१५ असार २०८२, आईतवार

समाचार

भेरी नगरपालिका जाजरकोटद्वारा लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

भेरी नगरपालिका जाजरकोटद्वारा लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :भेरी नगरपालिका जाजरकोटले लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । भेरी नगरपालिका ३ खलंगामा रहेको रिद्धि होटेलमा पालिकाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरपालिकाका कर्मचारी,शिक्षक,पत्रकार,यूवा र बालबालिका लगायत प्रहरीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री रहनुभएको थियो । त्यस्तै कार्यक्रममा अन्तराष्ट्रिय नार्काेनन् अमेरिका दक्षिण पूर्वी एसियाका प्रमुख बसन्त राज कुवँरले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा कुवँरले लागुऔषधको नकारात्मक प्रभावका बारेमा प्रशिक्षणनात्मक जानकारी गराएका थिए । "यसको प्रयोगले समाजलाई पार्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए । त्यस्तै नगरपालिकाले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि कस...
रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठन

रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठन

समाचार
काठमाडौ । एनआरएनए पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय एनआरएनए केन्द्रिय विधान समिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय मूल समितिको निर्णयअनुसार विभिन्न मूल उपसमितिहरू गठन गरिएका छन्। यही क्रममा, आगामी २०२५ मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा आयोजना हुन गइरहेको एकता महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने उद्देश्यले केन्द्रिय विधान समितिलाई पूर्णता दिइएको हो।   समितिले विधान संशोधन तथा निर्माणसम्बन्धी कार्यहरू गर्ने जिम्मेवारी पाएको छ। समितिको संयोजकको रूपमा रविना थापा (यूएसए) चयन भएकी छिन् भने सदस्य सचिवहरूमा कृष्ण (जगन्नाथ) गिरी (अष्ट्रेलिया) र गंगाधर गौतम (बेल्जियम) महेश श्रेष्ठ (जापान)-सदस्य सचिब रहेका छन्। १०० सदस्यीय यस समितिमा विश्वभर रहेका गैर आवा...
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

समाचार
काठमाडौं । सुनसरी कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५३ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीय मनोज कुमार चौधरी र सोही उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय सनम तामाङ रहेका छन् ।   लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मनोज कुमारलाई २७ ग्राम २ सय ७० मिलिग्राम र सनमलाई २६ ग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण

समाचार
काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।   २०७२ सालको भूकम्पपछि विद्यालय भवन जीर्ण बनेपछि सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीका संचालक चिरन राईको विशेष पहलमा पुनर्निर्माण कार्य अगाडि बढाइएको थियो । बेलायतमा रहेका नेपाली समुदायबाट संकलित करिब ४० लाख रुपैयाँको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।   बुधबार आयोजित एक विशेष समारोहमा सांसद् राजेन्द्रकुमार केसी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चिरन राईले संयुक्त रूपमा विद्यालयलाई भवन हस्तान्तरण गरे ।   कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, नगर शिक्षा शाखा प्रमुख सुदनराज खनाललगायत स्थानीय जनप्रतिनिधिहरूको उ...
पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि

पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि

समाचार
काठमाडौं ।  काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ ।   त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको हो ।   रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ । ...
कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

समाचार
काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।   सर्वोच्च अदालतका न्यायाधीसद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज पनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो ।   कुलमानले आफ्नो बर्खास्ती कानून विपरीत रहेको दावी गर्दै मुद्वा दायर गरेका हुन् भने हितेन्द्रदेवले कुलमानको सुरु नियुक्ति नै गलत रहेको दावी गर्दै रिट दायर गरेका हुन् । ...
तीनकुने घटनामा मृतकका परिवारलाई सरकारले १० लाख राहत दिने

तीनकुने घटनामा मृतकका परिवारलाई सरकारले १० लाख राहत दिने

समाचार
काठमाडौं ।  काठमाडौंको तीनकुनेको घटनामा दुई जना मृतकको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ।   बुधबार पत्रकार सुरेश रजक र सबिन महर्जनको परिवारलाई १० लाख दिने निर्णय गरेको गृह मन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।   दुर्गा प्रसाईंको आह्वानमा काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा रजकको जलेर मृत्यु भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।   ...
जाजरकोट खलंगामा ५० हजार प्रथम पुरस्कार रासी रहेकाे अन्डर-१९ भलिबल प्रतियोगिता हुदैछ

जाजरकोट खलंगामा ५० हजार प्रथम पुरस्कार रासी रहेकाे अन्डर-१९ भलिबल प्रतियोगिता हुदैछ

Breaking News, खेल, राष्ट्रिय, समाचार
जाजरकोट :खलंगामा अन्डर-१९ भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । सहिद स्मृति यूवा क्लव भेरि १ जाजरकोटकाे आयोजनामा सहिद "विदुर स्मृति दोस्रो अन्डर—१९ भलिवल कप" सञ्चालन हुने भएको हो । चैत्र २४ देखि २७ गते सम्म सञ्चालन हुने कपमा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रहेको आयोजक सहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सञ्चालन हुने कपमा जिल्ला भित्रका १९ बर्षमुनिका खेलाडी सहभागी हुन पाउनेछन् । दर्ताशुल्क ४ हजार रहेको छ । यस्तै, खेलमा सर्वाेकृष्ट खेलाडी, वेष्ट स्पाईकर, वेष्ट सेटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, इर्मिजिङ प्लेयर, वेष्ट प्रशिक्षक समेत छनौट गरिने अध्यक्ष विकले बताए । क्रमश, ३ हजार, २ हजार, २ हजार, २ हजार, २ हजार,२ हजार र १५ सय पुरस्कार...
तीनकुने घटनामा संलग्न थप २४ जना राजावादीहरू पक्राउ

तीनकुने घटनामा संलग्न थप २४ जना राजावादीहरू पक्राउ

समाचार
काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना राजावादीलाई पक्राउ गरेको छ। चैत १५ गतेको तीनकुनेमा आयोजिक राजावादीको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडमा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।   'उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्। यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ,' उनले भने। उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।   पक्राउ पर्नेमा  काठमाडौंका कुमार बस्नेत, सुनसरीका अनिलकुमार थापा, झापाका तारानाथ दाहाल, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, ललितपुरका विष्णुजंग बस्नेत, काठमाडौंका लोकबहादुर बस्नेत, सिन...
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

समाचार
काठमाडौं । धरान उपमहानगरपालिका-११ बान डाँडा बस्ने ४८ वर्षीय बिरू भन्ने बिर बहादुर भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...