काठमाडौं । पाठ्यक्रममा मात्रै आधारित भएर पढाइ सिकाइको माध्यम प्रभावकारी हुन नसक्ने मान्यतालाई आत्मसात् गर्दै विद्यालयहरूले अहिले विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाले बुक फ्री फ्राइडे र स्टिमका विभिन्न कोर्सहरू सञ्चालन गरिरहेको छ ।
त्यस्तै गोकर्णेश्वर नगरपालिकामा रहेको बौद्ध इन्टरनेशनल स्कुलले पनि विद्यार्थीलाई विभिन्न देशका सांस्कृतिक, राजनैतिक र रहनसहनका पद्धतिबारे ज्ञान दिनको लागि ‘इन्टरनेशनल डे’ को आयोजना गरेको छ ।
‘युनिसेफको यो स्टल राख्नको लागि मैले धेरै रिसर्चहरू गरेँ । यसले गर्ने कामहरूका साथै कसरी र कुन कुन क्षेत्रमा के कस्ता कामहरू हुन्छन् भन्ने मैले थाहा पाउन सकेँ । यस किसिमको कार्यक्रमले हामी विद्यार्थीहरूलाई कोर्स बुक बाहेकका अन्य कुराको जानकारी दिन र सिक्नको लागि निकै मद्दत गर्ने गर्छ,’ युनिसेफको स्टलमा बसेकी ९ कक्षामा अध्ययनरत रिन्जिन पाल्दोन लामाले भनिन् ।
