अमेरिकामा जहाज अवतरण गर्नासाथ आगो लाग्यो, यात्रु ओर्लिन पनि भ्याएनन्
काठमाडौं । अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गरिएको केही बेरमै आगलागी भएको छ।
बिहीबार साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरी कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गरेको केही बेरमै जहाजको इन्जिनमा आगो बलेको थियो।
अमेरिकी एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७-८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो।
उडानको क्रममै इन्जिनमा खराबी देखिएपछि जहाजलाई डाइभर्ट गरी डेनभर विमानस्थलमा अवतरण गराइएको थियो।
अवतरण गरेपछि यात्रु ओर्लिन नपाउँदै विमानको इन्जिनमा आगलागी भएको थियो भने भित्री भागहरुबाट पनि धुवाँको मुस्लो छुटेको थियो।
धुवाँको मुस्लोले विमानस्थल नै ढाकेको थियो। यात्रुहरू झ्यालबाट निस्किएर विमानको पखेटामा लहरै बसेका थिए भनेर अमेरिकी मिडिया सिएनएनले समाचार लेखेको छ।
&...








