११ श्रावण २०८१, शनिबार

जाजरकोट भेरि नगरपालिका – १रावतगाँउमा ५० हजार रासिकाे भलिबल प्रतियोगिता सुरु

जाजरकोट ।  भेरी नगरपालिका -१ रावतगाउँ जाजरकोटमा सधै लाग्ने पाँच पुर्णिमा मेला यश बर्ष पनि सन्चालन भइरहेको छ ।

परम्परा देखि लाग्दै आएको मेलामा यस वर्ष युवाहरुले ५० हजार राशीको भलीवल प्रतियोगिताको आयोजना गरेका छन।उक्त भलीवल प्रतियोगितको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषध्यक्ष बीर वहादुर बस्नेत र कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका थिय ।,कार्यक्रममा समाजसेवी सहदेब बस्नेत , जयबहादुर बस्नेत , मणिराम परियार, वीर बहादुर नेपाली मधुकर नेपाली सज्जन राज बि.क र दिपक नेपाली काे पनि बिशेष उपस्थित रहेकाे थियाे । प्रतियाेगितामा १७ वटा टिम सहभागी रहेको मेला आयाेजक समिति अध्यक्ष गणेश बिश्वकर्माले जानकारी दिय।