२९ असार २०८२, आईतवार

युवा व्यवसायी तिवारी कृषि तथा पशुपन्छी विकास मन्त्री बाट सम्मानित

काठमाडौं । युवा व्यवसायी तथा नेपाल उधोग संघका केन्द्रीय कोषाध्यक्ष ध्रुव तिवारी सम्मानित भएका छन् ।

गुरु पुर्णिामाको अवसरमा बिहीबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा सफल कृषि सम्मान २०८२ बाट कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भव्य समारोहका बीच तिवारीलाई सम्मान गर्नु भएको हो।

तिवारी नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष समेत हुन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध तिवारीले सम्मानप्रति आभार व्यक्त आगामी दिनमा रचनात्मक काम गर्न थप हौसला मिलेको बताए ।