१० असार २०८१, सोमबार

प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

लेखक : भवानी शाही

दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ । जल, जमिन, जडिबुटी र पर्यटन बिकासलाई सदुपयोग गर्न सके जाजरकोटलाई स्वर्गको टुक्रा जस्तै सुन्दर बनाउन सकिन्छ ।

जिल्लाको ८२ किलोमिटर भु–भागलाई छिचोल्दै गएको मध्यपहाडी लोकमार्ग, भारतको रुपैडिया देखि सुर्खेत छिन्चु–जाजरकोट–डोल्पाको मोरिम तेञ्जे हँुदै तिब्वत जोडने त्रिदेशीय भेरी करिडोर, जाजरकोटको कुशे पाटन हँुदै कपिलवस्तु देखि दाङ, सल्यान, जुम्ला हुँदै मुगु जोड्ने लुम्बिनी–रारा पर्यटन मार्गले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जाजरकोटमा आकर्षित गर्न सकिन्छ । पर्यटन विश्व बजारमा स्थापित डोल्पाको विश्वकै गहिरो शे–फोक्सण्डो ताल, विश्वकै अग्लो मानव बस्ती धो–ताक्सी, २०५२ सालमा पत्ता लागेको भिजेरको “कू” गाउँ, प्रशिद्ध बालात्रिपुरा सुन्दरी मन्दिर, शे–गुम्वा, कान्जिरुवा, मुगुको रारा ताल, हुम्लाको मानसरोबर, कपिलवस्तुको लुम्बिनी जाने र आउने पर्यटकहरुले उक्तमार्ग प्रयोग गर्नुको साथै जाजरकोटका प्राकृतिक मनोरम स्थलहरुको दृश्यावलोकन गर्ने पक्का छ । जिल्लाको ठूलो भु–भागलाई छोएर गएको त्रिदेशीय भेरी करिडोरले जाजरकोट अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रमा परिणत हुन सक्ने सम्भावना देखिएको छ । त्रिदेशीय तथा राष्ट्रिय राजमार्गलाई ध्यानमा राखेर हवाई मार्गको लागि जिल्लाको उचित ठाउँमा एयरपोर्ट निर्माण गर्न सकेमा पर्यटन उद्योगमा मद्दत पुग्नेछ ।

नलगाड र छेडागाड जस्ता मुख्य ठूला दुई जलाधार मध्ये ४ सय १७ मेगावाट विद्युत उत्पादन क्षमता भएको नलगाड हाईड्रोपावरले पर्यटकहरुलाई आकर्षित गर्न सकिने अर्को पूर्वाधार हो । २ सय १० मिटर उचाई र ६ किलोमिटर लम्बाई रहेको नलगाड हाईड्रोपावरको जलासयले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने छ । आसपासमा होटल व्यवसाय र होमस्टे संचालन तथा व्यवस्थापनले रोजगारी सृजना गर्नुको साथै हाईड्रोपावरको जलासयले चलचित्र छाँयाङ्कण गर्न चलचित्र उद्योगहरु प्रबद्र्धनमा मद्दत पुग्नेछ ।

पर्यटन विश्व बजारमा स्थापित डोल्पाको विश्वकै गहिरो शे–फोक्सण्डो ताल, विश्वकै अग्लो मानव बस्ती धो–ताक्सी, २०५२ सालमा पत्ता लागेको भिजेरको “कू” गाउँ, प्रशिद्ध बालात्रिपुरा सुन्दरी मन्दिर, शे–गुम्वा, कान्जिरुवा, मुगुको रारा ताल, हुम्लाको मानसरोबर, कपिलवस्तुको लुम्बिनी जाने र आउने पर्यटकहरुले उक्तमार्ग प्रयोग गर्नुको साथै जाजरकोटका प्राकृतिक मनोरम स्थलहरुको दृश्यावलोकन गर्ने पक्का छ । जिल्लाको ठूलो भु–भागलाई छोएर गएको त्रिदेशीय भेरी करिडोरले जाजरकोट अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रमा परिणत हुन सक्ने सम्भावना देखिएको छ । त्रिदेशीय तथा राष्ट्रिय राजमार्गलाई ध्यानमा राखेर हवाई मार्गको लागि जिल्लाको उचित ठाउँमा एयरपोर्ट निर्माण गर्न सकेमा पर्यटन उद्योगमा मद्दत पुग्नेछ ।

जिल्लाका ऐतिहासिक तथा साँस्कृतिक महत्त्विकका १० वटा स्थललाई पुरातत्व विभागले वर्गीकृत गरेर साँस्कृतिक तथा पुरातात्त्विक स्थलका रुपमा नक्साङ्कण गरेको छ । विभागले वर्गीकृत गरेर नक्साङ्कण गरिएका स्थलहरुमा ‘क’ वर्गका सम्पदामा छेडागाड नगरपालिका–८ पजारु घोगीको १३ छ्योर्तेनहरुको समुह (बौद्ध स्तुभ), पजारु डाँडागाउँको शिवमन्दिर, भेरी नगरपालिका–११ जगतिपुरको वायुघट्ट रहेका छन् । त्यसैगरि विभागको ‘ख’ वर्गमा कुशे गाउँपालिका–६ साविक ढिमे गाविस–४ को भयाँरमष्टो मन्दिर, खलंगामा रहेको जाजरकोट दरवार र जगतिपुर दरवारका भग्नावशेषहरु रहेका छन् । विभागको ‘ग’ वर्गमा भेरी नगरपालिका–१ काले गाउँका शिवालय मन्दिर, भेरी नगरपालिका–४ रानागाउँ स्थित कालिका मन्दिर, कुशे गाउँपालिका–९ पैंकको मष्टा मन्दिर र ८ कफल्नाको मष्टा मन्दिर रहेका छन् । क, ख र ग वर्गमा विभाजन गरेर पुरातत्व विभागले सुचीकृत तथा नक्साङ्कण गरेका उक्त १० वटा स्थलहरुले जाजरकोटको पर्यटन विकासको सम्भावनालाई उद्घाटित गरेका छन् ।

विश्वकै दुर्लभ रेडपाण्डा, कस्तुरी, भालु, ब्वाँसो, मृग, थार, बदेल, झारल, घोरल, दम्सी, चितुवा लगायतका संरक्षित वन्यजन्तुहरुको उपयुक्त बासस्थान पनि हो जाजरकोट । लोपोन्मुख सुनगिद्ध, सेतो गिद्ध, चिर कालिज, जलेवा, राष्ट्रिय पंक्षी डाँफे, फक्राँस, मुनाल, कालिज लगाएतका पंक्षीहरुको प्राकृतिक बास स्थानले पर्यटकहरुलाई आकर्षित गर्न सकिने अर्को आधार हो ।

विश्वकै दुर्लभ रेडपाण्डा, कस्तुरी, भालु, ब्वाँसो, मृग, थार, बदेल, झारल, घोरल, दम्सी, चितुवा लगायतका संरक्षित वन्यजन्तुहरुको उपयुक्त बासस्थान पनि हो जाजरकोट । लोपोन्मुख सुनगिद्ध, सेतो गिद्ध, चिर कालिज, जलेवा, राष्ट्रिय पंक्षी डाँफे, फक्राँस, मुनाल, कालिज लगाएतका पंक्षीहरुको प्राकृतिक बास स्थानले पर्यटकहरुलाई आकर्षित गर्न सकिने अर्को आधार हो ।

जैविक विविधतताको आपसी अन्तरक्रियाबाट संचालन भएको प्रकृतिको जीवनचक्रमा प्राणी जगतलाई सन्तुलित पारस्थितिकीय प्रणालीको आवश्यक पर्ने जीव विज्ञ करन शाहको भनाई रहेको छ । जाजरकोटको भुगोल, हावापानी, वनस्पति र जीवहरुको लागि उपयुक्त स्थल भएको विज्ञ शाहले बताउदै आएका छन् ।

सेतो चिनी, कुरिलो, काउलो, पाखनबेद, सुगन्धवाल, तितेपाती, जटामसी, चिराईतो, गुच्चीच्याउ, लौठ सल्ल्ला, पाँच औले, बुकीफुल, कटुको, समायो, पदमचाल्लो, लटेचुक, भुत्ले, सतुवा, अतिस, सुनखरी जस्ता थुप्रै बहुमूल्य जडिबुटीको केन्द्र जाजरकोटको बारेकोटमा रहेको फलाम खानी, कुशे र जुनीचाँदे गाउँपालिको विभिन्न ठाउँमा पाईने विश्वकै उत्कृष्ट काईनाइट, टुर्मालिन, गार्नेट, रुवी लगायतका बहुमुल्य रत्नपत्थर, भेरी नगरपालिकाको काला भूरको ग्राफाइड, बुदबुदीको खरी र चुन खानी, नलगाड नगरपालिको खगेकोटमा रहेको युरोनिम जस्ता खनिजले जाजरकोटको सान उच्च भएको छ ।

बारेकोटमा रहेको फलाम खानी, कुशे र जुनीचाँदे गाउँपालिको विभिन्न ठाउँमा पाईने विश्वकै उत्कृष्ट काईनाइट, टुर्मालिन, गार्नेट, रुवी लगायतका बहुमुल्य रत्नपत्थर, भेरी नगरपालिकाको काला भूरको ग्राफाइड, बुदबुदीको खरी र चुन खानी, नलगाड नगरपालिको खगेकोटमा रहेको युरोनिम जस्ता खनिजले जाजरकोटको सान उच्च भएको छ ।

बारेकोटको सिल्पाचौर, ढोटाचौर, राँगाचौर, चौथारी, गाईगुवा, तम्तु, नलगाड नगरपालिकाको मुल्लालथला, खानटाकुरा, नहकुली, भेरी नगरपालिकाको बडालेक, रिम्ना, काफलचौर, मछाइना, भुरपोखरा, जगतिपुर, कुशे गाउँपालिकाको पाँचकाटिया, गाईखुर, ढिमे, धारापानी, जुनीचाँदे गाउँपालिकाको साँदलाग्ने, भालुकुयाँ, छेडागाड नगरपालिकाको चिनेकुम्द, सुयाडा, दशेरा, शेराखरे, कार्कीगाउँ, शिवालय गाउँपालिकाको आले, खनेटा चिउदुवा आदि अनगिन्ती मनोरम घाँसे मैदानले नव आगन्तुकको मनै लोभ्याउने ठाउँहरु हुन् ।

कचाली, चाँदे, पाथीभरा, कुशे, रातापाटन, रोल्पा, कालीमुरी, कोटे, खेताली, देउराली, साईकुवारी, चाखुरे, कराईचुली, मुट्केचुला, प्यारी पाटन तथा हिमालको दृश्यले पर्यटकहरुलाई भरपुर मनोरन्जन दिन सकिन्छ । नदैडाब, ठाकुरजी, राँगामाचिला, नौमुली, पैंक÷कफल्नाको मष्टा देउता, झादेउ, खातीगुर्ताको भगवती, मछाईनाको मालिका, दशेराको रुकमाला, बजुथान, सक्लाको पिनालेखी, चित्रलेखी जस्ता शक्तिपिठले धार्मिक पर्यटन उद्योगको विकास गर्न सकिन्छ । पाटन क्षेत्रमा रहेका नदैडाब, छेडादह, शंखदह, साईकुवारी दह, कुकुर दह, सुंगुरदह जस्ता मनोरम तालतलैयाहरू पर्यटकका आकर्षक केन्द्र हुन् ।

साहसिक पर्यटनमा ¥याप्टिङ्ग (जलयात्रा) गर्नका लागि भेरी नदी, पर्वत आरोहनका लागि समुन्द्री सतहदेखि ५ हजार ४ सय १२ मिटर उचाई रहेको कराईचुली हिमाल, बन्जीङ जम्पका लागि नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाको सिमाना खारा, भीरमौरीको महको लागि शिकार गर्न नलगाड नगरपालिकाको ध्यारगाउँ, बानियागाउँ, रावलगाउँ, भेरीखोला, कल्पत, बारेकोट गाउँपालिकाको धुम, लुवाग, मैना, जिरी, मुल्साम र कुशे गाउँपालिकाको पैंक चाल्ना उपयुक्त स्थल हुन् । बारेकोट गाउँपालिकाको लिम्सादेखि घाट–दह ढोटाचौर हुदै जुम्लाको गोठीचौर र डोल्पाको चौरीकोट वा मुट्केचुला गाउँपालिका जोड्ने पदमार्ग निर्माण गर्न सकेमा पदमार्ग प्रयोग गर्ने पर्यटकहरुले बारेकोटको फलाम खानी, रेडपाण्डा, कस्तुरी, मृग लगाएतका दुर्लभ वन्यजन्तुको अवलोकण गर्न सक्नेछन् ।

छेडागाड नगरपालिकाको थलह बजारदेखि शेराखरे हुदै नदैडाब जोड्ने, थलहबाट कोर्ताङ्ग–जुनी कम्युनहुदै नदैडाब जोड्ने पदमार्ग निर्माण गर्न सकेमा पद मार्गका पर्यटकहरुले युद्ध पर्यटकीय क्षेत्र जुनी कम्युन, विश्वकै उत्कृष्ट काईनाईट, टुर्मालिन, रुवी लगाएतका बहुमुल्य रत्न पत्थरको अबलोकण गर्न सक्ने छन् । कृषि पर्यटनका लागि दम्दालाका सुन्तला, मौरीको महका लागि मैदे÷पाली÷कल्पत प्रख्यात स्थल हुन् । शिवालयको स्यापी, छेडागाडको टिकाचौर, जुनीचाँदेको जुनी, कुशेको ढिमे र पाँचकाटीया, बारेकोटको सिल्पाचौर, नलगाडको खानटाकुरा, भेरीको मैदे र भेरेमा घरबास तथा होमस्टे बनाउन लायकका ठाउँ हुन् ।

भेरी नगरपालिकाको कुदुदेखि जगतिपुर, काफलचौर, मछाईना, मालिका, पाँचकाटिया, डिङ्गा, बडालेकहुदै रिम्ना जोड्ने पदमार्ग निर्माण गर्न सकेमा यस मार्गको यात्रालाई पुरा गर्न पर्यटकले एक हप्ताको समय लगाउने छन् । कुदुबाट यात्रा सुरु गरेका पर्यटकले जगतिपुरको ऐतिहासिक बायुघट्ट, जगतिपुर दरबारका भग्नावशेषहरु अबलोकन गर्न पाउने छन । काफचौर हुदै माछाईना पुगेका पर्यटकले शक्तिपिट मालिका धार्मिक पर्यटन स्थलको अवलोकन गर्ने छन् । बुर्याचौर, चोरढुङ्गाको स्वच्छ हावानीको स्वादन गर्दै सुन्दर वनस्पती र हिमश्रृङखलाका दृश्यअवलोकन गर्दै आगन्तुक पर्यटकहरु पाँचकाटिया पुग्नेछन् । २०५७ सालमा पाँचकाटिया प्रहरी चौकीमा तत्कातिन माओवादी सेनाले गरेको सफल आक्रमण स्थल भएको हँुदा पाँच काटियालाई युद्ध पर्यटन स्थलका रुपमा पनि लिन सकिन्छ । २०५५ सालको भुमीगत जीवनकालमा पार्टी कार्यकर्तालाई प्रचण्डले प्रशिक्षण दिएको स्थल डिङ्गा हुदै २०५२ सालको तत्कालिन नेपाल प्रहरीले एकै दिनमा झण्डै चार दर्जन घर गोठमा आगो लगाएको र ०५६ सालमा वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) ले माओवादी सेनालाई फौजी तालिम दिएको स्थल बडालेकको सुन्दर दृश्याअवलोकन गर्नुको साथै मनोरन्जन लिने छन् । बडालेकबाट पैदल यात्राबाट रिम्नापुगेका पर्यटकले रिम्नादेखि कुदुसम्म ¥याप्टिङ्ग संचालनमा ल्याएमा पदमार्ग पूरा गरेका पर्यटकले अन्तमा जलयात्रा गरेर एक हप्ताको प्याकेज पूरा गर्ने छन् ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार १ लाख ७१ हजार ३ सय ४ जनसंख्या रहेको जाजरकोटमा ८५ हजार ७ सय ६७ महिला र ८५ हजार ५ सय ३७ पुरुष रहेका छन् । जिल्लामा ३० हजार ४ सय ७२ घरधुरी छन् । ब्राह्मण, ठकुरी, क्षेत्री, मगर र कामी समुदायको बसोबास रहेको जाजरकोटका सात वटै पालिकामा मगर समुदायको बसोबास रहेको छ । जुनी चाँदेको जुनी, छेडागाडको टिकाचौर, कुशेको ठारीभौता, चाल्ना र समाईला, नलगाडको भारगाउँका मगर समुदायले मात्र मातृ पोशाक र भाषा प्रयोग गर्दै आएका छन् । शिवालयको रिसिना र नलगाडको भारगाउँका मगर समुदायले मारुनी नाच नाच्ने गर्दछन् ।

जिल्लामा अनगन्ति ऐतिहासिक तथा धार्मिक सम्पदा, जल, जमिन, वनस्पति, वन्यजन्तु, खनिज, पूर्वाधार, सामाजिक तथा साँस्कृतिक जीवन शैलीले रहेको भएता पनि जाजरकोटमा पुगेका पर्यटकहरुले भेरी नगरपालिकाको जगतिपुरमा रहेको वायुघट्ट, जगतिपुर दरबारका भग्नावशेष, जाजरकोट दरबार, मालिका मन्दिर, बडालेक, शिवालय मन्दिर, शिवालयको कचाली, चिउदुवा, छेडागाडको पजारु घोगीको छ्योर्तेनहरुको समूह (बौद्ध स्तुभ), जुनीचाँदेको जुनीकम्युन, कुशेको ढिमे, बारेकोटको सिल्पाचौर, नलगाडको खानटाकुरा पुग्नै पर्ने ठाउँ हुन् । बारेकोटी गाभा, सरुगाडका माछा, मैदे÷पालि÷कल्पतको मह, सरु–चैया र साततियाँको पाल्ते चामलको भात जिल्लाको प्रख्यात तथा विशेष खाना तथा भोजनका परिकार हुन् ।

(लेखक :– डिजिटल संचार डटकम अनलाईनको सम्पादक हुन् । )