राष्ट्रिय वामपन्थी मञ्चले क्रन्तिकारी आन्दोलन र राष्ट्रिय स्वाधीनताका पक्षमा अन्तरक्रिया कार्यक्रम गर्ने
काठमाडौं / राष्ट्रिय वामपन्थी मञ्चले देशव्यापी रुपमा नेपालको क्रन्तिकारी आन्दोलन र राष्ट्रिय स्वाधीनताका पक्षमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
मञ्चका संयोजक दिर्घ प्रसाद पाण्डेको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले नेपालमा राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउने शक्ति, कम्युनिष्ट क्रान्तिकारी शक्ति, विभिन्न पार्टी संग आस्था राख्ने र देशको वेथितिवारे विरोध गर्ने शक्तिहरु बीच छलफल तथा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सम्पन्न बैठकले वामपन्थी मञ्च सवै वाम वुद्धिजीवीहरुको साझा मञ्चको रुपमा विकास गर्न खोजीको भन्दै राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको पक्षमा सम्पुर्ण वामपन्थी वुद्धिजीवि क्रन्तिकारी शक्तिहरुलाई एक हुन आह्वान समेत गरेको छ ।
मञ्चका संयोजक दीर्घ प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा पूराना माओवादी नेता तथा मञ्चका सल्लाहकार नारायण ...