४ आश्विन २०८१, शुक्रबार

सुचना संचार

बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र |

बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र |

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ  नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोका जवस/मोर्चाहरूले सबै जिल्लाका निर्वाचन आयोगका अधिकृतहरूलाई भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । जवस/मोर्चाका नेता–कार्यकर्ताहरूले मधेस ब्युरोका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र रौतहटका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र बुझाएका हुन् । सर्लाहीको निर्वाचन आयोगको कार्यालयमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माण, जिल्ला संयोजक बिहानी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज किसुनदेव शर्मा, मधेसी मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ठगा राम, युवा जनस्वयम्सेवक नेपालका जिल्ला सदस्य बिजिन्द्रमण्डलसहितको टोलीले निर्वाचन कार्यालयका अधिकृत निर्मल पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । त्यस...
देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ : भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष भूमिका खेल्ने र संसद्‌बाट पारित गराउन भूमिका खेल्नेहरूलाई सांसदको उम्मेदवार नबनाउन चेतावनी दिँदै नेकपा (बहुमत) ले आइतबार उम्मेदवारी मनोनयनकै दिन देशभरका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र दिएको छ । नेकपा (बहुमत) का विभिन्न नौवटा जनवर्गीय सङ्गठनहरूले देशशभर एकैसाथ ज्ञापनपत्र दिएका हुन् । मङ्सिर ४ गते हुने भनिएको निर्वाचनमा भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन निर्वाचन आयोगलाई आग्रह गर्दै उक्त ज्ञापनपत्र बुझाइएको जानकारी नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र विकले दिए । उनले आफ्नो पार्टी निकट रहेका नौ ...

साफ यू-१५ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
२४ असोज, काठमाडौं । बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप डबल राउण्ड रोवनका आधारमा खेलाइनेछ । हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ । नेपालले पहिलो खेल नोभेम्बर ३ मा भुटानसँग खेल्नेछ । बंगलादेशसँग नोभेम्बर ५ मा दोस्रो खेल खेल्नेछ । नेपालले भुटानसँग दोस्रो खेल नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा खेल्नेछ । साफ यू-१५ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ । प्रशिक्षणमा अहिले ३० खेलाडी छन् ।...
काठमाडौं ४ बाट गगन थापाले दिय उम्मेदवारी ।

काठमाडौं ४ बाट गगन थापाले दिय उम्मेदवारी ।

Breaking News, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
२३असाेज काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि काठमाडौं ४ बाट नेपाली कांग्रेसका युवा नेता महामन्त्री गगन कुमार थापाले उम्मेदवार दर्ता गरेका छन । उनी नेपाली कांग्रेसका स्वच्छ छवि भयका युवा नेताकाे रुपमा चिनिन्छन ।
अर्थ मन्त्री शर्माले गरे उम्मेदवारी दर्ता ।

अर्थ मन्त्री शर्माले गरे उम्मेदवारी दर्ता ।

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
२३ असाेज रुकुम : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नेकपा माओवादी केन्द्र का प्रभाव शालि नेता अर्थ मन्त्री जनार्दन शर्मा ( प्रभाकर) ले रुकुम पश्चिम बाट उम्मेदवारी दर्ता गरेका छन । आज अपरान्ह मुसिकाेट खलंगामा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यलय मा पुगि  संगै प्रदेश क बाट महेन्द्र के सि र ख बाट राजकुमार शर्मा ले पनि उम्मेदवारी दर्ता गरायका हुन ।...
रेशम चाैधरीले दिय बर्दिया २ बाट उम्मेदवारी

रेशम चाैधरीले दिय बर्दिया २ बाट उम्मेदवारी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
२३ असाेज बर्दिया : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षणक रेशम चाैधरिले बर्दिया २ बाट उम्मेदवारी दर्ता गरायका छन । २०७४ सालकाे चुनावमा कैलाली १ बाट भारि मतले बिजयि चाैधरि टिकापुर घटनाक्रमले विभिन्न मुद्दामा जेलमा छन ।
साथीहरू, साहस गरौँ ! बल गरौँ !!

साथीहरू, साहस गरौँ ! बल गरौँ !!

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, सुचना संचार
कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका लागि महाधिवेशनमा व्यापक छलफल होस् भन्ने शुभेच्छा सुरुमा नै व्यक्त गर्न चाहन्छु । कमरेड विप्लवद्वारा नवौँ महाधिवेशनमा पेस गरिने प्रतिवेदन पढ्न पाएँ । विगतमा सँगै हुँदा भएका वैचारिक बहसहरू र अहिले प्रतिवेदनमा समावेश गरिएका वैचारिक/राजनीतिक, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारेमा बहस गर्न जरुरी ठानेको छु । तर मलाई के अप्ठ्यारो भएको छ भने यी बहसहरूको उठान मार्क्सवादका आधारमा गरौँ कि सामान्य पुँजीवादी अवधारणाका आधारमा ? कमरेडहरूलाई अचम्म लाग्ला एउटा खाँटी क्रान्तिकारी भनिएको र मार्क्सवाद—लेनिनवाद—माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने पार्टीको प्रतिवेदनमाथिको बहस किन गैरमार्क्सवादी...
जाजरकोटमा लाग्याे गठबन्धन काे टुंगो ।

जाजरकोटमा लाग्याे गठबन्धन काे टुंगो ।

Breaking News, राजनीति, समाचार, सुचना संचार
२३असाेज जाजरकोट । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जाजरकोटमा सत्ता गठबन्धनको सिट टुंगोमा पुगेकाे छ । प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का नेता  शक्ति बहादुर बस्नेत र प्रदेश क बाट नेपाली कांग्रेसका नेता वेद बहादुर सिंह र ख बाट राजिव बिक्रम शाहकाे नाम सिफारिस भई उम्मेदवारी दर्ता का लागि आजै निर्वाचन अधिकृतको कार्यलयमा सबै नेता कार्यकर्ताहरुकाे दाैडधुप चलेकाे छ ।...
रन्जु दर्शना ले दिईन स्वतन्त्र उम्मेदवारी ।

रन्जु दर्शना ले दिईन स्वतन्त्र उम्मेदवारी ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौ :  रन्जु दर्शनाले आसन्न मंसिरमा हुने प्रतिनिधि सभा चुनावका लागि  काठमाडौं क्षेत्र न ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकि छिन ।उनिले २०७४ सालकाे स्थानीय चुनावमा बिवेकशिल शाझा पार्टी बाट काठमाडौं काे मेयर कालागि प्रतिस्पर्धा गरेकि थिईन ।
डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै उम्मेदवारी नदिएको बताएका छन् ।

डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै उम्मेदवारी नदिएको बताएका छन् ।

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
२३ असोज, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ताका लागि गोरखा आएका उनले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको समेत बताएका छन् । ‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुशी छु ।’ छोटो अवधिमा भएपनि आफ्नो पालामा गोरखामा विकासका केही पूर्वाधार बनेको बताउँदै उनले प्रचण्डको आगमनले त्यही जगमा टेकेर समृद्धिको महल खडा हुने बाटो ख...