२३ भाद्र २०८१, आईतवार

विज्ञान प्रबिधि

निर्वाचन आचार संहिता आजबाट लागु के-के गर्न पाइदैन ?

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
 के-के गर्न पाइदैन ? काठमाडौं, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ ।मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । गत आइतबार आयोग​ले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो । कुन क्षेत्रका कस–कसलाई लाग्छ आचारसंहिता राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायदेखि मतदातासम्मका लागि आचार संहिता लागु हुन्छ । निर्वाच...

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं, अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् ।उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर ...

प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ/

Breaking News, पर्यटन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
काठमाडौं : प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको छ।     नेपालमा भने आइतबार यो फिल्मले डेढ करोडको कमाइ गरेको छ। भारतबाहेक यो फिल्मले २ करोड ३९ लाख भारतीय रुपैयाँ कमाएको छ। यो फिल्मले पहिलो दिन ७ करोड ७५ लाख बढी कमाइ गरेको थियो। नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको छ। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।...

काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो

Breaking News, पर्यटन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
११ असोज, काठमाडौं । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो । अञ्जन विष्टले १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने बंगलादेशले ५७ औं मिनेटमा गोल फर्कायो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवादका कारण पछिल्लो समय नेपाली फुटबलमा समस्या देखिएको थियो । जसका कारण नतिजा पनि राम्रो आउन सकेको थिएन । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द र मंगलबारका गोलकर्ता अञ्जन विष्टसहितका खेलाडी कुवेतमा सञ्चालन भएको एसियन कप छनोट खेलमा नेपाली टिममा समावेश थिएनन् । मुख्य प्रशिक्षक अल्मुताइरी विदामा रहेका बेला अखिल नेपाल फुटबल संघले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनायो र उनकै प्रशिक्षणमा नेपालले पछिल्लो पाँच महिना तयारी गरेको थियो । त्यसपछि भएको खेलमा नेपाल विजयी हुँदा दशरथ रंगशालामा खुशि...

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समितिका संयोजक काली बहादुर खत्रीले गरेका थिए । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएम कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमताको रेडियो हो । जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति जाजरकोटका संयोजक काली बहादुर खत्री, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, जिल्ला प्रहरी प्रमुख सन्तोष निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, ...