१५ बैशाख २०८३, मंगलवार

समाचार

जाजरकोटका बिभिन्न विद्यालयहरुकाे अवलोकन तथा निरीक्षण गर्न, गाउँ फर्के अर्थ मन्त्री -शाह

जाजरकोटका बिभिन्न विद्यालयहरुकाे अवलोकन तथा निरीक्षण गर्न, गाउँ फर्के अर्थ मन्त्री -शाह

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट :कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाह, जिल्लाका विभिन्न बिद्यालयहरुकाे स्थलगत अवलोकन गर्दै गाउँ फर्केका छन्।आफ्नाे  निर्वाचन क्षेत्र जाजरकोट`ख´अन्तर्गत पर्ने शिवालय गाउँपालिकाका विभिन्न विद्यालयको स्थलगत अनुगमन गरेका हुन । मन्त्री शाहले शिवालय गाउँपालिका वडा नं ३ मा अवस्थित सरस्वती माध्यामिक विद्यालय र इन्द्र धनुष प्राथमिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर पठनपाठनकाे अवस्था र वडा नं ७ को वीरेन्द्र माध्यामिक विद्यालय र वडा नं ८ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयको पनि अवलोकन गरेका थिय। विद्यालय निरीक्षणका क्रममा मन्त्री शाहले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको पठनपाठन सम्बन्धी समस्याबारे जानकारी लिएका थिय । साथै शिक्षकहरूसँग पनि अन्तरक्रिया गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आवश्यक सहयोगको प्रतिबद्धता पनि मन्त्री शाहले...
बाघको आक्रमणबाट वृद्ध महिलाको मृत्यु

बाघको आक्रमणबाट वृद्ध महिलाको मृत्यु

समाचार
काठमाडौं । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ ।   मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो । रूम्बालाई आइतवार साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा बाघले आक्रमण गरेको हो । यतिबेला बसन्तपुर गाउँ त्रसित बनेको छ । मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब पाँचसय मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घटनाबारे प्रहरीलाई राति करिब १० बजे मात्रै खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए । मनहरीमा–४...
नेपाली बजारमा आज बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज बढ्यो सुनको मूल्य

समाचार
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ।   आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।   आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।   आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
भीम रावलले गैरकम्युनिस्ट पार्टी बनाउने

भीम रावलले गैरकम्युनिस्ट पार्टी बनाउने

समाचार
काठमाडौं । नेकपा (एमाले) बाट निष्कासित भीम रावलले वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने भएका छन्।   रावलले बुधबार नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँगको छलफलमा आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने बताएका हुन्।   ‘उहाँले आफूले बनाउने पार्टी कम्युनिस्ट पार्टी नरहने बताउनुभयो,’ जोशीले सेतोपाटीसँग भने।   उनले आगामी पुस १७ गते कार्की पार्टी बैंक्वेटमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्दैछन्।   त्यसलगत्तै देश दौडाहामा निस्कने तयारी गरेका रावलले आफ्ना विचारसँग सहमत राख्ने देभभरिका नेता–कार्यकर्तासँग अन्तरक्रिया पनि गर्ने तयारी गरेका छन्।   त्यसपछि मात्रै उनले पार्टी घोषणा...
मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा

मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वमेयर प्रेमलाल सिंह (पिएल) को सालिक निर्माण गर्ने भएको छ।   मेयर बालेन शाहले पूर्वमेयर सिंहको पूर्णकदको सालिक राष्ट्रिय सभा गृह परिसरमा निर्माण हुने घोषणा गरेका हुन्।   ‘काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहको २०८१ पुस १ गते निधन भएको थियो। उहाँको सम्झनामा काठमाडौं महानगरपालिकाले आफ्नो संरक्षणमा रहेको राष्ट्रिय सभा गृह परिसरमा पूर्णकदको सालिक निर्माण गर्ने घोषणा प्रमुख बालेन शाहले यसै सभामार्फत् गर्नुभएको छ,’ नगर सभाको आइतबार भएको १६ औं अधिवेशनबाट जानकारी दिइएको छ।   पिएल सिंहको ८८ वर्ष उमेरमा पुस १ गते चाक्सीबारीमा निधन भएको थियो।   ...
हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

समाचार
काठमाडौं । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका-१ घर भएका राज कुमार रूम्बाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१९ घर भएका २७ वर्षीय पुरूषोत्तम कुमार दास, २० वर्षीय ईन्द्रजित कुमार चौहान र महोत्तरी जलेश्वर नगरपालिका-३ घर भएका श्रीकान्त तिवारी रहेका छन् ।   जितपुर सिमरा उपमहानगरपालिका-११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारमा राज कुमार पुस ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।     घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।   ...
वैकल्पिक माध्यमबाट सार्वजनिक ऋण उठाउने तयारी

वैकल्पिक माध्यमबाट सार्वजनिक ऋण उठाउने तयारी

समाचार
काठमाडौं । सरकारले भेञ्चर क्यापिटल, म्युचुअल फन्ड लगायत वैकल्पिक माध्यमबाट सार्वजनिक ऋण उठाउने तयारी गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका हुन् ।   यस्ता वैकल्पिक स्रोतहरूमा भेञ्चर क्यापिटल, म्युचुअल फन्ड, परियोजना विशेष ऋणपत्र, रेमिट कोष, पूर्वाधार कोष, परियोजना इन्कुवेशन कोष लगायत वित्तीय औजारहरू छन् ।   यसबाहेक अतिरिक्त अन्तर्राष्ट्रिय बहुपक्षीय तथा द्विपक्षीय संस्थाहरूको लगानी, निजी क्षेत्रको लगानी, आप्रवासी नेपालीको लगानी, संस्थागत लगानी, ग्रीन वण्ड, जलवायु कोष लगायतबाट स्रोत व्यवस्थापन अर्थमन्त्री पौडेलले बताए ।   ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अ...
कोटेश्वरको होटलबाट पेस्तोलसहित पक्राउ परे युवक

कोटेश्वरको होटलबाट पेस्तोलसहित पक्राउ परे युवक

समाचार
काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। आइतबार कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोलसहित एक युवकलाई पक्राउ परेका हुन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का छन्। उनलाई होटलको कोठानम्बर ४०१ बाट पेस्तोल त्यसमा लाग्ने ९ राउन्ड गोली सहित पक्राउ गरिएको एसएसपी रेग्मीले जानकारी दिए।   ...
दक्षिण कोरियामा जहाज दुर्घटना हुँदा १७९ जनाको ज्यान गयो ,२ जनालाई उद्धार

दक्षिण कोरियामा जहाज दुर्घटना हुँदा १७९ जनाको ज्यान गयो ,२ जनालाई उद्धार

समाचार
काठमाडौं । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा जहाज दुर्घटना हुँदा १७९ जनाको ज्यान गएको र २ जनाको उद्धार भएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ। जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। मृतकमध्ये ७१ जना महिला र ७१ जना पुरुष रहेका छन् भने अन्य शवको हालसम्म लिङ्ग पहिचान गर्न सकिएको छैन। त्यो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्। देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो।न्याश्नल फायर एजेन्सीले अधिकांश यात्रुले ज्यान गुमाएको हुन सक्ने बताएको छ। अधिकारीहरूले त्यहाँ अग्नि नियन्त्रक, प्रहरी र उद्धारकर्ताहरू गरी हाल १ हजार ५ सय जनाभन्दा बढी मानिसहरू खटिएको जनाएका छन्।त्यसअघि विमानस...
दक्षिण काेरियाम विमान दुर्घटना हुदा २ जना बाहेक सबै जनाकाे मृत्यु भयकाे छ

दक्षिण काेरियाम विमान दुर्घटना हुदा २ जना बाहेक सबै जनाकाे मृत्यु भयकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
साेल :दक्षिण कोरियाकाे मुआनमा विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ । यस अघि भने एजेन्सीले मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६२ जना पुगेको भन्दै समाचार लेखेको थियो । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । ल्यान्डिङ गियरमा समस्याका कारण उक्त विमान दुर्घटना भएको योन्हापले ...