२३ भाद्र २०८१, आईतवार

अन्तर्राष्ट्रिय

भारतमा हेलिकप्टर दुर्घटना :

भारतमा हेलिकप्टर दुर्घटना :

Breaking News, अन्तर्राष्ट्रिय, समाचार
मंगलबार विहान उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गरुडचटी भन्ने ठाउँमा हेलिकोप्टर दुर्टना भएको थियो। भारतीय राष्ट्रपतिद्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएकाहरुप्रति संवेदना प्रकट गरेका छन् भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार दुर्घटनामा पाइलट र ६ जना यात्रुको मृत्यु भएको हो। प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरका अनुसार मृत्यु हुनेमा पाइलट अनिल सिंह, पूर्व रामानुज, कृति, उर्भी, सुजाता, प्रेम कुमार र कलाको मृत्यु भएको हो। दिल्लीस्थित आर्यन एभियसनको हेलिकोप्टर कम भिजिबिलिटीका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको समाचार एजेन्सी एएनआईले जनाएको छ। मंगलबार विहान उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गरुडचटी भन्ने ठाउँमा हेलिकोप्टर दुर्टना भएको थियो। ...
अध्यक्ष पदका लाी भारतीय कांग्रेसको आज चुनाव :

अध्यक्ष पदका लाी भारतीय कांग्रेसको आज चुनाव :

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, सुचना संचार
३१ असोज, काठमाडौं । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज चुनाव हुँदैछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् । अध्यक्ष पदमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । दुबै गान्धी परिवारसँग निकट मानिन्छन् । > मतदान स्थानीय समय अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । यसको नतिजा १९ अक्टोबरमा सार्वजनिक हुने समाचार एजेन्सी एएनआईले जनाएको छ  सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।गान्धी परिवार बाहिरबाट अध्यक्ष चयन हुने राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रोपटक हा...
चिनिया कम्युनिस्ट पार्टीको २० अाै महाधिवेशन

चिनिया कम्युनिस्ट पार्टीको २० अाै महाधिवेशन

Breaking News, अन्तर्राष्ट्रिय, समाचार
  काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा आइतबारदेखि सुरू हुँदैछ । एक हप्तासम्म चल्ने उक्त महाधिवेशनबाट सीपीसीले आगामी पाँच वर्षका लागि पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गर्नेछ । सीपीसीको विधानअनुसार पार्टीको नेतृत्व तहमा रहनका लागि उमेर हदको व्यवस्था गरेको छ । तर सर्वोच्च नेता अर्थात, पार्टीको महासचिवको हकमा भने उक्त व्यवस्था छैन । सन् २०१७ मा सम्पन्न पार्टीको १९औं महाधिवेशनबाट सीपीसीले महासचिवका लागि तोकिएको ६५ वर्षे उमेर हदलाई हटाइसकेको छ । अहिलेसम्म को पार्टी नेतृत्वमा रहन्छ, कसको बढुवा हुन्छ र को बाहिरिन्छ भन्ने विषयमा अनुमान गर्न सकिएको छैन । यद्यपि, विधानमा व्यवस्था भएअनुसार २५ जनाको पोलिटब्यूरोबाट उमेर हद पार गरेका केही नेताहरू बाहिरिनसक्ने छन् । तर उमेर पुगे ...
नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रबिधि, समाचार
बसेल्स/किभ — उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजबुत गराउने घोषणा गरेको छ । त्यसका लागि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्यान्ड्सले आधुनिक क्षेप्यास्त्र र राडारहरूसहितका हतियार दिने बताएका हुन् ।   जर्मनीले यसअघि नै युक्रेनलाई एउटा उच्च प्रविधिको प्रतिरक्षा प्रणाली सहयोग गरेको थियो भने अमेरिकाले पनि केहि दिनअघि नै त्यस्तो वाचा गरेको थियो । युक्रेनमा पछिल्लो समय रुसले भीषण क्षेप्यास्त्र प्रहार गरेपछि पश्चिमा सैन्य गठबन्धन नाटोको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा भेला भएका ५० देशका नेताहरूले सहयोगको घोषणा गरेका हुन् । उक्त सम्मेलन अभूतपूर्व भएको युक्रेनी अधिकारीको भनाइ छ । रुसी फौजले गत सोमबार र मंगलबार युक्रेनका प्रमुख सहरहरूमा गरेको क्षेप्यास्त्र आक्रमणमा २० जनाको मृत्यु भएको थियो । युक्रेनी अधिकारीका अनुसार रुसले ऊर्जा पू...
उत्तर काेरिया द्वारा क्षेप्यास्त्र परिक्षण  दक्षिण काेरिया तनावमा :

उत्तर काेरिया द्वारा क्षेप्यास्त्र परिक्षण दक्षिण काेरिया तनावमा :

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
सोल — उत्तर कोरियाले बिहीबार लामो दूरीका दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यअनुरूप ती परीक्षण गरिएको कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ–उनले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका केसीएनएले जनाएको छ । अमेरिका, दक्षिण कोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको जवाफी प्रतिक्रिया स्वरूप प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ ।...

मलेसियामा , मध्यावधि निर्वाचन घोषणा संसद् विघटन

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुचना संचार
   मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनसमेत घोषणा गरेका छन्। उनले घोषणा गरेअनुसार आगामी ६० दिनभित्रमा निर्वाचन हुनेछ। टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिए। सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रम भएको, त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। सम्बोधनका क्रममा उनले भने, ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमतअनुसार काम गर्नेछौँ।’ देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेको...

साफ यू-१५ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
२४ असोज, काठमाडौं । बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप डबल राउण्ड रोवनका आधारमा खेलाइनेछ । हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ । नेपालले पहिलो खेल नोभेम्बर ३ मा भुटानसँग खेल्नेछ । बंगलादेशसँग नोभेम्बर ५ मा दोस्रो खेल खेल्नेछ । नेपालले भुटानसँग दोस्रो खेल नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा खेल्नेछ । साफ यू-१५ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ । प्रशिक्षणमा अहिले ३० खेलाडी छन् ।...
भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ ।

भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ ।

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१८ असोज, काठमाडौं । भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र वायु सेना दुबैको आवश्यकता पूर्ति गर्ने बताएका छन् । उक्त हेलिकोप्टरको भिडियो ट्वीटरमा सेयर गर्दै रक्षामन्त्री सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड ।’ दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् । भारतीय मिडियाहरुका अनुसार यो हेलिकोप्टर बना...

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, राजनीति, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
सियोल, उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ।जेसीएसले विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेका दुई छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी जलक्षेत्रमा फेला पारेको जनाएको छ। उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जलक्षेत्रमा एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुई पटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। रासस/सिन्ह्वा ...

कार्ल मार्क्सले जेनीलाई सन् १८६५ मा लेखेको प्रेम–पत्र

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
प्रिय, म तिमीलाई फेरि पत्र लेख्दैछु । थाहा छ किन ? किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ । र म तिम्रो कुनै जवाफ विना नै तिमीसँग कुरा गरिरहन्छु । एकैछिन छुट्टिएर बस्नु पनि राम्रै कुरा हो । निरन्तर सँगै बस्दा हामी एकअर्कामा, एकअर्काको बोली र बानीमा यसरी बानी पर्न थाल्छौं कि त्यसमा कुनै पनि कुरा फरक तरिकाले हेर्न असम्भव बन्दै जान्छ । त्यसपछि स–साना कुरा, बानीले ठूलो रुप लिन थाल्छ, रिस उठ्न थाल्छ । तर जति टाढा जान्छु, क्षणभरमा सबै हट्छ । सूर्य र बर्षाले नयाँ विरुवालाई हुर्काएजस्तै दुरीले प्रेमलाई चमत्कारिक रुपमा हुर्काउँछ । प्रिय, आजकल मसँग यो मायाको चमत्कार भइरहेको छ । तिम्रा छायाँ मेरो वरिपरि छ । मेरा सपनाहरु तिम्रो सुगन्धले सजिएका छन् । मलाई थाहा छ, दुरीले मेरो मायालाई कसरी जोगाएको छ । प्रिय, तिमीबाट टाढा भ...