नेकपा (बहुमत) को आह्वान: संसदीय चुनाव अवज्ञा र बहिष्कार गराैं ।
काठमाडौँ :नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले संसदीय चुनाव अवज्ञा गर्न जनसमुदायलाई आह्वान गरेका छन् । शनिबार जनसमुदायका नाउँमा अपिल जारी गर्दै प्रवक्ता सुदर्शनले भनेका छन्, ‘हाम्रो आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासका अवरोधहरूलाई मतदान गरी अवरोध हटाउन ढिला नगरौँ । यो कुनै मतदान होइन, यो वास्तवमा मत दुरुपयोग हुन जान्छ ।’
प्रवक्ता सुदर्शनले नवउदारवादी अर्थव्यवस्था र दर्शनबाट निर्देशित पुँजीवादी संसदीय राजनीतिक प्रणाली नेपाली श्रमजीवी तथा उत्पीडित वर्गका लागि आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासको छेकबार बनेर उभिएको प्रस्ट पार्दै भनेका छन्, ‘यसको विकल्प भनेको जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी व्यवस्था हो ।’
प्रवक्ता सुदर्शनले अगाडि भनेका छन्, ‘हामीले यो मतदानमा भाग लिने हो भने दलाल पुँजीवादका पहरेदारहरू, सहश्राब्दी चुनौती निगम (एमसीसी) लगायत असमान तथा रा...