३ आश्विन २०८१, बिहीबार

अन्तर्राष्ट्रिय

विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, सुचना संचार, स्वास्थ
बितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा सोमबार सार्वजनिक वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा  उल्लेख गरिएको छ। सन् २०२० मा १ प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको  देखाएको थियो। विश्व जनसङ्ख्याबितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात् सन् २०...
बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
२६ कात्तिक, काठमाडौं । शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ  ।साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।  ...
राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, राष्ट्रिय, समाचार
२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज बिहान काठमाडौं फर्किएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् । सो सम्मेलनमा राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानगरिएको थियो ।...
१२९ रुपैयाँमा झर्‍यो डलरको भाउ, कुन मुद्राको भाउ कति?

१२९ रुपैयाँमा झर्‍यो डलरको भाउ, कुन मुद्राको भाउ कति?

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
  नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि देशी विनिमय दरभाउ तोकेको छ।जसअनुसार अमेरिकी डलर १ को खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिद दर १३२ रुपैयाँ ५३ पैसा तथा बिक्री दर १३३ रुपैयाँ १४ पैसा तोकिएको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५१ रुपैयाँ ६९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। विदेशी मुद्राको भाउ कुन को कति?...
अन्तर्राष्ट्रिय मुद्राकाेषले बंगलादेशलाई दियो चार अर्ब ५० करोड डलर सहयोग

अन्तर्राष्ट्रिय मुद्राकाेषले बंगलादेशलाई दियो चार अर्ब ५० करोड डलर सहयोग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, समाचार
    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्गलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न चार अर्ब ५० करोड अमेरिकी डलरको सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता गरेको जनाएको छ। रूसले युक्रेनमाथि गरेको आक्रमणपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अन्य एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बङ्गलादेश पनि प्रभावित भएको छ। करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्रले यस वर्षको सुरुमा आईएमएफसँग सहयोगका लागि सम्पर्क गरेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एक प्रतिनिधिमण्डल र ढाकाका प्रतिनिधिबीच बङ्गलादेशको आर्थिक नीतिलाई सहयोग गर्न कर्मचारीस्तरीय सम्झौता भएको र विभिन्न सुविधाअन्तर्गत कूल ४.५ अर्ब अमेरिकी डलर बराबरको सम्झौता भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बङ्गलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋणलाई आफ्नो विदे...
चन्द्र ग्रहण सकियाे

चन्द्र ग्रहण सकियाे

Breaking News, अन्तर्राष्ट्रिय, माैसम, संस्कृति, समाचार, सुचना संचार
     काठमाडौँ — मंगलबार साँझ ५ बजेर ११ मिनेटदेखि सुरु भएको पूर्ण चन्द्र ग्रहण १ घन्टा २३ मिनेटसम्म देखिएर सकिएको छ । ग्रहण लागेर नै चन्द्रोदय भएको थियो । सूर्य पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्दा ग्रहण लाग्छ । चन्द्र ग्रहणका बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ । ग्रहण ६ बजेर ३४ मिनेटमा सकिएको थियो । चन्द्रमा अक्सर पृथ्वीको कक्षभन्दा केही तल वा माथि हुँदै परिक्रमा गर्छ । तर, कोणीय अन्तरका कारण सिधै छायाँ नपर्ने भएकाले ग्रहण हरेक पूर्णिमामा देखिँदैन । चन्द्र ग्रहणका बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी हुने र सूर्यबाट चन्द्रमामा जाने प्रकाश पृथ्वीले ढाकिदिँदा पृथ्वीको छाया चन्द्रमामा पुग्छ । चन्द्रग्रहणका बेला पृथ्वी सूर्य र चन्द्रमाको बीचमा हुन्छ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी र सूर्यको बीचतिर हुँदा औंसीको समय हुन्छ भने पृथ्वीबीचमा हुँदा चाहिँ पूर्णिमाको समय ...
युरोपमा गर्मीका कारण १५ हजार मानिसको मृत्यु

युरोपमा गर्मीका कारण १५ हजार मानिसको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, माैसम, समाचार
         जेनेभा :अत्यधिक गर्मीका कारण युरोपमा १५ हजार जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले पछिल्लो तथ्याङ्क उद्दृत गर्दै स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, बेलायतमा तीन हजार दुई सय र जर्मनीमा चार हजार पाँच सय जनाको मृत्यु भएको जनाएका हुन्। गर्मीले मृत्यु हुनेको संख्या बढ्नसक्ने हेनरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गत साउनमा युरोपभरि चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएको फ्रान्सका राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ। विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ। बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार चरम तापक्रमका कारण मृत्युवरण गर्न बाध्य भएका सङ्गठनले जनाएको छ। विश्वव्यापी औसत तापक्रममा १.१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ।...
अमेरिकी मध्यावधि चुनाव: डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैको लागि अग्निपरीक्षा

अमेरिकी मध्यावधि चुनाव: डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैको लागि अग्निपरीक्षा

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार
  वासिङटन डिसी : <यतिबेला अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, जे बराक ओबामा र वर्तमान राष्ट्रपति जो बाइडेन एउटै कुरा भनिरहेका छन् । यस्तो विरलै हुन्छ। पेन्सिलभेनियामा चुनावी अभियानमा रहेकै दिन ओबामा र बाइडेनले त्यही भनिरहेका थिए जो ट्रम्पले भनेका थिए। यी राजनीतिक प्रतिद्वन्द्वीहरूले मतदातालाई बाहिर आएर मतदान गर्नुपर्छ भन्ने अपील गरे। बाइडेन, ओबामा र ट्रम्प मतदातालाई मध्यावधि चुनावमा मतदान गर्न आग्रह गर्दै छन्। अमेरिकामा मंगलबार हुन लागेको मध्यावधि निर्वाचनले कंग्रेसमा कसको वर्चस्व कायम गर्ने भन्ने टुंगो लाग्नेछ । अमेरेकी प्रतिनिधिसभाका ४ सय ३५ सै सिटका लागि निर्वाचन हुँदैछ । योसँगै सिनेटका ३५ सिटमा पनि कडा प्रतिस्पर्धा हुनेछ । पेन्सिल्भेनियामा, सिनेटका लागि डेमोक्रेटिक उम्मेद्वार जोन फेटरम्यान र रिपब्लिकन उम्मेदवार मेहमेट ओजको धेरै कम अन्तर छ। पेन्सिल्भेनियाको यो महत्...
विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार, सुचना संचार
             २२ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ ।पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ । ब्राजिलको टोली गोलकिपर :  एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो) डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिट...
तान्जानियाको भिक्टोरिया  तालमा  विमान, खस्दा १९ जनाको मृत्यु

तान्जानियाको भिक्टोरिया तालमा विमान, खस्दा १९ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
२१ कात्तिक, काठमाडौं । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए । उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । आँधी र ठूलो वर्षामा उक्त विमान परेको थियो । भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो । राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।...