११ श्रावण २०८१, शनिबार

उत्तर काेरिया द्वारा क्षेप्यास्त्र परिक्षण दक्षिण काेरिया तनावमा :

सोल — उत्तर कोरियाले बिहीबार लामो दूरीका दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यअनुरूप ती परीक्षण गरिएको कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका केसीएनएले जनाएको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको जवाफी प्रतिक्रिया स्वरूप प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ ।