३ जेष्ठ २०८२, शुक्रबार

समाचार

खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका-३ कैना स्थित झुप्रे खोलाले बगाउँदा ६ वर्षीय बालक महान थापा बेपत्ता भएका छ्न् ।बिहान १० बजेतिर साथीहरुसँग नजिकैको खोलामा पौडी खेल्न गएका महान बेपत्ता भएका दल्लीस्थित प्रहरीले जनाएको छ । बेपत्ता बालक स्थानीय कैनबजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका छोरा हुन् ।उनको परिवारजन, प्रहरीलगायतले खोजी गरिरहेका छन् ।...
नेपाल बोटल वाटर उद्योग संघले तोक्यो पानिको मुल्य : संयोजित मुल्य शनिवार राति १२ बजे बाट लागु हुने

नेपाल बोटल वाटर उद्योग संघले तोक्यो पानिको मुल्य : संयोजित मुल्य शनिवार राति १२ बजे बाट लागु हुने

समाचार
काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले देशै भरि जार र बोटलको पानीको मुल्यमा एकरुपता ल्याउन आफ्नो संस्था कृयाशिल रहेको बताएको छ । आज एक पत्रकार सम्मेलन गरि संघले उपत्यका भित्र र उपत्यका बाहिर आम उपभोक्ताले पाउने पानीको अधिकतम मुल्य समेत तोकेको छ । बिशेष गरि ढुवानी खर्चको कारणले गर्दा पानीको मुल्य केहि बढ्न गएको भएपनि बिचौलियाको मनपरिले गर्दा उपभोक्ताले जुन मुल्य तिरिरहेका छन् उत्पादक कम्पनिले त्यसको अनुपातमा मुल्य पाउन नसकेको भन्दै संघले तोकेको मुल्य भन्दा बढी लिन खोजे संबन्धित सरकारी निकाय र संघलाई खबर गर्न आम उपभोक्ताहरुलाई अपिल समेत गरेको छ । संयोजित मुल्य शनिवार राति १२ बजे बाट लागु हुने जनाईएको छ । पत्रकारहरु संग बोल्दै संघका अध्यक्ष ध्रुव बहादुर गौतमले राज्यको नियम कानुन र बिचौलियाको चलखेलको कारण धेरै पानी उद्योगहरु धरासायी बन्दै गईरहेको भए पनि राज्यले यसको संरक्षणको नीति नलि...
नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता तथा कार्यक्रताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।गिरफ्तार पर्नेमा पार्टीका काठमाडौं  जिल्ला सेक्रेटरी गोकुल पराजुली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सह-संयोजक बिरेन्द्र शाह सहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीले आयोजना गरेको भ्रष्टचार बिरुद्धको मशाल जुलुस कार्यक्रम स्थल बागबजारबाट पार्टीका काठमाडौं सेक्रेटरी पराजुली र विद्यार्थी नेता शाह सहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले आज साझ गिरफ्तार गरेको हो । त्यस्तै गिरफ्तार पर्नेमा क्रान्तिकारी युवा संगठन, नेपालका नेता झलक बिक, अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य तथा विश्वविद्यालय सिटिइभिटी समिती इन्चार्ज  उषाकिरण आजाद, आयोजक समिती सदस्य तथा बागमती संयोजक गोबिन्द बिष्ट, आयोजक समिती सदस्यहरु रमेश सुनार, मिमबहादुर ऐडी, क्रान्तिकारीकै...
महिला विद्यालयमा ड्रेस खरिदका लागि तारकेश्वरका नगरप्रमुख कृष्ण हरि महर्जनद्धारा आफ्नो सेवा सुविधाबाट १ लाख प्रदान

महिला विद्यालयमा ड्रेस खरिदका लागि तारकेश्वरका नगरप्रमुख कृष्ण हरि महर्जनद्धारा आफ्नो सेवा सुविधाबाट १ लाख प्रदान

समाचार
काठमाण्डौं ।  तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तिजको अवसरमा आफ्नो सेवा सुविधाबाट मनमैजु महिला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ड्रेस खरिदका लागि एक लाख सहयोग गर्नुभएको छ । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु महिला विद्यालयमा आज आयोजीत विशेष कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले विद्यालयका प्रधानाध्यापक कल्पना सापकोटालाई एक लाखको चेक हस्तान्तरण गर्नुभयो । महिला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको एउटै ड्रेसकोड होस भन्ने हेतुले नगरप्रमुखले आफ्नो सेवा–सुविधा कटाएर विद्यालयलाई उक्त रकम प्रदान गर्नुभएको हो । गत बर्ष तिजको अवसरमा महिला विद्यालयमा आयोजीत कार्यक्रममा सहभागी हुनुभएका नगरप्रमुख महर्जनले एउटै ड्रेसकोडका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नगरप्रमुखले दिनुभएको उक्त रकमबाट मनमैजु महिला विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुका लागि एउटै रंग...
तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच घोषणा

तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच घोषणा

मनाेरन्जन, समाचार
काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच घोषणा गरिएको छ । ठमेल ज्याठामार्ग स्थित राज श्री डान्स एकेडेमीको हलमा घोषणा कार्यक्रम सम्पन्न भएको हो । एक्टिभ म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेको शभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि  नेपाल सरकारका पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ रहनु भएको थियो भने कार्यक्रम संचालन गायीका रासी रिजालले गर्नु भएको थियो । कार्यक्रममा सुप्रिम बोर्डिङ स्कुल सामाखुसीका प्रिन्सिपल ओमकार लम्साल,वरिष्ठ समाजसेवी राजु कार्की,संगीतकर्मी संघका पुर्व अध्यक्ष राजेन्द्र कुमार कार्की ,संगीतकार रमेश परियार ,ध्वनी मिश्रण तथा साउण्ड ईन्जिनियर मनोज परियार ,श्रृजनसिल अपांग पुनस्र्थापना केन्द्र बिशेष विद्यालयकी अध्यक्ष दुर्गा लम्साल , मिडियाकर्मी दुर्गा ओझा न्यौपाने लगायतका व्यक्तित्वहरुको बिशेष ...
नेकपा बहुमतले पुर्व उपराष्ट्रपति पासाङ काे घरमा कालाे ब्यानर टाँगेकाे छ

नेकपा बहुमतले पुर्व उपराष्ट्रपति पासाङ काे घरमा कालाे ब्यानर टाँगेकाे छ

Breaking News, राजनीति, विचार, समाचार
काठमाडौं :पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) को घरमा नेकपा बहुमतले कालो ब्यानर टाँगेको छ।धर्मेन्द्र बास्तोला नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शनिबार पूर्वउपराष्ट्रपति पुनकाे काठमाडाैँ स्थित दहचोकमा रहेको घरमा  कालो ब्यानर लगाएको हाे पुनले सुविधा सम्पन्न घर बनाएको भन्दै उक्त घर निर्माणको स्रोत के हो? भनेर नेकपा बहुमतले प्रश्न गरेको छ। २०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न पनि पार्टीले माग गरेको छ, पूर्वउपराष्ट्रपति पुन १० वर्षे जनयुद्धको समयमा माओवादी जनमुक्ति सेनाका कमान्डर थिए। उनैले तालिम दिएका कार्यकर्ताले आफ्ना पूर्वकमान्डरकै घरमा कालो ब्यानर लगाएका हुन्। जनयुद्ध लडेका काेहि सडकमा माग्दै हिड्नु परेकाे छ, भने कसैका यतिठुला महल कसरी बने त्यस कारण याे कालाे ब्यानर चेतावनी स्वरुप टाँगिएको एक नेताले बताए।...
क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा

क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा

अन्तर्राष्ट्रिय, अर्थवाणिज्य
काठमाडौ । क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै सकारात्मक सोचका धनी युवा व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको रेस्टुरेन्ट हो आमा नेप्लिज कुजिन । नेपाली मौलिक परिकार प्रवर्द्धन गर्ने आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै विदेशी भुमिमा नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउनका साथै नेपालीपन र अपनत्व जोगाउन भूमिका खेलेको छ आमा नेप्लिज कुजिनले। जहाँ पुग्दा भोक मात्र होइन गाउँ घरको न्यास्रो पनि मेटिन्छ । आमा नेप्लिज कुजिन रेस्टुरेन्ट संचालक शर्माको संक्षिप्त परिचय पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर-१२,मोरङमा जन्मिएर क्यानडालाई आफ्नो कर्मभूमि ...
भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : कर्णाली प्रदेश, जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका वडा -२ भेराकाे जमिन,भासिए पछि त्यस क्षेत्रमा पर्ने  बस्तीहरु जाेखिममा रहेका छन ।२०८०/ कार्तिक १७ गते गएकाे भुकम्पकाे असरले जमिनमा हलचल आएपछि यश बर्षकाे लगातार आयकाे बर्षाका कारण उक्त ठाउँको जमिन चिरा-चिरा परेकाे छ । करिब २०० मिटर लम्बाइ र ६०० मिटर चाैडाई क्षेत्रफलको जमीन भासिएकाे र उक्त ठाउँका रुखहरु ढलेका छन्, किसानले लगायका बालिपनि मासिएकाेले करिव ५५ घरदुरी अति जाेखिममा रहेकाे वडा अध्यक्ष मान बहादुर सिंहले बताउनु भयाे। वडा अध्यक्ष सिंहका अनुसार,साे ठाउँका बस्तिहरु - चाेचेओडार, ,डाँडागाउँ,बाह्रसाङले,तिमिल्धारा,खरिक,बिगेतरा,झारगाउँ, बडिखाेला र गासेरा सम्माका बस्तिहरुमा पनि असर पर्ने भयकाले साे क्षेत्रमा पनि सबै जनालाई सचेत हुन जानकारी दिएकाे अध्यक्ष सिंहले बताउनु भयाे ।बर्षा सुरु हुनसाथ घर बाहिर आउनु पर्ने र माथितिर हेर्नु...
दुवईमा बसेर नेपालमा  आफ्नो प्रभाव जमाउँदै गरेमा ग्याङ स्टार जिके पाण्डेको आडमा मेनवापर सञ्चालन गदै आइरहेका बिष्ट र श्रेष्ठकोद्धन्द उत्कर्षमा पुग्दै

दुवईमा बसेर नेपालमा आफ्नो प्रभाव जमाउँदै गरेमा ग्याङ स्टार जिके पाण्डेको आडमा मेनवापर सञ्चालन गदै आइरहेका बिष्ट र श्रेष्ठकोद्धन्द उत्कर्षमा पुग्दै

अन्तर्राष्ट्रिय
काठमाण्डौं । लामो समय देखि दुवईमा मेनवापरको काम गदै आइरहेका ब्लु ओसन कन्सल्टेन्सीका सञ्चालक सरोज विष्ट र जीसीडी मेनवापरका सञ्चालक रमेश श्रेष्ठ बिचको द्धन्द यतिबेला उत्कर्षमा पुगेको छ । उनिहरु बिचको द्धन्द मिडिया देखि सामाजीक सञ्जाल सम्म छरप्रष्ट भएका छन् भने त्यसको असर भौतिक रुपमा नेपाल सम्म परेको छ । व्यवसायीक बिषयमा सुरु भएको द्धन्द अहिले मिडियाबाजी गर्ने देखि गुण्डाप्रयोग गरि भौतिक आक्रमण गर्ने अवस्था सम्म पुगेको छ । श्रेष्ठले नेपालका केही मिडियामार्फत ब्लु ओसनविरुद्ध निरन्तर समाचार छपाएपछि विष्ट उनीसंग रुष्ट रहेको बताइएको छ । पछिल्लो समय यूएईमा रहेका नेपाली व्यवसायीहरुबीच विभिन्न कन्सल्टेन्सीको नाममा युवाहरूलाई युरोप,अमेरिका, अष्ट्रेलिया पुर्याउने चर्को प्रतिस्पर्धा छ । श्रेष्ठमाथि बिष्ट समुहले ‘जिके पाण्डे नाम’ का गुण्डा प्रयोग गरी भौतिक आक्रमणको प्रयास समेत गरेको बताइएको छ । बिष्ट ...
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल हातमा हात र काँधमा काँध मिलाएर हर ब्यवसायीहरुको दुख सुखको साथि बनिरहेको छ — ठुलोबाबु श्रेष्ठ

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल हातमा हात र काँधमा काँध मिलाएर हर ब्यवसायीहरुको दुख सुखको साथि बनिरहेको छ — ठुलोबाबु श्रेष्ठ

समाचार
काठमाडौं । पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसन कास्कीको २४ औं साधारणसभा तथा रजत जयन्तीको अवसरमा कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले आम ग्रील तथा स्टील फेब्रिकेटर्स हरुको हक हित र उत्थानको लागि यति लामो समय सम्म अभिभावकत्व निर्वाह गर्दे आएको यस संस्थाको २४ औं साधारणसभा सम्म आईपुग्दा यो संस्थाले धेरै आरोह अवरोहहरु पार गर्नु परेको र त्यसमा ग्रील तथा स्टील ब्यवसायीहरुको एकमात्र छाता संगठन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल हातमा हात र काँधमा काँध मिलाएर हर दुख सुखको साथि बनिरहेको बताउनु भयो । कारिब ११ हजार ब्यवसायीहरुलाई एउटै छातामुनि गोलबन्ध गर्दै १ लाख पचासहजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्न सफल हाम्रो महासंघ अन्तर्गतका प्रदेश, जिल्ला, क्षेत्र र इकाईहरुको भृुमिका पनि कम महत्वको छैन भन्नेकुरा महासंघले मुल्यांकन गरिरहेको पनि श्रेष्ठले बताउनु भएको छ...