काठमाडौं । आइतबार यःमरी पुन्हि मनाइएको छ।
मार्ग शुक्ल पूर्णिमाका दिन उपत्यकाभित्रका नेवार समुदायले धुमधामको साथ यो पर्व मनाउँदै आएका छन्।
काठमाडौंको वसन्तपुरमा उपस्थित भइ नेवार समुदायका मानिसहरूले मौलिक बाजा बजाएर यःमरी पुन्हिको खुशी साटे।
नेवार समुदायमा धान्य पूर्णिमाको साँझ घरघरमा गई यःमरी माग्ने पनि प्रचलन छ। चामलको पिठोमा चाकु वा स्वादअनुसार खुवा, गुँदपाक, मासु राखेर बनाइने विशेष प्रकारको परिकार हो यःमरी।
यसको नामबाट पर्वकै नामाकरण गरिएको हो। नेवार समुदायमा यःमरीको विशेष महत्व छ।