२०८३ असार १६, मंगलवार

समाचार

हुण्डीको ६८ लाख बोकेर हिँड्दाहिँड्दै तीनजना सडकबाटै पक्राउ

हुण्डीको ६८ लाख बोकेर हिँड्दाहिँड्दै तीनजना सडकबाटै पक्राउ

समाचार
काठमाडौं। प्रहरीले ६८ लाख रकमसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट प्रहरीले उनीहरू पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापा घर भएका २७ वर्षे युवराज सुवेदी र ३२ वर्षका प्रवेशकुमार पौडेल छन्। उनीहरू हुण्डी कारोबारी रहेका र कारोबार गर्दा गर्दै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । काठमाडौं–९ शम्भुमार्गस्थित सडकखण्डमा हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा गएराति प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरुलाई समातेको हो। प्रहरीका अनुसार उक्त स्थानमा रोकी राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रङको हुण्डाई कम्पनीको कार चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा स्रोत नखुलेको ६८ लाख रुपैयाँ फेला परेको थियो। ...
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ र बन्दी उपस्थित गराउन आदेश

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ र बन्दी उपस्थित गराउन आदेश

समाचार
काठमाडौं। दुर्गा प्रसाईद्वारा दोस्रो पटक दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।     आज न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दी उपस्थित गराउन पनि आदेश दिएको हो ।
जनकपुरलाई सजिलै हराउँदै सुदूरपश्चिम फाइनलमा

जनकपुरलाई सजिलै हराउँदै सुदूरपश्चिम फाइनलमा

समाचार
काठमाडौं । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि नजिक पुगेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो। पराजित भए पनि जनकपुरलाई फाइनलमा पुग्ने दोस्रो अवसर बाँकी छ। जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। सो खेलको जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ। फाइनलमा पुग्न जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १८.३ ओभरमै पूरा गर्‍यो। जनकपुरका ओपनर सइफ जइबले ३२ रन जोड्दा उनका ओपनिङ पार्टनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे। भण्डारीले नटआउट ५८ रन जोडे। उनले ५५ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन जो...
तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

समाचार
काठमाडौं। झापाको दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन्। यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताए।   ...
नेपाली बजारमा आज बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज बढ्यो सुनको मूल्य

समाचार
काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
हेरफेर भयो  पेट्रोल र डिजेलको भाउ

हेरफेर भयो  पेट्रोल र डिजेलको भाउ

समाचार
काठमाडौं। सरकारले पेट्रोल र डिजेलको भाउ हेरफेर गरेको छ।   नेपाल आयल निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ बढाएको र डिजेल-मट्टीतेलमा दुई रूपैयाँ घटाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।   यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४८ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र...
सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दा दर्ता गर्ने समय नजिकिँदै

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दा दर्ता गर्ने समय नजिकिँदै

समाचार
काठमाडौं। कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दा दर्ता गर्ने समय नजिकिँदैछ। अब केही दिनमा सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी बाध्यता छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालय कास्की र सरकारी वकिलको कार्यालयले पनि निरन्तर काम गरिरहेको छ। कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले सोमबार नै रवि लामिछानेविरूद्धको प्रतिवेदन बुझाउने गरी तयारी गरिरहेको बताए। ‘प्रतिवेदन बुझाउन तयारी हुँदैछ। अहिले काम भइरहेको छ,’ उनले भने। यता सरकारी वकिलले पनि अभियोजनका लागि काम गरिरहेको बताएको छ। सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले आफूहरू निरन्तर काम गरिरहेको बताइन्। ‘राति पनि कार्यालयमै बसेर काम गरिरहेकै छौं। अनुसन्धानको प्रकृति हेर्दा धेरै ठूलो हुने भएकाले पनि समय धेरै लागेको छ,’ उनले भनिन्।...
बहुमत निकट अखिल क्रान्तिकारीकाे अध्यक्षमा- बिरेन्द्र शाह चयन

बहुमत निकट अखिल क्रान्तिकारीकाे अध्यक्षमा- बिरेन्द्र शाह चयन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पाेखरा कास्की :धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा बहुमत निकट क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भयकाे छ ।  अध्यक्षमा विरेन्द्र शाह सर्वसहम चयन भयका छन। कास्कीको पोखरामा आइतवार सम्पन्न सम्मेलनले बिरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी सहित ७५ सदस्य केन्द्रीय समिती चयन गरेको छ । जसमा उपाध्यक्षमा रुपा बुढा मगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिबमा डिबि शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् । संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला 'कञ्चन' रहेका थिए । त्यस्तै संगठनका पुर्ब अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्ब महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक ...
काठमाडौंको न्यूनतम तापक्रम उकालो लाग्यो 

काठमाडौंको न्यूनतम तापक्रम उकालो लाग्यो 

समाचार
काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम उकालो लाग्न थालेको छ। शनिबार यो वर्षकै कम तापक्रम हुँदा काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको थियो। त्यसको तुलनामा आइतबार र सोमबार काठमाडौंसहित अन्य भूभागको न्यूनतम तापक्रम केही उकालो लागेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। सोमबार बिहान पौने ६ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहको महर्जनले जानकारी दिइन्। यसअघि आइतबार काठमाडौंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियभन्दा माथि थियो। शनिबारको तुलनामा आइतबार र सोमबार केही कम चिसो महशुस गरिएको छ। काठमाडौंमा सोमबार अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान रहेको मौसमविद महर्जनले जानकारी दिइन्। जुम्लामा पनि  शनिबार माइनस ७ डिग्री सेल्सियस थियो। सोमबार माइनस ४.४ डिग्री सेल्सियस मापन भए...
५१ जना फरार प्रतिवादी पक्राउ

५१ जना फरार प्रतिवादी पक्राउ

समाचार
काठमाडौं ।  अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीलाई पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।   पक्राउ परेका उनीहरूलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माले बताए। उनीहरूबाट ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र ६१ लाख २३ हजार छ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको उनले बताए।   पक्राउ परेकामध्ये चेक अनादारमा ३३, बैंकिङ कसुर मुद्दामा ६, लागू औषध सम्बन्धी मुद्दामा ३, चोरी, लिखत र लेनदेन बिगो मुद्दामा दुई-दुई र बालबालिका विरुद्धको कसूर, बाल यौन दुरुपयोग तथा सवारी ज्यान सम्बन्धी मुद्दामा एक-...