१० बैशाख २०८३, बिहीबार

राजनीति

नेकपाले मंसिर ८ गते पार्टी पुनर्गठन दिवश देशैभरि मनाउने

नेकपाले मंसिर ८ गते पार्टी पुनर्गठन दिवश देशैभरि मनाउने

Breaking News, राजनीति, समाचार
७ मंसिर काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवस देशव्यापी मनाउने भएको छ । आज भन्दा ९ वर्ष अघि तत्कालीन मोहन वैद्य नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाउन लागिएको हो। पुनर्गठन दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम गरि मनाउने योजना रहेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् । ऐतिहासिक नवौं पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाऔँ, एकीकृत जनक्रान्तिको दिशामा अघि बढौँ भन्ने नारासहित आइतबार महासचिव विप्लवको फोटो अंकित पोस्टर सार्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी आफ्नो राजनैतिक कार्यक्रम वैज्ञानिक समाजवाद र सामरिक कार्यक्रम एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयन गर्दै दुई वर्षको प्रतिबन्ध र १२ जना शहिदको बलिदानसहित दलाल पुजिवादी उत्पादन सम्बन्ध सङ्गको...
जाजरकोटमा प्रदेश सभा तर्फ गठबन्धनका सिंह र शाह निर्वाचित ।

जाजरकोटमा प्रदेश सभा तर्फ गठबन्धनका सिंह र शाह निर्वाचित ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
७ मंसिर, जाजरकोट । जाजरकोटमा प्रदेश सभा तर्फ नेपाली कांग्रेसले बिजय हात पारेकाे छ । एक मात्रै निर्वाचत क्षेत्र रहेको जाजरकोटमा प्रदेशसभा (क) मा वेदराज सिंह  र (ख)  मा राजीविक्रम शाह निर्वाचित भएका हुन् । सिंहले नेकपा एमालेका डम्बरबहादुर सिंह र शाहले एमालेकै खिमबहादुर शाहीलाई पराजित गरेका हुन् । कांग्रेसका सिंहले १८ हजार ५४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२४७० मत पाए । यस्तै कांग्रेसका शाहले १६०४० मत ल्याउँदा उनका प्रतिस्पर्धी शाहीले १०५३० मत ल्याए । प्रतिनिधि सभा काे मत परिणाम आउन अझै बाकि रहेकाे छ । ...
गाेरखा २ मा प्रचण्ड काे अग्रता, स्वतन्त्रताका  कविन्द्र बुर्लाकाेटिले पछ्याउँदै

गाेरखा २ मा प्रचण्ड काे अग्रता, स्वतन्त्रताका कविन्द्र बुर्लाकाेटिले पछ्याउँदै

चुनाव, निर्वाचन, राजनीति, समाचार
७ मंसिर काठमाडौं  ,  प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मतान्तरले अगाडि छन् । १२ हजार ६ सय १५ मत गणना हुँदा दाहालले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका हुन् । २ हजार १० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले दाहाललाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रोमा छन् । मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् । गोरखा क्षेत्र नम्बर १ मा पनि सत्ता गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले मतान्तर बढाएका छन् । बजगाईंले १ हजार ८सय २१ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले ४ सय १९ मत ल्याएका छन् ।...
राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ काठमाडौं ८ बाट  निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ काठमाडौं ८ बाट निर्वाचित

चुनाव, निर्वाचन, राजनीति, समाचार
७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १० हजार १०५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम ४ हजार ८७७ मत पाएका छन् ।विजयी श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बाग्मतीमा प्रदेश सभा सदस्य थिए । त्यसैगरी काठमाडौं ८को प्रदेशसभाको ‘ख’ तर्फ राप्रपाका उद्धब थापा विजयी भएका छन् । उनले ३ हजार ३४९ मत पाएका भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४ हजार ८७७ मत पाएका छन् । कांग्रेसका उम्मेदवारले १ हजार ८३७ मत मात्रै पाए । ...
प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
७ मंसिर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन्। आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन्। डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ। प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन्।...
जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
७मंसिर जाजरकोट । जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह विजयी भएका छन्। उनी १६ हजार ४० मतसहित प्रदेश सांसद चुनिएका हुन्। शाहले नेकपा एमालेका  खिमबहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे। एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन्। शाह विशेषतः प्रतिनिधि सभामा अन्तिमपटक चुनाव लड्न चाहेका थिए। तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन्। शाह राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव राख्ने नेता हुन्। शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग हारेका थिए। शाह यसअघि दोस्रो संविधान सभा सदस्य बनेर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन्। शाह निर्वाचित (ख) मा ४६ हजार ४९४ मतदाता रहेकामा २९ हजार २६ मत खसेको थियो।...
गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
गृहमन्त्री बालकृष्ण खाणलाई दीपक बोहराले कडा टक्कर दिएका छन्। सत्ता गठबन्धनका उम्मेदवार खाणले ३ हजार ४२४ मत पाउँदा दीपक बोहराले ३ हजार ३७१ मत पाएका छन्। राप्रपाका दीपक बोहरालाई एमाले र जसपाले सघाएका छन्।
अर्घाखाँचीमा टाेप बहादुर रायमाझी काे अग्रता कायमै पुष्पा भुसाल  पछ्याउँदै

अर्घाखाँचीमा टाेप बहादुर रायमाझी काे अग्रता कायमै पुष्पा भुसाल पछ्याउँदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५  हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २  हजार २५९ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३३१ मत पाएका छन् ।...
ललितपुर २ मा एमालेका प्रेम महर्जन ९ हजार मतान्तरले विजयी

ललितपुर २ मा एमालेका प्रेम महर्जन ९ हजार मतान्तरले विजयी

चुनाव, निर्वाचन, राजनीति, समाचार
६ मंसिर काठमान्डाै। ललितपुर २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् । मत परिणाम घोषणा भएपछि नेकपा एमालेका कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।...
ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
लतितपुर क्षेत्र नं ३मा  माओवादी केन्द्रकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उछिनेकी छन्। पहिलो स्थानमा नेकपा एमालेका अमृत खड्का छन्। दोस्रो स्थामा कार्की र भुसाल बीच अघिपछि चलिरहेको छ। पछिल्लो मत परिणामा अनुसार एमाले ९ सय ३६ , राष्ट्रिय स्वतन्त्र ८सय ७५ र माओवादी केन्द्र ७ सय ७५ रहेको छ।...