२ कार्तिक २०८१, शुक्रबार

समाचार

बाम शक्तिलाई एकताबद्ध गरेर लिनु पर्छ : माधवकुमार नेपाल

बाम शक्तिलाई एकताबद्ध गरेर लिनु पर्छ : माधवकुमार नेपाल

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
  प्रस्तुत छ; सत्ता गठबन्धन, चुनाव र चुनावपछि हुने सत्ता गठबन्धनबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश चुनावको तयारी कस्तो छ ? चुनावको तयारी अगाडि बढिरहेको छ । गठबन्धन दलहरूबीचमा कतिपय विषयमा छलफल चलिरहेको छ । आइतबार मात्रै हामीले चुनावको सम्बन्धमा हाम्रो मान्यता के हो ? हाम्रो प्रतिबद्धता के हो ? हामी कुन सोचका साथ अघि बढ्न चाहन्छौं ? विकास निर्माणको कामलाई कसरी गति दिन्छौं ? भनेर तीन दलको तर्फबाट साझा प्रतिबद्धता जारी गरेका छौं । हामीले गठबन्धनका साझा उम्मेदवार तय गरेका छौं । कतिपय ठाउँमा विद्रोहीहरू खडा भएका छन् भने कतिपय ठाउँमा एकभन्दा बढी उम्मेदवार भएका छन् । काठमाडौं १० (ख) मा रमा आलेलाई दिने भनेर टुंगो भएको हो, फेरि अर्का उम्मेदवार खडा भएका छन् । थुप्रै ठाउँमा मिलाउनुपर्ने छ । तर उम्मेदव...
बागि उम्मेदवारी दिने नेता कार्यक्रतालाई कार्वाही गर्ने ।माओवादी केन्द्र

बागि उम्मेदवारी दिने नेता कार्यक्रतालाई कार्वाही गर्ने ।माओवादी केन्द्र

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ । पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माओवादीले निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा उनीहरु उपरको कारबाही फिर्ता लिइने पनि जनाएको छ ।...
पर्सा प्रशासन का कर्मचारी ५ हजार घुस सहित पक्राउ ।

पर्सा प्रशासन का कर्मचारी ५ हजार घुस सहित पक्राउ ।

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। मुद्दा फाँटमा कार्यरत यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग ५ हजार रूपैयाँ घुस रकम लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ परेका हुन्। घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।...
तीन प्रदेशमा समानुपातिक मतपत्र ढुवानी सम्पन्न :

तीन प्रदेशमा समानुपातिक मतपत्र ढुवानी सम्पन्न :

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौँ, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा मतपत्र ढुवानी भएको छ   प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्...
सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा भव्यतापूर्वक सम्पन्न

सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा भव्यतापूर्वक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
हरिवन : नेकपा (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै संयोजक कञ्चनले भने, ‘संसदीय चुनावमा हरेक नेपाली नागरिक र सुकुमबासी जनताले धेरैपटक भोट हाले । नेताहरू पटकपटक जितेर गए तर ६० लाख सुकुमबासी तथा नेपाली नागरिकको व्यवस्थापन गर्नुको साटो मिटरब्याजी, भ्रष्ट जनप्रतिनिधि, माफियाहरूको योजनामा कुमार पौडेललगायत गरिबको अवाज उठाउने धेरैको हत्या गरियो । त्यसैले जितेर गएकाहरूले नै लाखौँ सुकुमबासीको पेटमा लात हानेर कुमारहरूको हत्या गरेका हुन् । मानवअधिकार आयोगले समेत अपराधी घोषणा गरिसकेकाहरूलाई नेपालका कानुन र प्रहरीले किन देखेनन् ? हत्यारा र अपराधीहरूलाई कारबाही गर्नुको साटो उल्टै हाम्रो पार्टीका धेरै नेता–कार्यकर्ताहरूलाई ती...
मानवशास्त्री ओम गुरुङको निधन

मानवशास्त्री ओम गुरुङको निधन

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
३१ असोज, काठमाडौं । मानवशास्त्री ओम गुरुङको निधन भएको छ । गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको सोमबार निधन भएको हो
सत्यमोहन जाेशीकाे स्मृतिमा कार्तिक १ गते सरकारले दियाे बिदा : सार्वजनिक

सत्यमोहन जाेशीकाे स्मृतिमा कार्तिक १ गते सरकारले दियाे बिदा : सार्वजनिक

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
असोज, काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
अध्यक्ष पदका लाी भारतीय कांग्रेसको आज चुनाव :

अध्यक्ष पदका लाी भारतीय कांग्रेसको आज चुनाव :

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, सुचना संचार
३१ असोज, काठमाडौं । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज चुनाव हुँदैछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् । अध्यक्ष पदमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । दुबै गान्धी परिवारसँग निकट मानिन्छन् । > मतदान स्थानीय समय अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । यसको नतिजा १९ अक्टोबरमा सार्वजनिक हुने समाचार एजेन्सी एएनआईले जनाएको छ  सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।गान्धी परिवार बाहिरबाट अध्यक्ष चयन हुने राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रोपटक हा...
हरिबोलमाथि कसरी हावी भए राजन ?

हरिबोलमाथि कसरी हावी भए राजन ?

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
३१ असोज, काठमाडौं । लडेकाजति कुनै चुनाव नहारेका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यसपाली टिकट नै पाएनन् । सिन्धुलीबाट २०७० र २०७४ का दुई चुनाव जितेका गजुरेल फेरि पनि चुनाव लड्न चाहन्थे तर हाललाई उनको संसदीय राजनीतिको यात्रामा ‘ब्रेक’ लागेको छ । यसबाट असन्तुष्ट बनेका गजुरेलले भने आफूले टिकट नपाउनुको स्पष्ट कारण नदिएसम्म चुनावी गतिविधिमा सहभागी नहुने अडान लिएका छन् । स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म गजुरेल र जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)को नाम सिफारिस भएको थियो । तर, अन्तिममा टिकट भने राजनले नै पाए । गजुरेलले जिल्लाबाटै आफूलाई जबरजस्ती रोक्न खोजेकोरुपमा बुझेका छन् । ‘उहाँविरुद्ध नांगो गुटबन्दी भयो,’ गजुरेल निकट एक नेता भने, ‘गाउँपालिकाका नेताहरुलाई थर्काएर एउटा मात्...

कर्णाली लाई दिलाय पहिलाे स्वर्ण पदक दुर्गा बुढाले

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, शिक्षा, समाचार
३१ असोज, काठमाडौं । स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैँ राष्ट्रियमा कर्णालीकाे पहिलाे हाे । बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते । विजेता बनेपछि प्रतिक्रिया दिंदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो । पोखराको ट्रयाक राम्रो छ । यहाँको फास्ट ट्रयाक छ । जित्छु भन्ने लागेको थियो,’ दुर्गाले भने । उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेल्न पाउने बताए । ‘म रोजीरोटीका लागि भारत गएको थिएँ । मसँग नेपाली नागरिकता नै छ । मैले भारतको लागि पनि खेलेको थिएँ । उताबाट एनओेसी ल्याए...