सहकारी ठग गरेकाे प्रमाण देखाउ : गृहमन्त्री लामिछाने
काठमाडौं :उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लामिछानेले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् ।
उनले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । गृहमन्त्री लामिछानेले भनेका छन् :‘तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला।’
लामिछानेले यो बहस लाइभ गरेर सिंगो देशलाई देखाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्-ः ‘सारा देशका अगाडी तपाईंहरुले मल...