५ बैशाख २०८३, शनिबार

राष्ट्रिय

जाजरकोट बारेकोट–४ मा मतदान सकियकाे केही दिन पछि रहस्यमय ३०० मतपत्र फेला परेका छन

जाजरकोट बारेकोट–४ मा मतदान सकियकाे केही दिन पछि रहस्यमय ३०० मतपत्र फेला परेका छन

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ अन्तर्गत मौरीभिर मतदान केन्द्रमा निर्वाचन सम्पन्न भइसकेपछि ३०० थान प्रत्यक्षतर्फका मतपत्र फेला परेको घटनाले स्थानीय तहमा व्यापक चासो र चिन्ता उत्पन्न गरेको छ। मतदान प्रक्रिया सकिएपछि यति ठूलो संख्यामा मतपत्र भेटिनु सामान्य नभएको भन्दै स्थानीय बासिन्दा र सरोकारवाला निकायले निर्वाचन कार्यालयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। स्थानीयका अनुसार मतदान सकिएर मतगणना प्रक्रिया अघि बढिसकेको अवस्थामा मतपत्र भेटिनु शंकास्पद देखिएको छ। “यदि यी मतपत्र प्रयोगमा आउनुपर्ने थिए भने किन छुटे? र यदि प्रयोगमा नआएका हुन् भने किन सुरक्षित व्यवस्थापन गरिएन?” भन्ने प्रश्न अहिले व्यापक रूपमा उठिरहेको छ। यस घटनाले निर्वाचनको पारदर्शिता र विश्वसनीयतामाथि समेत प्रश्न चिन्ह खडा गरेको छ। कतिपयले यसलाई गम्भीर लापरबाहीको परिणाम मानेका छन् भने केहीले सम्भावित अनिय...
सुर्खेतमा आमा सहित दुई बालबालिका बेपत्ता

सुर्खेतमा आमा सहित दुई बालबालिका बेपत्ता

Breaking News, राष्ट्रिय, समाचार
विरेन्द्रनगर :सुर्खेतकाे गुर्भाकाेट नगरपालिका–१२ पिप्लेबाट दुई बालबालिकासहित एक महिला सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले खोजी अभियान सुरु गरेका छन्। प्रहरीका अनुसार गुर्भाकोट–१२ पिप्ले बस्ने ३८ वर्षीया आमा माया कठायत आफ्नी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दिपक कठायतसहित आइतबार बिहानदेखि घरबाट सम्पर्कविहीन भएकी हुन्। उनीहरू हराएको जानकारी उनका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायतले आइतबार साँझ प्रहरी चौकी गुमी सुर्खेतमा गराएका थिए। त्यस लगत्तै सोमबार बिहानदेखि भेरी किनारमा खोजी कार्य तीव्र बनाइएको हो। सोही वडाका वडाध्यक्ष र स्थानीयको सहभागितामा संयुक्त रूपमा खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ। खोजीका क्रममा उनीहरूको घरदेखि करिब ३ किलोमिटर टाढा रहेको भेरी नदीको किनारमा माया कठायतले प्रयोग गर्ने झोला, सल, चप्पल तथा एक थान मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ। तर, हालस...
पेट्रोल, डिजेल र मट्टीतेलमा मुल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टीतेलमा मुल्य वृद्धि

यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको छ।तर, निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यसूचीमा भने पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ र डिजेल प्रतिलिटर ५४ रुपैयाँले बढेर आएको थियो। निगमले उपभोक्तालाई प्रत्यक्ष मार नपरोस् भनेर मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरी कम मात्र मूल्य बढाएको बताएको छ। निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २१६ रुपैयाँले मूल्य बढेर आएको छ, तर उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै यसको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ। निगमका अनुसार पछिल्लो समय मध्यपूर्व र युरोप (रुस-युक्रेन) मा देखिएको युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्यधिक बढेको हो। विगतमा मूल्य अत्यधिक बढ्दा पनि निगमले उपभो...
६ दलले समानुपातिक तर्फकाे उम्मेदवारहरुकाे नाम आज आयाेगमा बुझाउदै

६ दलले समानुपातिक तर्फकाे उम्मेदवारहरुकाे नाम आज आयाेगमा बुझाउदै

चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका ६ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् ।निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आज ५ः०० बजेसम्म क्लष्टर (समूह) मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेस गर्न गत फागुन २८ गते पत्रात्रार गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा बढी प्राप्त गर्ने रास्वपाले क्लष्टर अनुसार ५७ सांसद निर्वाच...
विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७भारतीय नागरिकको मृत्यु ८ जना घाइते

विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७भारतीय नागरिकको मृत्यु ८ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेकाअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । वडाध्यक्ष पाण्डेका अनुसार राति करिब ८ बजे दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ । ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको ...
वायु प्रदूषणको स्तर बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध  

वायु प्रदूषणको स्तर बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध  

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
काठमाडौं : काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहोर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ । विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए । मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ । यो समयमा स्वास्थ्यको विशेष ख...
सुर्खेतमा इनिशा मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवारको प्रदर्शन

सुर्खेतमा इनिशा मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवारको प्रदर्शन

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
सुर्खेत :विरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले बुधवार वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । २३ फागुन शनिबार बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्कनजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनीसँगै रहेका वीरेन्द्रनगर–९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार, घटनाबारे विस्तृत अनुसन्धान जारी रह...
निर्वाचन विराेधी गतिविधि गरेकाे आराेपमा नेकपा बहुमतका दुई नेता पक्राउ

निर्वाचन विराेधी गतिविधि गरेकाे आराेपमा नेकपा बहुमतका दुई नेता पक्राउ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
भरतपुर :चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी सुमन श्रेष्ट र भरतपुर-१० बस्ने विद्यार्थी संयोजक २१ वर्षीय किरण गौतमलाई पक्राउ गरेको हो। उनीहरू दुबै जनालाई चितवन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।...
वर्तमान नेपालको संकट र दिगो निकासको खोजी: चेतनाथ चाैलागाई

वर्तमान नेपालको संकट र दिगो निकासको खोजी: चेतनाथ चाैलागाई

राजनीति, राष्ट्रिय, विचार, शिक्षा
✍️..नेपाल आज राजनीतिक रूपमा गणतान्त्रिक संरचनामा उभिएको छ, तर व्यवहारिक रूपमा गम्भीर संक्रमण र अस्थिरताको चक्रमा फसेको देखिन्छ। विगतका आन्दोलन, परिवर्तन र त्यागहरूले जनतालाई समृद्धि, सुशासन र पारदर्शिताको सपना देखाएका थिए। तर यथार्थमा आज आम नागरिक निराशा, अन्योल र असन्तुष्टिको अवस्थामा पुगेका छन्। राजनीतिक असफलताको श्रृंखला- २००७ सालपछिको बहुदलीय अभ्यासदेखि लिएर माओवादी जनयुद्ध र त्यसपछि स्थापित गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा, देशले अनेक राजनीतिक प्रयोगहरू भोगिसकेको छ। तर मूल प्रश्न यथावत् छ— किन जनताको जीवनस्तर उकासिन सकेन ? किन भ्रष्टाचार संस्थागत बन्दै गयो? किन सरकारहरू टिकाउ बन्न सकेनन्? आज अवस्था यस्तो छ कि सत्ता प्राप्ति नै दलहरूको अन्तिम उद्देश्य झैँ देखिन्छ। नीति, विचार र राष्ट्रहितभन्दा सत्ता समीकरण, गठबन्धन र पद बाँडफाँड प्रमुख प्राथमिकता बनेको छ। पर...
अरुण नदि माथिकाे बेलिब्रिज पुल भाँचियाे, एक टृक नदिमा खस्याे

अरुण नदि माथिकाे बेलिब्रिज पुल भाँचियाे, एक टृक नदिमा खस्याे

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
संखुवासभा :संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५, नुम र २ को सेदुवा जोड्ने अरुण नदीमाथिको बेलीब्रिज भाँचिएको हो । शनिबार (फागुन १६) बिहान ९ बजे सिमेन्ट बोकेको ट्रक पार गर्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए । बेलीब्रिज भाचिँदा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका डीएसपी मैनालीले बताए । घाइते चालकलाई प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौं लैजाने तयारी भइरहेको छ । निर्माणाधीन कासुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको ...