जाजरकोट : जुनिचाँदे गाउपालिका वडा न ५ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ। उक्त कार्यक्रममा पुर्व जनप्रतिनिधिलाई सम्मान गरिएको थियाे र अति बिपन्न चार परिवारलाई दशै खर्चका लागि खाद्यान्न उपलब्ध गराईयकाे थियाे ।
१७ असोज, काठमाडौं/
पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम ट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’
यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए ।
२०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् । उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’
चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राज...
१७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।
कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।
नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ ।
परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।...
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ । जल, जमिन, जडिबुटी र पर्यटन बिकासलाई सदुपयोग गर्न सके जाजरकोटलाई स्वर्गको टुक्रा जस्तै सुन्दर बनाउन सकिन्छ ।
जिल्लाको ८२ किलोमिटर भु–भागलाई छिचोल्दै गएको मध्यपहाडी लोकमार्ग, भारतको रुपैडिया देखि सुर्खेत छिन्चु–जाजरकोट–डोल्पाको मोरिम तेञ्जे हँुदै तिब्वत जोडने त्रिदेशीय भेरी करिडोर, जाजरकोटको कुशे पाटन हँुदै कपिलवस्तु देखि दाङ, सल्यान, जुम्ला हुँदै मुगु जोड्ने लुम्बिनी–रारा पर्यटन मार्गले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जाजरकोटमा आकर्षित गर्न सकिन्छ । पर्यटन विश्व बजारमा स्थापित डोल्पाको विश्वकै गहिरो शे–फोक्सण्डो ताल, विश्वकै अग्लो...
१६ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।
इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।...
१५ असोज, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो एक्कासी आगलागी भएको हो ।
बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेको छ ।
बसमा आगलागी भएपछि त्यसमा सवार ३२ यात्रु अलपत्र परेका छन् ।
गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।...
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सत्ता गठबन्धन काे सिटका लागि अझै टुंगोमा पुगेकाे छैन ।प्रतिनिधि सभाका लागि माओवादी केन्द्र काे दाबि छ भने , प्रदेश क. र ख. दुबै का लागि नेपाली कांग्रेस काे दाबि रहेकाे एक नेताले बताय ।
असाेज १५ , सनिवार , कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला अदालतमा आगामी मंसिर ४ मा हुने संघ र प्रदेश चुनावका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलय स्थापना भयकाे हाे । प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने लगायत जिल्ला का कार्यलय प्रमुखहरुकाे सहभागितामा उक्त कार्यालयकाे स्थापना भयकाे जाजरकोट बाट कर्ण शाहिले बताउनु भयाे ।...
१४ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले मार्ग परिर्वतनको प्रस्ताव खारेज गरेको छ । शुक्रबार बसेको पार्टी बैठकले यो प्रस्ताव खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।
१३ साउन २०७९ मा तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश नामक मार्ग परिर्वतनको प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावमा संघीयता खारेज, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने उल्लेख थियो ।
सुरुमा मिश्रले बहसका लागि भन्दा यो प्रस्ताव ल्याएका थिए । तर मिलन पाण्डे पक्षले विरोध गरेपछि पार्टीमा बहुमतका आधारमा यसलाई अनुमोदन गराइएको थियो । मिश्र राप्रपातिर लागेपछि विवेकशील साझाले भने मार्ग परिर्वतनको प्रस्ताव नै खारेज गरेको छ ।
यससँगै मिलन पाण्डेसहित पार्टी बाहिर रहेको समूहसँग एकता गर्ने बाटो खुलेको एक नेताले बताए । यसका लागि बिहीबारदेखि नै छलफल सुरु भएको उनले सुनाए ।
 ...