५ जेष्ठ २०८३, मंगलवार

राष्ट्रिय

बन्धक राखिएको बच्चा उद्धार गर्न गयका डिएसपी माथि छुरा प्रहार

बन्धक राखिएको बच्चा उद्धार गर्न गयका डिएसपी माथि छुरा प्रहार

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
नेपालगन्ज ।बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका -२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए । खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए । उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले मध्यराति १२ बजे नजिकै रहेको प्रहरी बिट कौशिलानगरमा खबर गर्‍यो । बिटका टोलीले थप मद्दत चाहिने भन्दै इलाका प्रहरी कार्यालय, कोहलपुरमा खबर गर्‍यो । त्यसपछि कोहलपुरका डीएसपी सुन्दर तिवारी नेतृत्वको टोली घटनास्थलमा पुग्यो । तिवारीका अनुसार, टोलीले त्यहाँ पुगेर पटकपटक संवाद गर्न खोज्दा उनले मानेनन् । ‘परिवारका सदस्यले बरु गोली हानेर भए पनि नियन्त्रणमा लिनुपर्ने बताउन थाले, तर हामीले त्यस्तो गर्न मिल्थेन’, तिवारीले सुनाए, ‘नजिक जाने वित्तिकै बच्चा जोखिममा पर्ने स्थिति थियो, अश्रुग्याँस वा अरु कुनै विधिले पनि काम गरिरहेको थिएन ।’ प्रहरीको कमाण...
क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले क्रान्तिका वेला रुकुम राेल्पा सल्यान र जाजरकोटले साथ दियका हुन र फेरि शान्ति प्रक्रियामा पनि थप उर्जा मिल्ने बताय । बिहीबार दिउसो रुकुम पश्चिम बाफिँकाेटमा आयाेजित कार्यक्रम लाई सम्बाेधन गर्दै  उनले पुरानो आधार इलाकाबाट आफूले ऊर्जा लिएर फर्किने बताए । ‘यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ,’ उनले भने ।अहिले बनेकाे सरकार अझै पाँच बर्ष चल्ने ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन।   ...
कुटपिटबाट घाइते भयका एक जना युवककाे उपचारकाे क्रममा मृत्यु

कुटपिटबाट घाइते भयका एक जना युवककाे उपचारकाे क्रममा मृत्यु

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
सुर्खेत ।सल्यानमा दुईजना युवाले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका ७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुईजना युवाले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटना गत ४ गते भएको भएपनि पिडित परिवारले हिजो ७ गते बेलुका मात्रै प्रहरीलाई जानकारी गराएका थिए । सोहि ठाउँ स्थित स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेको र कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको भन्ने खबर परिवारले इलाका प्रहरी कार्यालय थारमारेलाई मंगलबार बेलुका मात्रै जानकारी गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले बताउनुभयो । कुटपिटमा संलग्न रहेका सन्तोष ओलीलाई दाङ प्रहरीको सहयोगमा दाङबाट पक्राउ गरि अहिले सल्यान पुर्‍याइयकाे गरेको र अर्का केशर ओली फरार र...
आज विजया दशमि, भाईटिका मान्यजनबाट टीका र जमरा लगाईदै

आज विजया दशमि, भाईटिका मान्यजनबाट टीका र जमरा लगाईदै

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्...
“दशैँ”आदिम साम्यवाद युगमा महिलाले कृषिकर्म गर्दा सुरु गरियकाे चालचलन हाे: माेहन वैद्य ( किरण)

“दशैँ”आदिम साम्यवाद युगमा महिलाले कृषिकर्म गर्दा सुरु गरियकाे चालचलन हाे: माेहन वैद्य ( किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, संस्कृति, समाचार
दशैँको अध्ययन गर्ने विविध पक्ष छन् :- पहिलो त,परम्परागत रूपमा चलेको धार्मिक पर्व हो दशैँ । हिन्दु धर्मको मान्यता अनुसार,आसुरी शक्तिमाथि देवताहरूले विजय प्राप्त गरेको भन्ने गरिन्छ । खासगरी देवताहरूले नसकेर देवीहरूलाई गुहारेर राक्षसहरूलाई संहार गरेको हुनाले त्यही अवसरलाई दसैँ मानियो भन्ने कथा पाइन्छ । अझ अगाडि जानुहुन्छ भने तान्त्रिक मान्यताअनुसार, आदिम साम्यवादको जमानामा कृषिको सुरुवात गर्ने सिलसिलामा महिलाहरूले अनुसन्धान गरेको पर्व हो यो । यसमा जमरा लगाउने, घट स्थापना गर्ने भनेको पुरानो तान्त्रिक परम्परा हो भन्ने पनि मानिन्छ । तन्त्रको सुरुवात धेरै अगाडि भएको हो । पहिले आदिम साम्यवादी समाज थियो । त्यो बेलाको विचारधारा टोटेमवाद थियो, शोषण थिएन, अन्याय–अत्याचार थिएन । प्रकृति र समाजलाई बुझ्ने सिलसिलामा पूरै वैज्ञानिक विचार विकसित भएको थिएन । आधा भौतिकवादी आधा आदर्शवादी शैलीका विचारधार...
आज महा नवमि देशै भरिका मठ मन्दिरमा भक्तजनहरु काे भिड

आज महा नवमि देशै भरिका मठ मन्दिरमा भक्तजनहरु काे भिड

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । नवरात्रीको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको भिड लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहि आयकाे छ। राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ । शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वा...
धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हाे।  
काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।काठमाडौं उपत्यकामा ७:३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

Breaking News, मनाेरन्जन, यातायात, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं। दशैंकाे बेला काठमाडौं देखि घर फर्किनेहरुको जताततै ताती लागेको छ। नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ भने एयरपोर्ट मा पनि तेत्तिकै भिडभाड देखिन्छ । यातायात ब्यवस्था बिभाग ले यात्रुहरुकाे सहजका लागि गत असाेज २२ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेपछि प्राय काठमाडौं देखि विभिन्न ठाउँका लागि छुट्ने बसहरु बुकिङ भय पछि,थप गाडिहरुकाे ब्यवस्था गरेर पनि यात्रुहरूलाई गन्तव्यमा पुर्याउने र कसैले दुख नपाउने गरि सबै तिर टिम परिचालन गरियकाे नयाँ बसपार्क स्थित काउन्टर संयोजक ले बताय । यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् । प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेक...
त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दैछ । यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुवात गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा हुनेछ । नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले पहिलो खेलमा उत्कृष्ट साझेदारी गरेका थिए । कप्तान रोहितले पहिलो खेलमा अविजित ५१ र दोस्रो खेलमा अविजित २५ रन बनाएका थिए । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत पाउन सकेका छैनन् । आसिफले दोस्रो खेलमा ४२ रन बनाएका थिए । वान डाउनमा खेलेका कुशल मल्लले पनि सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् । नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट ...