२०८३ असार १६, मंगलवार

समाचार

कञ्चनपुरमा ११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ

कञ्चनपुरमा ११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ

समाचार
काठमाडौं । कञ्चनपुरबाट ११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले भीमदत्त नगरपालिका–४ बजारबाट ११ दशमलव ८३ मिलीग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तराखण्डको उधमसिंहनगर खटिमा बस्ने सलमान शाह र प्रभजोत सिंह खिडा रहेको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्त्रान भइरहेको छ । ...
नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

समाचार
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ।   भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।   'भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो,' उनले भने।   श्रेष्ठविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका उनले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरूपयोग गरी ३९ करोड ८९ लाख रुपैयाँ हानी गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निष्कर्ष छ।   ...
काठमाडौंमा यसरी मनाइयो यःमरी पुन्हि

काठमाडौंमा यसरी मनाइयो यःमरी पुन्हि

समाचार
काठमाडौं ।  आइतबार यःमरी पुन्हि मनाइएको छ। मार्ग शुक्ल पूर्णिमाका दिन उपत्यकाभित्रका नेवार समुदायले धुमधामको साथ यो पर्व मनाउँदै आएका छन्। काठमाडौंको वसन्तपुरमा उपस्थित भइ नेवार समुदायका मानिसहरूले मौलिक बाजा बजाएर यःमरी पुन्हिको खुशी साटे। नेवार समुदायमा धान्य पूर्णिमाको साँझ घरघरमा गई यःमरी माग्ने पनि प्रचलन छ। चामलको पिठोमा चाकु वा स्वादअनुसार खुवा, गुँदपाक, मासु राखेर बनाइने विशेष प्रकारको परिकार हो यःमरी। यसको नामबाट पर्वकै नामाकरण गरिएको हो। नेवार समुदायमा यःमरीको विशेष महत्व छ।...
चक्रपथ सरसफाई महाअभियानको ४०२ हप्ता पुरा

चक्रपथ सरसफाई महाअभियानको ४०२ हप्ता पुरा

समाचार
काठमाडौं । बागमती सफाइ महाअभियानबाट प्रेरित भई फोहरको श्रोतबाटै न्युनिकरण गर्न सके खोलानाला सम्म फोहर पुग्दैन भन्ने अभिप्रायले २०७४ साल बैसाख २ गते बाट शुरु गरिएको चक्रपथ सरसफाई महाअभियानको ४०२ हप्ताको नियमित सफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी ,बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,रोटरी ब्लब अफ काठमाडौं डाउनटाउन,यती हेल्थ साईन्स् एकेडमी तथा स्वतन्त्र सफाइ अभियन्ताहरुको उपस्थितिमा आजको सरसफाई अभियान सम्पन्न भएको थियो । सरसफाई कार्यक्रममा नेप्सेम्याक सेवा प्रा.लि.का सफाई कर्मचारी तथा ग्रिनसिटी हस्पिटलका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा संचारकर्मी संग कुराकानी गर्दै चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोक बहादुर टण्डनले सामुहिक प्रयास बाट मात्र स्वच्छ समाज निर्माण हुन सक्ने बताउनु भयो । यो अभियानले बाटोमा रहेका फोहर संकलन तथा व्यवस्थापन गर्नुको साथै त्यस क्षेत्रका ...
नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न

नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न

समाचार
 काठमाडौं : देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।     नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी बिहीबारदेखि सञ्चालन (चार्ज) मा ल्याइएको छ ।   चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारण लाइनलाई चार्ज गरिएको हो ।     नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौँडासम्म ...
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

समाचार
काठमाडौँ : नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ ।   फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो ।   टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।     गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरुको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।   शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । बिहीबार पहिलो दिन एक सय ४७ वटा ई–पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण सुरु गरिएको राजदूत भट्टराईले बताए । ६ दिनसम्म सञ्चालन हुने घुम्ती ...
दुबई पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

दुबई पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

समाचार
 काठमाडौं । आकर्षक तलबमा दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका -६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । उनलाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । आकर्षक तलबमा दुबई पठाइ दिने भन्दै चित्रकारले पीडितसँग ४ लाख रुपैयाँ लिएको र त्यसपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए ।   सोही उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ...
बिजेन्द्र नौबागेको स्वदेश गान “ काँधमा छ राईफल ” भिडियो सहित सार्वजाजिक

बिजेन्द्र नौबागेको स्वदेश गान “ काँधमा छ राईफल ” भिडियो सहित सार्वजाजिक

मनाेरन्जन, समाचार
काठमाडौं । मोडल ,कलाकार,सर्जक बिजेन्द्र नौबागेको शब्द संकलनमा रहेको स्वदेश गान “ काँधमा छ राईफल ” भिडियो सहित सार्वजाजिक भएको छ । दोश्रो एक्टिभ फेस्टिवल अवार्ड — २०८१ को फाईनल कार्यक्रमको अवस पारेर सो गीत सार्वजानिक गरिएको हो । गोल्डेनपिक हाईस्कुल कपनमा नेपाल सरकारका पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रबिच सार्वजानिक भएको गीतमा ईवेस तिरुवाको स्वर , बिजेन्द्र नौबागेको संगीत, डिका गुरुङको संगीत संयोजन रहेको छ भने यो गीत काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । देशभक्तिले ओतप्रोत भएर देशको रक्षमा लाग्न प्रेरणा दिने भावको यो गीतको भिडियोमा दिपेश एसके र अस्मिता पुरीले मुख्य पात्रको रुपमा अभिनय गरेका छन् भने मन्जली तामाङ र आदित्य लम्सालले बालकलाकारको भुमिका निर्वाह गरेको छन् । रोजिना श्रेष्ठको श्रृंगार,के...
पुर्व सूचनाविना साइनबोर्ड कर असुलेकोमा ग्रील तथा स्टील ब्यवसायी संघको आपत्ति

पुर्व सूचनाविना साइनबोर्ड कर असुलेकोमा ग्रील तथा स्टील ब्यवसायी संघको आपत्ति

अर्थवाणिज्य, समाचार
बुटवल । बुटवल उपमहानगरले पुर्व सुचना बिनासाइनबोर्डको कर अशुली गरेको भन्दै व्यवसायीले बिरोध जनाएका छन् । ग्रिल तथा स्टिल ब्यवसायी महासंघ नेपाल,लुम्बिनी प्रदेश समितिलेसाइन बोर्ड कर अव्यवहारिक भएको भन्दै खारेज गर्न समेत माग गरेको छ ।  महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका लुम्बिनी प्रदेश अध्यक्ष अशोक बर्माले सरोकारवाला ब्यवसायीहरूसँग कुनै छलफल बिना पुर्व सुचना नदिई एकाएक साइनबोर्ड नाप्दै कर अशुली गर्नु ज्यादती भएको बताए । स्थानीय तहलाई चारथरि सहित प्रदेश र संघ समेत तीनै तहका सरकारलाई विभिन्न  किसिमकाकर तिर्दै आएका ब्यवसायीहरूलाई आफ्नो पेसा ब्यवसायसँग सम्बन्धित साइनबोर्ड आफ्नै पसलमा राख्दा समेत चर्को कर असुलेर आतंकित बनाएको वर्माले गुनासो गरे । व्यवसायीले स्थानीय तहलाई जग्गा कर, व्यवसाय कर, घर बहाल कर, फोहोर व्यवस्थापन कर तिर्दै आएका वर्माले बताए । कोरोना महामारीसँगै आर्थिक मन्दिका ...
गायक प्रबिन्स् मोक्तानको स्वरमा सजिएको गीत “ हेलम्बु बजार ” सार्वजानिक

गायक प्रबिन्स् मोक्तानको स्वरमा सजिएको गीत “ हेलम्बु बजार ” सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । केहिबर्ष देखि बिभिन्न मेला महोत्सवमा स्टेज तताउने उर्जावान गायकको रुपमा स्थापित बन्दै गएका तामाङ समुदायका नायक एवं गायक प्रबिन्स् मोक्तानले “ हेलम्बु बजार ”बोलको गीत सार्वजानिक गरेका छन् । डि.बि.तामाङ बलको शब्द , प्रबिन्स् मोक्तानको संगीत , शुक्र तामाङको संगीत संयोजनमा तयार भएको यो गीतमा प्रबिन्स् मोक्तान र पुर्णिमा ब्लोनले स्वर दिएका छन् । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रको रुपमा रहेको हेलम्बु बजार आसपासको क्षेत्रलाई वर्णन गरेर भावनात्मक र प्रेमिल संयोगहरुको परिकल्पना गर्दै तयार गरिएको यो गीतको अडियो मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । ल्हास्सो म्युजिक स्टुडियोमा रेकर्डिङ गरिएको यो गीत प्रबिन्स् मोक्तान अफिसियल युटुब च्यानल मार्फत श्रोताहरुको लागि बजारमा ल्याईएको छ । हालको लागि अडियो मात्र सार्वजानिक गरिएको भएपनि दर्शक श्रोताको माग बमोजिम निकट भबिश्यमानै यसको भिडियो...