२०८३ श्रावण २३, शनिवार

विगन्यूज

वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा ! स्मृति

वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा ! स्मृति

Breaking News, पर्यटन, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
असोज २२ गते दिउँसो कमरेड लोकेशले फोन गर्नुभयो– दाइ ! हृदयाघातका कारण आमाको निधन भयो । …म जाँदैछु अनन्य कमरेड लोकेशकी ममतामयी आमा, हामी सबैकी आमाको असामयिक निधको खबर सुन्नेबित्तिकै म स्तब्ध भएँ । मेरो गला अवरुद्ध भयो । म अरू केही भन्न नसक्ने अवस्थामा पुगेँ । त्यसपछि कमरेड भीमलाई फोन गरेर जानकारी गराएँ । उहाँसँग कमरेड लोकेशले आमाको स्वास्थ्यमा समस्या आउनेबित्तिकै उपचार गर्ने भनेर पहिला नै सहयोगका लागि सम्पर्क गरिसक्नु भएको रहेछ । केहीबेर आफूलाई संयम तुल्याउँदै पार्टी केन्द्रीय कार्यालयमा खबर गरेँ । असोज २७ गते पार्टी केन्द्रीय कार्यालयले आमाको श्रद्धाञ्जली सभामा मलाई जान निर्देशन गर्यो । लेखक : पूर्णबहादुर सिंह पर्वतको दुग्लुङ गाउँसम्म पुग्नु मेरा लागि पीडा र गौरव भयो । जाजरकोटबाट १५ दिन पैदल हिँडेर पर्वतको त्यही भेगको एक गाउँमा अभियान टोलीको सम्पर्कमा पुगेको थिएँ । करिब १९ व...
नेकपा (बहुमत) द्वारा डा. ओम गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) द्वारा डा. ओम गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार समिति संयोजक डा. ओम गुरुङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रवक्ता सुदर्शनले बुधबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै गुरुङको निधनले दुःखी बनेका परिवारजन र सम्बन्धित पार्टीप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन् । श्रद्धाञ्जली वक्तव्यमा प्रवक्ता सुदर्शनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार समिति संयोजक कमरेड ओम गुरुङको घाँटीको अर्बुद रोगका कारण किमो अस्पताल हरिसिद्धि ललितपुरमा असोज ३१ गते दिउँसो १ बजे निधन भएको खबरले हामीलाई अत्यन्त मर्माहत बनाएको छ ।’ वक्तव्यमा अगाडि भनिएको छ, ‘२००९ साल माघ २७ गते जन्मिएका कमरेड गुरुङ २०२४ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न भई नेतृत्व स्तरमा आइपुग्नुभएको थियो । नेपाली क...
नेकपाको महासचिवमा पुनः विप्लव निर्वाचित

नेकपाको महासचिवमा पुनः विप्लव निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले सर्वसम्मत पुनः महासचिवमा विप्लवलाई निर्वाचित गरेको छ । महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा ७८ जना हाललाई निर्वाचित गरेको छ भने ३ जना पछि थपिने छन् । यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने छन् । यस्तै महाधिवेशनले १३९ सदस्सीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ । प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छन् । नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना पनि निमार्ण गरेको छ । पूर्ण केन्द्रीय समिति, वैकल्...
निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु, तपाईं नि? : केपि शर्मा ओली

निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु, तपाईं नि? : केपि शर्मा ओली

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेन्डामा आधारित लाइभ डिबेटका लागि आफू तयार रहेको बताएका छन्। अमेरिकासहितका पश्चिमा राष्ट्रहरुमा हुँदै आएको 'लाइभ टेलिभिजन लाइभ' का लागि आफू पनि तयार रहेको ओलीले बताएका हुन्। उनलले सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले यसका लागि आग्रह गरेको भन्दै आफू तयार रहेको उल्लेख गरेका हुन्। सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाइभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ', उनले भनेका छन्, 'धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ।' उनले निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको  बताएका छन्। 'म त यसका लागि तयार छु, देउवाजी नि?', उनले प्रश्न गर्दै भनेका छन्।  ...
फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा..!

फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा..!

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति
काठमाडौँ : फूलमती विकको श्रद्धाञ्जली कार्यक्रममा उनको परिवारका सदस्यले पाँच लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा गरेका छन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माले आमा फूलमती विक र बाबा लक्ष्मण विकको स्मृति र सम्मानमा ‘फूल फाउन्डेसन’ घोषणा गर्दै ५ लाख रुपैयाँको चेक फाउन्डेसनका संयोजक दिलबहादुर सुनारलाई हस्तान्तरण गरे । माओवादी युवा नेता लोकेशले आमाको निधनमा परम्परा र रूढिमा आधारित काजकिरिया नगरी विद्रोह गरेका थिए । असोज २९ गते पर्वत पैयुँखोलामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा परिवारका तर्फबाट गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गर्दै लोकेशले परिवारको साथ–सहयोगमा आमा फूलमती विश्वकर्मा र बाबा लक्ष्मण विश्वकर्माको स्मृति र सम्मानमा स्थापित ‘फुल फाउन्डेसन’ मार्फत ५ लाखको अक्षयकोष घोषणा गरेका हुन् । लक्ष्मण विक पर्वत पैयुँखोलाको वामपन्थी आन्दो...
नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

Breaking News, खेल, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले आफ्नै टाइमिङ सुधार गर्दै स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामाले उनले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् । चार सय मिटर पुरुष दौडमा सन् १९९० को बेइजिङ एसियन गेम्समा आशाराम चौधरीले ४८.३२ सेकेण्डको इलेक्ट्रिक टाइमिङ कीर्तिमान बनाएका थिए । आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । आफ्नो बेस्ट टाइमिङसहित स्वर्ण जितेपछि सोम कुमालले एकदमै खुशी लागेको बताए । ’राम्रो प्रदर्शन भयो । म अरुलाई भन...
अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु एक घाइते :

अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु एक घाइते :

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कात्तिक, दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ । सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो । कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले बताए । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।...
बाम शक्तिलाई एकताबद्ध गरेर लिनु पर्छ : माधवकुमार नेपाल

बाम शक्तिलाई एकताबद्ध गरेर लिनु पर्छ : माधवकुमार नेपाल

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
  प्रस्तुत छ; सत्ता गठबन्धन, चुनाव र चुनावपछि हुने सत्ता गठबन्धनबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश चुनावको तयारी कस्तो छ ? चुनावको तयारी अगाडि बढिरहेको छ । गठबन्धन दलहरूबीचमा कतिपय विषयमा छलफल चलिरहेको छ । आइतबार मात्रै हामीले चुनावको सम्बन्धमा हाम्रो मान्यता के हो ? हाम्रो प्रतिबद्धता के हो ? हामी कुन सोचका साथ अघि बढ्न चाहन्छौं ? विकास निर्माणको कामलाई कसरी गति दिन्छौं ? भनेर तीन दलको तर्फबाट साझा प्रतिबद्धता जारी गरेका छौं । हामीले गठबन्धनका साझा उम्मेदवार तय गरेका छौं । कतिपय ठाउँमा विद्रोहीहरू खडा भएका छन् भने कतिपय ठाउँमा एकभन्दा बढी उम्मेदवार भएका छन् । काठमाडौं १० (ख) मा रमा आलेलाई दिने भनेर टुंगो भएको हो, फेरि अर्का उम्मेदवार खडा भएका छन् । थुप्रै ठाउँमा मिलाउनुपर्ने छ । तर उम्मेदव...
बागि उम्मेदवारी दिने नेता कार्यक्रतालाई कार्वाही गर्ने ।माओवादी केन्द्र

बागि उम्मेदवारी दिने नेता कार्यक्रतालाई कार्वाही गर्ने ।माओवादी केन्द्र

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ । पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माओवादीले निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा उनीहरु उपरको कारबाही फिर्ता लिइने पनि जनाएको छ ।...
सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा भव्यतापूर्वक सम्पन्न

सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा भव्यतापूर्वक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
हरिवन : नेकपा (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै संयोजक कञ्चनले भने, ‘संसदीय चुनावमा हरेक नेपाली नागरिक र सुकुमबासी जनताले धेरैपटक भोट हाले । नेताहरू पटकपटक जितेर गए तर ६० लाख सुकुमबासी तथा नेपाली नागरिकको व्यवस्थापन गर्नुको साटो मिटरब्याजी, भ्रष्ट जनप्रतिनिधि, माफियाहरूको योजनामा कुमार पौडेललगायत गरिबको अवाज उठाउने धेरैको हत्या गरियो । त्यसैले जितेर गएकाहरूले नै लाखौँ सुकुमबासीको पेटमा लात हानेर कुमारहरूको हत्या गरेका हुन् । मानवअधिकार आयोगले समेत अपराधी घोषणा गरिसकेकाहरूलाई नेपालका कानुन र प्रहरीले किन देखेनन् ? हत्यारा र अपराधीहरूलाई कारबाही गर्नुको साटो उल्टै हाम्रो पार्टीका धेरै नेता–कार्यकर्ताहरूलाई ती...