९ आश्विन २०८१, बुधबार

राष्ट्रिय

एमाले उपाध्यक्ष तथा पुर्व सभामुख नेम्वाङ काे निधन

एमाले उपाध्यक्ष तथा पुर्व सभामुख नेम्वाङ काे निधन

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनायकाे छ । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चु...
नक्कली शरणार्थी काण्डपछि अर्को मानव तस्करकाण्ड, मानव तस्करका नाईके पक्राउ

नक्कली शरणार्थी काण्डपछि अर्को मानव तस्करकाण्ड, मानव तस्करका नाईके पक्राउ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौँ।नेपालीको विपन्नता र विवशताको फाइदा उठाएर विदेशका सुन्दर सपना देखाउँदै मानव तस्करी गर्ने गिरोहहरूको एकपछि अर्को जालो खुल्दै गएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभनमा मानवतस्करी गर्दै करोडौँ असुलेका देशका पूर्वउपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म पक्राउ परेर जेल सजाय काटिरहेको समयमा विभिन्न बहानामा मानव तस्करी गर्ने नयाँनयाँ गिरोहहरूको रहस्य खुल्दै गएको हो । यसैक्रममा विभिन्न बहानामा सयौँ मानिसलाई अमेरिका र क्यानाडा पु¥याएर करोडौँ रुपैयाँ जम्मा गरेका ‘मानव तस्कर’ हस्त गौतम नेपाल–भारत सिमानाबाट पक्राउ परेको समाचार प्राप्त भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा पछिल्लो मानव तस्करीका मुख्य योजनाकार अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सयजनालाई अमेरिका पुर्याइसकेको स्रोतहरूले ...
गणतन्त्रको बिकल्पमा जनगणतन्त्र उत्तम र बैज्ञानिक हाे : बास्ताेला

गणतन्त्रको बिकल्पमा जनगणतन्त्र उत्तम र बैज्ञानिक हाे : बास्ताेला

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल ।क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले गणतन्त्रको विकल्पमा जनगणतन्त्र बैज्ञानिक भएको कुरा ब्यक्त गरेका छन्।  जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था भएको नेता बास्तोलाले जिकिर गरे । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड, ओली र देउवाले भ्रष्टाचारलाई संस्थागत गरेको बताय। उनले: प्रचण्ड, ओली र देउवालाई सत्ताका लागि कुर्ची बचाउन राजनीति गरेको दावी गर्दै नेपालमा कानुनी रुपमा भ्रष्टाचार संस्थागत भएको कुरा ब्यक्त गरे। देशलाई बदल्न क्रान्तिकारी कम्युनिष्ट पार्टी एक ठाउं हुनुपर्ने बताउंदै क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताका लागि पहल भैरहेको बताउनुभयो । उहाँले संसदबादलाई संस्थागत गर्न समाजवादी मोर्चा गठन भएको आरोप लगाउंदै समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको...
ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
सुर्खेत । सुचना संचार र प्रविधि मैत्री संगठन निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ । सनिवार आई सि टि फाेरम नेपाल कर्णाली प्रदेशको आयाेजनामा भयकाे कार्यक्रममा सुन्दर र समृद्ध कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता र पाटी प्रदेश इन्चार्ज मातृका यादव,अध्यक्ष बिमला केसी काे बिशेष उपस्थितिमा बिभिन्न बिभाग हरु गठन गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे हाे । बिभिन्न जिल्ला हरुबाट आईसिटि मा आबद्ध सदस्य हरुकाे सहभागी रहेकाे थियाे । भाैतिक मल्लकाे संयोजकत्वमा कर्णाली प्रदेशमा उक्त फाेरम निर्माण भयकाे छ । आजकाे प्रविधियुक्त समाजमा कर्णालीकाे समग्र राजनैतिक भुगाेललाई  फराकिलो बनाउनका लागि यश संगठनले महत्त्वपूर्ण भुमिका खेल्ने बिस्वाश संयोजक मल्लले सामाजिक संजाल मार्फत ब्यक्त गरेका छन ।...
गाँखु हत्या र वासु– वैरागी सन्दर्भ

गाँखु हत्या र वासु– वैरागी सन्दर्भ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
नेपाली जनयुद्धसित जोडिएको गोरखाको गाँखु हत्याकाण्डले प्रत्येक बर्सको भाद्र २३ गते नेपाली क्रान्तिकारीहरूलाई झस्काउने गर्दछ । त्यसदिन तात्कालिक शासकको नाङ्गो र गैह्र न्यायिक हत्याको जति भत्र्सना गरे पनि अपुग हुन्छ । नेपाली क्रान्तिकारीहरूले राज्यको बेथिती र ज्यादतीका बिरूद्ध सञ्चालन हुँदै आएको माओवादी आन्दोलनले एउटा उँचाइ लिँदै थियो । माओवादीले आफुसँग भएको सैन्य शक्तिलाई बिस्तार गरेर बिकास गर्दै गएको थियो र भाद्र २३ गते सो प्लाटुनलाई पुर्ण सैन्य फर्मेशनमा घोषणाको तयारिमा थियो । सो घोषणा सभालाई सम्बोधन गर्ने र सहिद परिवारहरूसित भेटघाट गर्ने उद्देश्य लिएर तात्कालिक पार्टी केन्द्रीय वैकल्पिक पोलिटब्युरो सदस्य क सुरेश वाग्ले (बासु), प्लाटुन कमाण्डर भिमसेन पोखरेल (वैरागी) र भर्खर भर्ना भएकी छापामार सदस्य चिजा गर्तौला सहितको टोली गोरखाको भुङ्लिचोकबाट गाँखुतर्फ जाँदै थियो । भदौको याम भएको र भर्खर ...
बाँकेमा बस दुर्घटना ७ जनाकाे मृत्युु २५ जना घाइते

बाँकेमा बस दुर्घटना ७ जनाकाे मृत्युु २५ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बाट भ्रमणटोली लिएर गएको बस बाँकेमा दुर्घटनामा परेको छ । भ्रमण सकेर ठाकुरबाबातर्फ फर्किँदा बस दुर्घटना भएको हो । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत  बाँकेको सम्शेरगन्ज स्थित राष्ट्रिय निकुञ्जमा पर्ने नेपाली सेनाको चेक पोष्ट नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना पुरुष र ३ जना महिला गरी ७ जनाको मृत्यु भएको र २५ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्युको सनाखत भयकाे छ : दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीया साधुराम थारू रहेका छन् । यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवकको ज्यान गएको बाँकेको इलाका प्र...
जाजरकोट,कुशे गाउपालिका देशकै पहिलो आधारभूत निशुल्क तथा शान्ति क्षेत्र घाेषणा

जाजरकोट,कुशे गाउपालिका देशकै पहिलो आधारभूत निशुल्क तथा शान्ति क्षेत्र घाेषणा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
जाजरकोट। जिल्लाको कुशे गाँउपालिकालाई देशकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको छ शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरेर अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो । कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले उक्त घोषणा गरेका हुन् । उनले कुशेले गरेको यो अभ्यास कर्णालीका अन्य जिल्ला र पालिकाले पनि अनुसरण गर्नु पर्ने बताउँदै असल कामका लागि कुशेवासीलाई बधाई तथा शुभकामना दिए । अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार वि.सं २०८५ सम्म सबै नागरिकलाई आधारभूत तह सम्मको शिक्षामा पहुँच पुर्याउने व्यवस्था उल्लेख गरिएको छ । कुशे गाउँपालिकाका ४ देखि १२ बर्ष उमेर समुहका सवै बालबालिका विद्यालयको पहुँचमा आएका छन् । प्रारम्भिक बालविकास देखी कक्...
स्वास्थ्य सेवा बिभाग खरिद शाखाका  प्रमुख डा.सुरेन्द्र चाैरासियालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दल्याे कालाेमाेसाे

स्वास्थ्य सेवा बिभाग खरिद शाखाका प्रमुख डा.सुरेन्द्र चाैरासियालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दल्याे कालाेमाेसाे

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ । आज विहान निवासबाट कार्यालय जाने क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् । डा. चौरसियाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँगको मिलेमतोमा गरिब ११ करोड कमिसन खाएर १९ करोडको म्याद सकिएको आइरन चक्की खरिद गरेको, सेटिङमा विभागले खरिद गर्ने स्वास्थ्य सामाग्री निश्चित व्यक्तिले मात्रै पाउने गरी मापदण्ड बनाउने गरेकोले, शक्तिकेन्द्रलाई प्रभावमा पारेर एकीकृत चिकित्सा अध्ययन गरेका चौरसिया पब्लिक हेल्थको दरबन्दीमा विभागको खरिद शाखा प्रमुखको रुपमा कार्यरतलगायतका ८ आरोप लगाएको छ । सोही ठाउमा स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द चौरसियालाई कारवाही किन ? भन्ने शिर्षक राखेर छरिएको पर्चामा त्यसका...
काठमाडौं महानगर १६ का वडा अध्यक्ष रिजालकाे डेंङ्गुका कारण निधन

काठमाडौं महानगर १६ का वडा अध्यक्ष रिजालकाे डेंङ्गुका कारण निधन

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।...
५१ वटा विद्युतीय चार्जिङ स्टेसन एकै पटक संचालनमा

५१ वटा विद्युतीय चार्जिङ स्टेसन एकै पटक संचालनमा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको एकै पटक उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरे । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरु ...