३० जेष्ठ २०८३, शनिबार

समाचार

प्यूठान दम्पती हत्या प्रकरण : भतिज पक्राउ

प्यूठान दम्पती हत्या प्रकरण : भतिज पक्राउ

समाचार
काठमाडौं । प्यूठानमा दम्पती हत्या आरोपमा भतिज पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियार छन् । उनले नै ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियारको हत्या गरेको पुष्टि भएको प्रहरीले जानकारी दिएको हो ।   पंकज मृतक दम्पतीका दाइको छोरा रहेको प्रहरीले बताएको छ । उनले घनले हानेर हत्या गरेको पाइएको हो । परियार दम्पतीले पंकजलाई विवाह गर्न नसकेको थारो भनेपछि हत्या गरेको पंकजले बयान दिएका छन् । ...
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्

काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्

समाचार
काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि गत माघ २२ देखि यही फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित खोप कक्षा ६–१० विद्यालय समूहका तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका बालिकाका लागि खोप लगाइएको हो । अशिक्षा तथा चेतनाको कमीलगायत विविध कारण लक्ष्यअनुसार केही प्रतिशत खोप लगाउने बालिकाको सङ्ख्यामा कमी आएको कार्यालयले जनायो ।   ‘केही बाललिकाले खोप लगाउनै नमानेको विद्यालयबाट जानकारी आयो, सायद अशिक्षा तथा चेतनाको कमी नै शतप्रतिशत खोप सम्पन्न गर्न नसकेको होला !’, कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भनिन् । उनका अनुसार भौगोलिक विकटतालगायत समग्रमा खोप कार्यक्रम सफल भएको मानिएको छ । जिल्लाको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका ...
त्रिशूलीमा बेपत्ता रानाको शव नौ दिनपछि फेला

त्रिशूलीमा बेपत्ता रानाको शव नौ दिनपछि फेला

समाचार
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ ।   लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने वर्ष २७ को रोहित रानाको शव नौ दिनपछि आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार दुर्घटना भएको करिब एक सय मिटर तल नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।   रानाको शवलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीबाट उद्धार गरी शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।  निरीक्षक भण्डारीका अनुसार रोहितका परिवारले शव सनाखत गरिसकेका छन् ।   यही फागुन २ गते नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा रोहित सवार...
प्यूठानमा दम्पती हत्या प्रकरण : रक्ताम्य घन बारीमा भेटियो

प्यूठानमा दम्पती हत्या प्रकरण : रक्ताम्य घन बारीमा भेटियो

समाचार
काठमाडौं । प्यूठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । घरको बारीमा रगत लत्पतिएको घन भेटिएसँगै घनले हानेर हत्या भएको पुष्टि भएको हो । शनिवार दिउँसो प्युठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार घरमै मृत फेला परेका थिए। दम्पतीका चारजना छोराहरू भारतमा रहेकाले उनीहरू आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । ...
साढे दुई वर्षपछि बढ्न थाल्यो पेट्रोलियम पदार्थको खपत

साढे दुई वर्षपछि बढ्न थाल्यो पेट्रोलियम पदार्थको खपत

समाचार
काठमाडौं । आयात तथा खरिदको हिसाबले पेट्रोल खपत चालु वर्षमा पनि कमी आएको छ। तर परिमाणात्क रूपमा भने पछिल्लो साढे दुई वर्षको पवृत्तिलाई ‘ब्रेक’ लगाएर  केही महिनादेखि बढ्दो क्रममा छ।   आर्थिक वर्ष २०७८/७९ को वैशाख महिनादेखि पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल तथा एलपी ग्यास) को आयात र खपत क्रमश घट्दो क्रममा थियो। यही समयमा लगातार मूल्य पनि घटेपछि समग्र आयातको लागि खर्चिने रकममा धेरै कमी आएको थियो। यो समयमा समग्र आयात नै घट्नुको एक कारण पेट्रोलियम पदार्थ थियो।   आर्थिक वर्ष २०७८/७९ भर ७१ अर्ब बराबरको पेट्रोल आयात भएको थियो। आर्थिक वर्ष २०७९/८० र २०८०/८१  मा ६८ अर्ब रूपैयाँ बराबरको पेट्रोलको खपत भएको थियो। २०७८/७९ को तुलनामा गत डिजेलको आयात रकम २५ अर्ब रूपैयाँ र ग्यासको आयात रकम १० अर्ब रूपैयाँले घटेको थियो।   आर्थिक वर्ष २०७८/७९ अघि पेट्रोलियम पदार्थको खप...
खान्दोके सेलो भाकालाई गायक तथा संगीतकार कार्साङ लामाले बिगारे भन्दै चौतर्फी आलोचना

खान्दोके सेलो भाकालाई गायक तथा संगीतकार कार्साङ लामाले बिगारे भन्दै चौतर्फी आलोचना

मनाेरन्जन, समाचार
काठमाडौं । कुनैपनि देशलाई तहस नहस बनाउने हो भने त्यो देशको भाषा ,संस्कार,संस्कृति र शिक्षामा प्रहार गरेपुग्छ भन्ने मान्यता अनुसार पछिल्लो समय नेपालमा त्यसको व्यवहारिक कार्यन्वयन भईरहेको देखिन्छ । भाषा,संस्कार र संस्कृतिमाथि प्रहार गर्ने पहिलो अश्त्रको रुपमा गीत संगीतको प्रयोग भईरहेको आरोप लागिरहेको बेला गायक तथा संगीतकार कार्साङ लामा तामाङले आफ्नो निजि युटुव मार्फत सिन्धुपाल्चोक तिर चर्चित तामाङ भाका खान्दोके सेलोको रिमिक्स भर्जन सार्वजानिक गरे पछि यो बिषयमा सर्वत्र चर्चा र बहस हुन थालेको छ । नेपाली गीतसंगीतको बजारमा पुराना गीतहरुलाई रिमिक्स गर्ने चलन केही बर्ष अघि सम्म निक्कै ट्रेण्ड चलेको थियो । पुराना नचलेका गीतहरुलाई रिमिक्स भर्जन बनाएर बजारमा ल्याउँदा बजार राम्रैसंग तताउन सफल भए पछि गीतलाई रिमिक्स गर्नेहरुको संख्या निक्कै बढेको थियो । यो क्रम तामाङ गीतसंगीतको क्षेत्रमा पनि कुनै नौल...
बढैयाँताल गाउपाँलिका बर्दियाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती

बढैयाँताल गाउपाँलिका बर्दियाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज :बर्दियाको बढैयाँताल गाउपाँलिकाकाे  बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती ।लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बढैँयाताल गाउँपालिका-७ काे मैनापाेखर सडक खण्डको  पटरिया देखी राजापुर सम्मकाे सडकलाई कालाेपत्रे बनाउन ठेक्का आव्हान भयकाे एक वर्ष  बितिसक्दा पनि  कामले गति लिन सकेकाे छैन । नेपाल सरकारको खरिद नियमावली अनुसार १२ महिना भन्दा माथि  सम्झौता भयकाे कुनैपनि काममा मुल्य वृद्धि भयपछि थप मुल्य दिनुपर्ने ब्यवस्था रहेकाे छ । गाउँपालिकाले सम्झौता भय बमोजिममा काम सक्नु पर्ने ताकेता गरेपछि निर्माण ब्यावसायीले काम गर्न  गाराे भयकाे बतायका छन । प्रत्येक बर्षमा हरेक बस्तुहरुकाे मुल्य बढ्दै गयपछि सामानहरुकाे मुल्य पनि बढ्दै गय पछि थप बजेटको ब्यवस्था गर्नु पर्ने निर्माण ब्यावसायी बताउछन । ठेक्का लियकाे निर्माण कम्पनी र पालिका बिच तालमेल नमिल्दा स्थानीयहरु निकै सास्ती भयकाे बताउछ...
नेपाल टाईगर साप्ताहिक ३३ औं बर्षमा प्रवेश

नेपाल टाईगर साप्ताहिक ३३ औं बर्षमा प्रवेश

समाचार
काठमाडौं । नेपालमा २०४६ सालको जनआन्दोलनको उपलब्धिको रुपमा स्थापना भएको बहुदलिय व्यवस्थाको शुरुवात संगै स्थापना भएको नेपाल टाईगर साप्ताहिकले आफ्नो स्थापनाको ३३ औं बर्षको वार्षिकोत्सव भव्यताको साथ सम्पन्न गरेको छ । नेपाल टाईगर साप्ताहिकका प्रधान सम्पादक मधुबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न ३३ औं वार्षिकोत्सव कार्यक्रम पुर्व प्रधान न्यायधिश तथा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सदनमा आयोजना भएको कार्यक्रम संचारकर्मी प्रकाश समिरले संचालन गर्नुभएको हो भने कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको बिशेष आतिथ्यता र अनन्त बहादुर गुरुङ,खड्ग बहादुर बिष्ट,सुश्मा रन्जित लगायत को आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल टाईगर साप्ताहिक ३३ वर्ष लागेको अवसरमा प्रकाशित स्मारिका — २०८१ समेत विमोचन गरिएको थ...
महाकुम्भ मेलाबाट फर्किँदै गरेका नेपालीहरू सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

महाकुम्भ मेलाबाट फर्किँदै गरेका नेपालीहरू सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

समाचार
काठमाडौं । महाकुम्भ मेलाबाट फर्किँदै गरेका नेपालीहरू सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।   शुक्रबार राति गोरखपुरको बासगाउँमा १० नेपाली सवार स्कारपिओ गाडी ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यम लाइभ हिन्दुस्तान डटकमका अनुसार तीव्र गतिमा भएको गाडीले सोही दिशातर्फ जाँदै गरेको ट्याक्टरलाई ठक्कर दिएको थियो।   दुर्घटनामा परी मृत्यु हुने तीनै जना सप्तरीका हुन्। दुई जना सप्तरीको कञ्चनरूप नगरपालिका-७ का ६४ वर्षीय परशुराम चौधरी र लिलावती चौधरी तथा सोही नगरपालिका वडा नम्बर ५ पोखरियाकी ५५ वर्षीया हरिहरदेवी यादवको घटनास्थलमै मृत्यु भएको हो। लिलावतीका श्रीमान उपेन्द्र नारायण चौधरी गम्भीर घाइते रहेको जानकारी प्राप्त भएको वडाध्यक्ष समानन्द चौधरीले जानकारी दिए।   वडा नम्बर ५ का ...
इन्टरनेशनल डेमा ५० वटा देश झल्काउने स्टलहरू

इन्टरनेशनल डेमा ५० वटा देश झल्काउने स्टलहरू

समाचार
काठमाडौं । पाठ्यक्रममा मात्रै आधारित भएर पढाइ सिकाइको माध्यम प्रभावकारी हुन नसक्ने मान्यतालाई आत्मसात् गर्दै विद्यालयहरूले अहिले विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाले बुक फ्री फ्राइडे र स्टिमका विभिन्न कोर्सहरू सञ्चालन गरिरहेको छ ।     त्यस्तै गोकर्णेश्वर नगरपालिकामा रहेको बौद्ध इन्टरनेशनल स्कुलले पनि विद्यार्थीलाई विभिन्न देशका सांस्कृतिक, राजनैतिक र रहनसहनका पद्धतिबारे ज्ञान दिनको लागि ‘इन्टरनेशनल डे’ को आयोजना गरेको छ । ‘युनिसेफको यो स्टल राख्नको लागि मैले धेरै रिसर्चहरू गरेँ । यसले गर्ने कामहरूका साथै कसरी र कुन कुन क्षेत्रमा के कस्ता कामहरू हुन्छन् भन्ने मैले थाहा पाउन सकेँ । यस किसिमको कार्यक्रमले हामी विद्यार्थीहरूलाई कोर्स बुक बाहेकका अन्य कुराको जानकारी दिन र सिक्नको लागि निकै मद्दत गर्ने गर्छ,’ युनिसेफको स्...