काठमाडौं । राष्ट्रिय नागरिक विकास समाज द्वारा आयोजित ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय नारी सम्मान समारोह कार्यक्रम २०८१ मा समाजसेवी सावित्री घिमिरे सम्मानित हुनुभएको छ ।
यो कार्यक्रममा विभिन्न भूमिका बाट राष्ट्रलाई अनुकरणीय योगदान दिएका विशिष्ट ५०नारीहरुलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संघीय संसद प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाको बाहुलीबाट उहाँ सम्मानित हुनु भएको हो ।
२०७२को भुकम्प देखि कोरोना भाइरस(कोभिड—१९)ले देशमा अप्ठ्यारो परेको बेलामा पिडितहरुको दैलो दैलोमा पुगि राहत वितरण गर्ने देखि बिभिन्न सामाजिक काममा समेत सकृय भुमिका निर्वाह गरेको भन्दै आयोजक संस्था राष्ट्रिय नागरिक विकास समाजले घिमिरेलाई सम्मानित गरेको हो ।
सम्मान ग्रहण पछि मिडियाकर्मीहरु संग कुराकानी गर्दै समाजसेवी सावित्री घिमिरेले यो सम्मानले आफुलाई अझ थप जिम्मेवारी थपिएको महसुस भएको र सामाजिक काम गर्न प्रेरणा मिलेको बताउनु भयो ।