१५ बैशाख २०८३, मंगलवार

समाचार

रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

समाचार
काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।   शक्रबार राति साढे ९ बजे सुनछहरी गाउँपालिका-६ रूइनिवाङबाट फगाम जाँदै गरेको लु १ज ४८८९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।   मृत्यु हुनेमा फगामकी ५७ की गौरा रोका मगर छिन्। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।   जिपको ब्रेक फेल हुँदा सडकबाट अन्दाजी ५० मिटर खसेर दुर्घटना भएको थियो।   दुर्घटनामा परी सहचालक रोल्पालको सुनछहरी गाउँपालिका-६ धुम्सिका ३५ वर्षीय तिलबहादुर घर्ति गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।   धुम्सीकै २५ वर्षीय प्रेम रोका मगरको टाउकोमा चोट लागेको र अवस्था मध्यम छ। स...
प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताए

प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताए

Breaking News, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन्। पत्रकार महासंघले काठमाडौंमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा अनुसन्धान गर्न सबै सहमत हुनुपर्ने बताए। ‘जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेको छ, इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरूरी छ, सहमति त्यसको निम्ति हुनुपर्छ,’ अध्यक्ष दाहालले भने। उनले सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा आफूले नगरेको पनि दाबी गरे। ‘मैले कम्तिमा पनि पछिल्लो कार्यकाल भ्रष्टाचारका विरूद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरूद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ। मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले ब...
जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : "रमाइलो मेला २०८१" काे एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्स नलगाड जाजरकोटले प्राप्त गरेकाे छ ।प्रत्येक बर्ष पुस १२ देखि १६ गते सम्म जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा लाग्ने "जाजरकोट रमाइलो मेला, कृषि, पर्यटन, खेलकुद तथा साँस्कृतिक महाेत्सव २०८१" यश पटक डाँफे युवा क्लब जाजरकोटले आयाेजना गरेकाे थियाे, भने प्रायोजन तथा आर्थिक  सहयाेग भेरि नगरपालिका जाजरकोट र सहजिकरण जिल्ला खेलकुद बिकास समिति , जिल्ला स्वास्थ्य सेवा कार्यलय, जिल्ला भलिबल संघ, नेपाल स्काउट , लाईन्स युवा क्लब जाजरकोट र टाेल सुधार समिति थाप्लेचाैरले गरेका थिय । बिगतका दिनहरुमा भेरि नगरपालिका -३ काे त्रिभुवन माध्यमिक बिद्यालयकाे  खेल मैदानमा लाग्दै आयकाे उक्त मेला यसपटक भने थाप्ले स्थित बसपार्कमा लागेकाे थियाे । पाँच दिन सम्म संचालित उक्त मेलामा विभिन्न लाेक झाँकि प्रदर्शन गर्नुका साथै राष्ट्रिय तथा स्था...
नेपालमा मंकी पोक्सको बढ्दो फैलावट

नेपालमा मंकी पोक्सको बढ्दो फैलावट

समाचार
 काठमाडौँ । मंकी पोक्सको अफ्रिकामा बढ्दो फैलावटको आकलन गरेपछि विश्व स्वास्थ्य संगठन (WHO) द्वारा अगस्त १४, २०२४ मा नयाँ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो।   तर, नेपालमा पनि विशेष गरी विदेशबाट फर्कनेहरूमा एमपक्सको सङ्क्रमण बढेको देखिएको छ।   साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थाइल्याण्डमा रहेको डब्ल्यूएचओ सहयोगी केन्द्रमा संक्रमित व्यक्तिको नमूना पठाउने तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।   मंकी पोक्स एक दुर्लभ रोग हो जुन mpox भाइरसले गर्दा हुन्छ। गत हप्ता नेपालमा दोस्रो एमपक्स संक्रमण पुष्टि भएको थियो । तनहुँका ३६ वर्षीय पुरुषमा गत डिसेम्बर १९ मा साउदी अरबबाट फर्किएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।   त्यस्तै साउदी अरबबाट फर्किएका ४४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं...
काठमाडौँको मुलपानीमा दम्पतीमाथि गोली प्रहार, एक जना पक्राउ

काठमाडौँको मुलपानीमा दम्पतीमाथि गोली प्रहार, एक जना पक्राउ

समाचार
 काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा अर्जुन श्रेष्ठको घरमा प्रवेश गरेर एकजना युवकले श्रेष्ठ दम्पतीमाथि गोली प्रहार गरे ।   पुस १३ मा राति घरमा प्रवेश गरेर ३७ वर्षीय साहिर शंकरले अर्जुन श्रेष्ठ र उनकी पत्नी शान्तिदेवी श्रेष्ठमाथि गोली प्रहार गरेका हुन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय शंकरले श्रेष्ठ दम्पतीलाई दुई राउन्ड गोली प्रहार गरे । श्रेष्ठ परिवार र छिमेकीले प्रतिकार गर्दा शंकर पनि घाइते भएका छन् । अर्जुनको कम्मर भन्दा तल्लो भागमा र शान्तिदेवीको गाला र घाँटीमा गोली लागेको छ । अहिले तीनैजनाको उपचार हुँदै छ । व्यक्तिगत दुस्मनीका कारण शंकरले श्रेष्ठ दम्पतीलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उ...
रवि लामिछानेसहितको मुद्दामा थुनछेक बहस जारी

रवि लामिछानेसहितको मुद्दामा थुनछेक बहस जारी

समाचार
काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सात जनाको थुनछेक बहस जारी छ ।   न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो ।   बहस सकिएसँगै लामिछानेसहितलाई थुनामै राख्ने वा थुनामुक्त गर्ने भन्ने निर्णय हुनेछ ।
ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

समाचार
काठमाडौं । डडेल्धुरामा ट्याक्टर दुर्घटना चालकको घटनास्थलमै मृत्यु भएको छ।   मंगलबार बिहान साढे ३ बजे आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर दुर्घटना भएको हो।   उक्त दुर्घटनामा  चालक कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुर बस्ने ३० वर्षीय विशाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।   ट्याक्टरको टायरमुनी च्यापिन गई चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ...

राष्ट्रपतिले नियुक्त गरे प्रतिनिधि सभा सचिव

समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सचिव पदमा हर्कराज राईलाई नियुक्त गरेका छन्।   राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मंगलबार झापाको  शिवसताक्षी नगरपालिका वडा नम्बर २ का राईलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेका हुन्।   प्रतिनिधि सभा सचिव बनाउन राईलाई सभामुख देवराज घिमिरेले सिफारिस गरेका थिए।   राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन्। उनी नेकपा (एमाले) निकट हुन्।   ...
रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट

रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट

समाचार
काठमाडौं। रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्ट भएको छ ।   स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भई आगोबाट हजरा नजिकै रहेको दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरासहितका घर पूर्ण रुपमा जलेको छ ।   आगलागी भएको खवर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुणयन्त्र घटना स्थल पुगेको थियो ।   आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरिएको छ । घरमा राति सुतेको बेलामा आगलागी भएकाले मानवीय क्षति नभए पनि लताकपड़ा, अन्नलगायत जलेको प्रहरीले जानकारी दिएको छ ।   आगलागी बाट के कति क्षति भएको छ यसको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।   ...
नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ

नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ

समाचार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ। आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो। यही पुस८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस१२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन्।   उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ। बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले ज...