२९ असार २०८२, आईतवार

पत्रकार तथा पशु कल्याण अभियन्ता मधु कट्टेल(अमि) लाई कृषि मन्त्रीबाट सम्मान

काठमाडौं । पशुपन्छीको हकहित, संरक्षण र कल्याणको क्षेत्रमा विगत एक दशकभन्दा बढी समयदेखि निरन्तर क्रियाशील रहँदै आएकी पत्रकार तथा पशु कल्याण अभियन्ता मधु कट्टेल(अमि) ‘राष्ट्रिय नागरिक विकास समाज’बाट सम्मानित भएकी छन् ।

समाजमा पशुपन्छीप्रति देखिने उपेक्षापूर्ण व्यवहार, हिंसा र दुव्र्यवहारविरुद्ध आवाज उठाउँदै आएकी कट्टेलले पशु कल्याणलाई सामाजिक र नीतिगत बहसको केन्द्रमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेकी छन् । पत्रकारितामार्फत उनले पशु अधिकारका विषयमा समाचार, विश्लेषण र चेतनामूलक सामग्री सम्प्रेषण गर्दै जनस्तरमा दया र संवेदनशीलता फैलाउने कार्य गर्दै आएकी छन् ।

उनको यही समर्पण र योगदानको कदरस्वरूप ‘राष्ट्रिय नागरिक विकास समाज’ले आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उनलाई सम्मानपत्र प्रदान गरे ।

सम्मान प्राप्त गरेपछि कट्टेलले भनिन्, “यो सम्मान मेरो व्यक्तिगत यात्राको मात्र होइन, सम्पूर्ण पशुपन्छीप्रतिको सम्मान र कल्याणको अभियानको मान्यता हो । यसले मेरो जिम्मेवारी थप बढाएको छ र म अझ प्रतिबद्धताका साथ यो यात्रालाई अगाडि बढाउने छु ।”
‘राष्ट्रिय नागरिक विकास समाज’बाट प्राप्त सम्मान उनको यात्राको एक महत्वपूर्ण पहिचान हो, जसले आगामी दिनमा पशुपन्छीको हकहित र संरक्षणका लागि अझ दृढतापूर्वक अगाडि बढ्न प्रेरणा प्रदान गरेको छ ।