
अनिवार्य बिमा गर्न ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको ब्यवसायीहरुलाई अनुरोध
काठमाडौं । ग्रील तथा स्टील ब्यवसाय अत्यन्तै जोखिमपुर्ण ब्यवसाय भएकोले यसमा आबद्ध ब्यवसायी तथा कर्मचारीहरुको बिमा गर्नु भनेको आफ्नै जोखिम भार घटाउनुहो भन्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको स्वास्थ्य तथा बिमा उपसमितिले सबै ब्यवसायी तथा कर्मचारीहरुको बिमागर्न निर्देशन दिएको छ ।
आज ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रले आयोजना गरेको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्यले बिमा गर्न सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको स्वास्थ्य तथा बिमा उपसमितिका संयोजक दिनेश बशिष्ठले नेको ईन्सुरेन्स कम्पनि र काठमाडौं जिल्लाबिच भएको सम्झौता र नेको ईन्सुरेन्सको कार्यबिधि बारे आधिकारीक धारणा राखेका थिए ।
कार्यक्रम पश्चिम क्षेत्रका सचिव राजेन्द्रकुमार कार्कीले सन्चालन गरेका थिए भने...