११ श्रावण २०८१, शनिबार

जारी विश्वकपमा मेक्सिले लगातार २ गाेल :

विश्वकप कतार :  मेक्सिकोमाथि रोमाञ्चक जित निकाल्दै अर्जेन्टिनाले कतार विश्वकपको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

लुसैल स्टेडियममा शनिबार मध्यराति भएको खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अर्जेन्टिनाले पहिलो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भवना बलियो बनाएको हो।

जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाका लागि मेस्सीले खेलको ६४ औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका हुन्। करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकले बचाउने कुनै मौका पाएनन्।

खेलको ८७ औँ मिनेटमा एञ्जो फर्नान्डेजको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो। उनले मेस्सीको पासमा उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे।

पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा जित दर्ता गरेको हो।

खेलको पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।

खेलमा गोलका लागि अर्जेन्टिनाले निकै सर्घष गर्नुपरेको थियो। अर्जेन्टिनालाई रोक्ने रणनितिमा रहेको मेक्सिको खेलमा सम्हालिन नसक्दा अंक गुमाउन बाध्य भयो।

जितसँगै अर्जेन्टिना ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एक खेलमा हार र एक खेलमा बराबरी गरेको पोल्याण्ड ४ अंकमा शीर्ष स्थानमा छ। ३ अंक भएको साउदी अरेबिया तेस्रो स्थानमा छ। १ अंक भएको मेक्सिको तालिकाको पुछारमा छ।

विश्वकपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका २१ वर्षीय फर्नान्डेजको पहिलो अन्तर्राष्ट्रिय गोल हो। राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय गोल गर्ने उनी दोस्रो युवा खेलाडी हुन्। यसअघि मेस्सीले सन् २००६ मा १८ वर्षको उमेरका गोल गरेका थिए।

जारी विश्वकपमा मेस्सीले २ गोल गरेका छन्। यो अघि उनले साउदीअरेबियालाई पेनाल्टीमा गोल गरेका थिए। मेस्सीले राष्ट्रिय टोलीका लागि ९३ औँ गोल गरेका छन्। अर्जेन्टिनाको जितसँगै मेस्सीले व्यक्तीगत कीर्तिमनी पनि आफ्नो नाममा गराएका छन्। उनले अर्जेन्टिनी लेजेण्ड डिएगो म्यारोडोनासँगको २१ खेलको कीर्तिमान बराबरी गरेका हुन्।