वडा अध्यक्ष , कार्यपालिका सदस्य गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख लगाएतको सहभागिता रहेको थियो । जारी ५ बुँदे प्रतिबद्धता १.यस राप्ती सोनारी गाउँपालिकाको “सार्वजनिक जवाफदेहिता प्रवर्द्वन सम्बन्धी कार्यविधि, २०८० र सुशा...
बन कार्यालयमा स्टिंग अप्रेशन  : काेकाे थिए दारू पाटीमा सहभागी ? यर्थात विश्लेषण.

बन कार्यालयमा स्टिंग अप्रेशन : काेकाे थिए दारू पाटीमा सहभागी ? यर्थात विश्लेषण.

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, समाचार
✍️जनताको सेवा र वन क्षेत्रको संरक्षणका लागि जिम्मेवार मानिने जाजरकोटको डिभिजन बन कार्यालय पछिल्ला दिनमा गम्भीर विवादमा तानिएको छ । कार्यालय प्रमुख अमर प्रसाद शाहमाथी रक्सी पार्टीको आयोजना, स्रोतसाधनको दुरुपयोग, सर्वसाधारण , करारका कर्मचारीहरु र उपभोक्ता समितिमाथि दमन, र जिल्लाका प्रमुखहरुलाई हातमा लिएर राजनीतिक निकटता प्रदर्शन जस्ता गम्भीर आरोपहरू सार्वजनिक भएका छन् ।तल्लो थाप्लेको स्रोतका अनुसार, शाहले कार्यालयभित्रै सुरक्षाका उच्च अधिकारी, प्रमुख जिल्ला अधिकारी र नेताहरूलाई संस्थाको कार्यक्रम भनेर संस्थाको कोहि पनि मान्छे भित्र नभएको अवस्थामा रात्रिभोज र रक्सी पार्टीको आयोजना गरेका थिए । उनलाइ सिधाकुराले टेलिफोन गर्दा क्वाटरमा आएर भिडियो खिचेको पत्रकारहरुले भन्ने प्रतिक्रिया दिएका थिए तर उनले ओभानो बन्न खोजेको क्वाटरमा के कार्यक्रम हुन्छ भनेर प्रश्न चिन्ह खडा भएको छ । व्या...
भिटोफ-नेपालले जिबजिबेमा मनायो २२ औँ धान दिवस

भिटोफ-नेपालले जिबजिबेमा मनायो २२ औँ धान दिवस

कृषि, समाचार
- माधव घिमिरे 'अटल' कालिका गापा तथा गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल (भिटोफ-नेपाल)को संयुक्त तत्त्वावधानमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव- २०८२ सम्पन्न भएको छ । 'धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता' नाराका साथ रसुवा जिल्लामा कालिका गापाको जिबजिबे स्थित गैरीखेतमा मनाइएको उक्त महोत्सवमा पर्यटन व्यवसायी कृषक तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला देवकोटाले अध्यक्षतामा सञ्चालित सो महोत्सवका प्रमुख अतिथि हुनुहुन्थ्यो- प्रतिनिधि सभाका सदस्य माननीय ई. मोहन आचार्य । यसैगरी विशेष अतिथिहरूमा जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरे र गापा अध्यक्ष हरिकृष्ण देवकोटा हुनुहुन्थ्यो । यसैगरी अन्य अतिथिहरूमा नेपाली काँग्रेसका जिल्ला सल्लाहकार रामप्रसाद देवकोटा, सचिव लक्ष्मणप्रसाद देवकोटा, नेकपा एमाले र माओवादीका स्थानीय प्रतिनिधिहरू, नेपा...
सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
धादिङ : सिद्धलेक गाउपालिकामा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भयकाे छ ।बागमती प्रदेश अन्तर्गत पर्ने सिद्धलेक गाउपालिका धादिङमा गत असार १२ देखि संचालन भयकाे उक्त तालिममा गाउपालिका भित्रका महिला समुहहरुकाे सहभागीतामा क्षमता अभिवृद्धि तालिम संचालन भयकाे हाे । महिला सेवा समिति काे आयाेजना र सिद्धलेक गाउपालिकाकाे समन्वयमा संचालित उक्त कार्यक्रमकाे उद्घाटन गाउपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्यालले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गर्नु भयकाे थियाे । तालिममा बिशेष गरि गाउपालिका भित्रका कानुनी र मानवअधिकार सम्बन्धिका बिषयहरुमा प्रशिक्षाानात्मक रुपमा सहभागीहरुलाई जानकारी दिनुका साथै कसरी उद्यमशिल र सक्षमता हासिल गर्न सक्छौं भन्ने बिषयमा जानकारी मुलक प्रशिक्षण  दिईयकाे थियाे । उक्त कार्यक्रममा गाउपालिका अन्त...