२३ भाद्र २०८१, आईतवार

चीनकाे उत्तरी पुर्व सिन्जियाङ् प्रान्तमा आगलागी हुदा १० जनाकाे मृत्यु ९ जना घाईते ।

उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा १० जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्।

एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।अधिकारीहरुका अनुसार बिहीबार राति आगलागी भएको हो।

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो।

यहाँका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार राति १०:३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो। अगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।