६ बैशाख २०८२, शनिबार

अर्थवाणिज्य

क्रान्तिकारी युवा संगठन नेपाल ६ नं प्रदेशद्वारा भुकम्प पिडितहरुलाई फलफूल बितरण

क्रान्तिकारी युवा संगठन नेपाल ६ नं प्रदेशद्वारा भुकम्प पिडितहरुलाई फलफूल बितरण

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
नेपालगन्ज ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकटको , क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश नं. ६ संगठन समितिले भुकम्पका घाईतेहरुलाई फलफुल वितरण गरेको छ ।   शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको भुकम्पले जाजरकोट र रुकुममा ठुलो क्षति पुर्‍यायकाे  थियो । जाजरकोट र रुकुममा उक्त भुकम्पमा परेर घाईते भएर बाँकेको भेरी अस्पतालमा उपचारत ३९ जना बिरामीहरुलाई फलफुल बितरण गरिएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कर्णाली प्रदेश इन्चार्ज उदय बहादुर चलाउने "दिपक", बाँके जिल्ला इन्चार्ज दिपक शाहि ,क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश नं. ६ का संयोजक प्रकाश शर्मा, जिल्ला संयोजक परिवर्तन, जिल्ला कार्यालय सचिव तिलक गिरी लगायतका नेताहरुले बिरामी लाई भेटेर फलफूल बितरण गरेका थिय। बिनाशकारि भुकम्पमा परि घाइते हरुकाे स्वास्थ्य लाभकाे कामना गर्दै पार्टी र ...
भुकम्प प्रभावितहरुका लागि चिनले १० कराेड सहयाेग गर्ने

भुकम्प प्रभावितहरुका लागि चिनले १० कराेड सहयाेग गर्ने

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं । भूकम्प प्रभावितहरुका लागि चिनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् । ‘थप सहायता सामग्रीहरू बाटोमा छन्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।...
पार्टीले उत्पादन गरेकाे खाद्य र १ लाख नगत लियर “बिप्लव” भुकम्प प्रभावित क्षेत्रमा जादैं

पार्टीले उत्पादन गरेकाे खाद्य र १ लाख नगत लियर “बिप्लव” भुकम्प प्रभावित क्षेत्रमा जादैं

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लवले आफ्नो पार्टीको उत्पादनबाट २५ क्विन्टल चामल र १ लाख रुपैयाँ राहात लिएर जाजरकोट र रुकुम जाने भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध केन्द्रिय सदस्यहरुको बैठकले भुकम्प प्रभावित क्षेत्रमा राहात तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्विन्टल चामल र १ लाख रुपैयाँ पैसा भुकम्प केन्द्रीय राहत कोषलाई दिने निर्णय गरेको छ शनिबार काठमाडौ,भक्तपुर र ललितपुरले राहत संकलन गरि जाजरकोट र रुकुम पठाउने तयारी गरिरहेको नेकपाले जनाएको छ ।...
जाजरकोटमा विभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरियाे

जाजरकोटमा विभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरियाे

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट । यातायात व्यवस्थापन समिति जाजरकोटले जिल्ला देखि बिभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरेकाे छ । बिहिवार प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे अध्यक्षतामा बसेकाे बैंठकले जिल्ला का विभिन्न ठाउमा जाने र आउने सवारी साधनहरुकाे भाडादर निर्धारण गरियकाे हाे । बैंठकमा जिल्ला स्थित सबै स्थानीय तहका उप प्रमुख र उपाध्यक्ष, जिल्ला स्थित सबै कार्यलय का प्रमुख हरुकाे सहभागी रहेकाे थियाे। जिल्ला सम्पुर्ण स्थानीय तहहरुमा निर्माण गरियका सडक खण्डहरुमा यातायातका साधनहरुकाे भाडादर निर्धारण का लागि सम्बन्धि स्थानीय तहबाट भाडादर निर्धारण सम्बन्धि प्रतिवेदन तयार गर्ने र आगामी बैंठकदेखि निर्धारण गर्ने । राताे नम्बर प्लेटका गाडिले यात्रु बाेकि यातायात संचालन गर्नमा पुर्ण रुपमा बन्द गर्ने र यदि गरियकाे देखियमा कानुन बमोजिम कार्वाही गर्ने । प्रत्येक सवारी साधनहरुमा अ...
चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न, प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न, प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् । ‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्ष दिनभर राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यस कारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ‘ मन्त्री बस्नेतले भने ‘पूर्णरूपमा जिम्मेवार भएर काम गर्...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी ले आज देखि खसी-बाेका बिक्री गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी ले आज देखि खसी-बाेका बिक्री गर्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका बिक्री गर्दैछ । यसका साथै चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानका बजारमा पशु चिकित्सकसहितको टोली परिचालन गर्दैछ। कलंकी खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा सो टोलीलाई परीक्षणका लागि पठाइने बताइएको छ ।...
आज देखि दशैका लागि नयाँ नाेट सटही सुबिधा , एक जनाले २८ हजार ५०० सम्मा पाउनेछन

आज देखि दशैका लागि नयाँ नाेट सटही सुबिधा , एक जनाले २८ हजार ५०० सम्मा पाउनेछन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ। नजिकिँदै गरेका दसैँसहितका चाडबाडलाई लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो। राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने जनाएकोछ। विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्। राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्। काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता ...
चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग  कुराकानी : जनप्रतिनिधिका रूपमा एक वर्षको अनुभव कस्तो रह्यो ? पालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि विगतकै कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले जनताको अपेक्षा र हाम्रो पालिका, प्रदेश र सङ्घबाट आउने बजेटको मात्राले ती अपेक्षा पूरा गर्न नसकिने खालका छन् । योजनाको प्राथमिकीकरण गरी एक वडामा एक प्रभावकारी योजना सञ्चालन गर्न सके प्रभावकारी हुने थियो । पालिकामा देखिने खालका वर्षमा चार/पाँच वटा मात्र योजना छनोट गरेर कार्यान्वयन गर्दा पालिकालाई राम्रो हुने अनुभव मैले गरेको छु ...
क्रान्तिकारी युवा संगठन नेपालले जि.प्र.का.बाँके समक्ष सात बुदे माग पत्र पेस गरेकाे छ

क्रान्तिकारी युवा संगठन नेपालले जि.प्र.का.बाँके समक्ष सात बुदे माग पत्र पेस गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
नेपालगन्ज /बाँके। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काे सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले बांके जिल्ला प्रशासन कार्यलयसमक्ष सात बुँदे माग पत्र पेश गरेकाे छ । आईतवार संगठन का बाँके जिल्ला संयोजक राजु चाैधरी द्वारा हस्ताक्षरित माग पत्रमा भनियकाे छ "देश यतिबेला समस्या हरुको चाङ मा फसेको छ। अर्थतन्त्र को भविस्य माथी कालो बादल मडारिरहेको छ। देश विकास को मेरुदण्ड युवा शक्ति लाखौं को संख्यामा विदेश मा छ र विदेश पलायन हुनेको संख्या पनि डरलाग्दो गरि बढिरहेको छ।भ्रष्टाचार,कमिसन,ठगी,बलात्कार,हत्या,हिंसाजस्ता अपराधहरु दिनप्रतिदिन बढदैगैरहेका छन। शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम ठगिबढीरहेको छ।महँगी को मारले निम्न आए भएका जन्ता बाँच्नै नसक्ने परिस्थितिमा पुगेका छन।असमान सन्धि सम्झौता ले राष्ट्रको भबिस्य र राष्ट्रियता गम्भीर संकट मा छ। यो गम्भीर परिस्थितिमा बिच नजिकिदै गरेको दशै तिहार ...
नयाँ नाेट सटही सुविधा असाेज २९ देखि

नयाँ नाेट सटही सुविधा असाेज २९ देखि

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।नेपाल राष्ट्र बैंकले दसैँ, तिहार लगायत चाडपर्वलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।...