२०८३ असार १५, सोमवार

समाचार

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

समाचार
काठमाडौं। पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।   नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिनुभयो । उहाँका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ । आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब रु ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए । सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय...
पेप्सीकोलाबाट चार क्विन्टल बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ

पेप्सीकोलाबाट चार क्विन्टल बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ

समाचार
काठमाडौं। रक्तचन्दनसहित काठमाडौंको पेप्सीकोलाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।   रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए। 'उनीहरूको साथबाट ४ सय ६२ किलो रक्तचन्दन फेला परेको थियो, बोरा र डोरी छुट्याएर जोख्दा ४ सय ३२ किलो रक्तचन्दन देखिएको छ,' एसपी आचार्यले भने।   उनीहरूले भारतबाट रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेका थिए। तिमल्सिना भने पेप्सीकोलामा कोठा भाडामा  बस्दै आएका थिए। यो रक्तचन्दन कहिले, कसरी ल्याएका थिए र कसका लागि ल्याएका थियो भन्ने खुलिसकेको ...
आज माघि पर्व,थारु समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउँदै

आज माघि पर्व,थारु समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउँदै

अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
सुर्खेत :  आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, ...
नागरिक सचेत भए राज्य जिम्मेवार बन्न बाध्य हुन्छ : मुकुन्द सिलवाल

नागरिक सचेत भए राज्य जिम्मेवार बन्न बाध्य हुन्छ : मुकुन्द सिलवाल

समाचार
काठमाडौं । नागरिक अभियन्ता,युवा नेता तथा भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका सचिव मुुकुन्द सिलवालले यदि नागरिक सचेत भएर अर्थपुर्ण खबरदारी गरिरहने हो भने राज्य जिम्मेवार बन्न बाध्य हुने बताएका छन् । निर्माणाधिन अवस्थामा रहेको चक्रपथको कलंकी — चाबहिल खण्डमा अत्याधिक धुलो उडेर आम नागरिकको स्वास्थ्यमा गम्भिर असर परेको भन्दैे केहि समय अगाडी नेपाल सरकार वन तथा वातावरण मन्त्रालय , वातावरण बिभागमा दिएको निवेदन माथि कार्बाही प्रकृया अगाडी बढेको जानकारी आए पछि संचारकर्मीहरु संग कुराकानी गर्दै सिलवालले सचेत नागरिकले मात्रै सामाजिक रुपान्तरणको अभियानमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बताएका हुन् । विश्वकै उत्कृष्ट संबिधान भन्दै ब्याख्या गरिएको नेपालको संबिधान २०७२ र राज्य सन्चालनमा सहजताल्याउन बनेका ऐन,कानुन,नियमहरुको कार्यन्वयनमा सचेत नागरिकले खबरदारी गर्नु आजको आवश्यकता भए पनि आफुले समर्थ...
मिडियासंग किन तर्सिदैछ स्थानिय सरकार ?

मिडियासंग किन तर्सिदैछ स्थानिय सरकार ?

राष्ट्रिय, समाचार
काठमाडौं । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारिभएपछि भएको स्थानियतहको निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिहरुले जुन रुपमा मिडिया संगको सहकार्यमा आफ्नो कार्यसम्पादनको प्रकृया र त्यसबाट आम नागरिकलाई पुगेको सेबासुबिधाको बारेमा चर्चा गर्ने गरेका थिए, पछिल्लो समय यसको ठ्याक्कै उल्टो भएको पाईएको छ । स्थानिय सरकारको अधिकारक्षेत्र भित्र पर्ने वा स्थानिय सरकार संचालन ऐन २०७४ले दिएका अधिकारहरु प्रयोग गरेर बिनियोजन गरिएका बार्षिक बजेट र त्यसको कार्यन्वयन प्रकृयामा ठुलो अन्तर रहेको कारण महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा धेरै बेरुजु देखिएपछि स्थानिय सरकार मिडिया संग तर्सिएको हो । स्थानिय नागरिकको आवश्यकताको आधारमा बजेट शिर्षक हेरफेर र रकमान्तरबाट गरिएको बजेट खर्चको कारण बेरुजु देखिएको रकम फरफारक गर्न स्थानिय सरकारलाई हम्मे हम्मे मात्र परेको नभई नीतिगत भ्रष्टाचार गरेको समेत आरो...
शीतलहरले तराईको जनजीवन प्रभावित

शीतलहरले तराईको जनजीवन प्रभावित

समाचार
काठमाडौं। विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।   निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताए । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन् । यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेको र बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–१ का ...
अध्यादेश ल्याउनेसहित यस्ता छन् मन्त्रिपरिषदका निर्णय

अध्यादेश ल्याउनेसहित यस्ता छन् मन्त्रिपरिषदका निर्णय

समाचार
काठमाडौं। सरकारले सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनालाई संशोधन गर्न बनेको आध्यादेश २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। गत पुस २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न अध्यादेशहरू ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।   साथै समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकवाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपैयाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरूङले बताए। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गुरूङले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादे...
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा

दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा

समाचार
काठमाडौं। जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।   गए राति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।   साथै आज बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महान...
रवि लामिछानेलाई आज फेरि न्यायीक हिरासतमा राखिने

रवि लामिछानेलाई आज फेरि न्यायीक हिरासतमा राखिने

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेलाई आज न्यायीक हिरासतमा पठाईएको छ । स्वर्णलक्ष्मी सहकारी घोटालाका प्रतिवादी उनलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासको आदेश बमोजिम लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याईयकाे थियाे । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछानेको ८४ दिन लामो हिरासत बसाई अन्त्य भएको थियो । आज बयानका लागि आफैँ जिल्ला अदालतमा उपस्थित भएका उनको थुनछेक बहस नसकिएकाले प्रहरीको जिम्मा लगाइएको हो । उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरील...

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत

समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्। काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो।   लामिछानेको हकमा सरकारी वकिलले पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो मागदाबी गरेको छ। सहकारीबाट गोर्खा मिडियामा उक्त रकम गएको भन्दै सञ्चालकद्वय जिबी राई र रविको हकमा बिगो मागदाबी गरेको हो। रास्वपा सभापति लामिछानेलाई जिल्ला प्रहरी परिसर काठम...