७ पुष २०८१, आईतवार

विचार

युवा र क्रान्ति

युवा र क्रान्ति

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पुर्ण बहादुर सिंह आरम्भ : सिर्जनशील, गतिशील, ऊर्जावान्, चेतनशील, उच्च आत्मविश्वास, साहस, सिक्न सक्ने क्षमता र परिवर्तनको संवाहक एवम् विद्रोही शक्तिको पर्यायवाची युवा हो । युवा शक्ति कुनै पनि मुलुकको अमूल्य सम्पत्ति एवम् मेरुदण्ड हो । युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको अग्रदस्ता एवम् धरोहर हो । युवा क्रान्तिको जीवन र भविष्य पनि हो । युवा बुर्जुवाहरूको भाष्यजस्तो भविष्यको कर्णधार मात्र होइन, वर्तमानको सहयात्री एवम् सहयोद्धा हो । युवा आजीवन कार्यकर्ता होइन, आफ्नो युगको नेता हो । युवा उमेरसमूह मात्र होइन, मानसिकता एवम् उत्साह पनि हो । असल वस्तु बनाउन फलाम पनि असल चाहिन्छ भनेझैँ मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका खातिर सिर्जनशील, गतिशील, ऊर्जावान् र चेतनशील युवाको खाँचो छ । तसर्थ महान् माओ त्सेतुङले भन्नुभएको थियो–‘तन्नेरीहरू सम्पूर्ण समाजका ...
आशामै बिते ती  सपनाहरु

आशामै बिते ती सपनाहरु

Breaking News, विचार, समाचार
रेशम बहादुर खड्का  जहाँ मैले भेटे तिमीलाई तिमी त्यहाँ फुलै फुलमा सजिएको भान थियो । शरीरमा जवानी, आँखाभरि बैंस चढेको थियो । हजारों फुलको बगैचामा ढकमक्क फुलको गुच्छा जस्तै अझ भनौं पानीको गहिराइमा आफ्नै शुरुमा मौलाएको कमल जस्तो । त्यतिबेला यो मनमा केही आशा पनि पलाउन थालेको थियो । मनमा लाग्ने गथ्र्योे सधै यी दन्त लहरमा हाँसिरहन्छु । त्यही खुसीमा बाँचिरहन्छु । मान्छेको जिन्दगी सबैको अगाडी सबैको प्रीय भएर बाँच्छु भनेर गहिरो सोच राखेर हरदिन संघर्ष गर्दै गए । जीवनका केही समय रमाउँदै गए बितेका संसारमा रम्न गए । जिन्दगीका हरेक सपनाहरू दिनरात थप हुँदै गए । उमेर बढ्दै गयो भएको जिन्दगी कसरी सहज तरिकाले कटाउने आशमा बितिरहे । मेरो सपनाको संसार बेग्लै थियो । जसोतसो जीवनलाई सहजै बुझ्न सक्ने जति विश्वास म प्रति थियो । जिन्दगीमा एउटा मौनताको विश्वास पाएजस्तो र विश्वासको बाँकी रहेन संसारमा जिउन खोजे...
नेकपा बहुमत जाजरकोटद्वारा १३० ओैं माओ जन्म जयन्ती  दिवश सम्पन्न ।

नेकपा बहुमत जाजरकोटद्वारा १३० ओैं माओ जन्म जयन्ती दिवश सम्पन्न ।

राजनीति, विचार, समाचार
११ पुस जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी बहुमत जाजरकोटले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष तथा बिश्व श्रवहारा बर्गका महान नेता माओत्सेतुङ काे १३० ओै जन्म जयन्तीको अबसरमा माओ दिवश मनायकाे छ । जिल्लाकाे नलगाड नगरपालिका वडा नं ३ कैना स्थित श्री  सुर्याेदय माः बि काे प्राङ्गणमा उक्त कार्यक्रम गरियकाे थियाे । कार्यक्रम काे संचालन अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य शितल बिष्ट ,सभापति  नेपाल कम्युनिस्ट पार्टी बहुमत जिल्ला सम्मेलन आयाेजक समिति सदस्य तथा नलगाड नगरपालिका ईन्चार्ज कः दिनेश  , जिल्ला संयाेजक कः महानकाे प्रमुख आथित्यतामा सन्चालन भयकाे थियाे ।उक्त कार्यक्रममा जिल्ला आयाेजक कमिटी सदस्य तथा भेरि नगर ईन्चार्ज कः हिमाल,  अखिल क्रान्तिकारी डाेल्पा जिल्ला ईन्चार्ज कः विशाल,    कुसे गाउपालिका ईन्चार्ज कः बरुण बारेकाेट गाउपालिका ईन्चार्ज कः बिश्व र बिद्यालय परिवार सहिद परिवार लगायत अन्य...
सन्दर्भ : १३०ओेैँ  माओ दिवश ।

सन्दर्भ : १३०ओेैँ माओ दिवश ।

विचार, शिक्षा
सन्दर्भ : १३० औँ माओ दिवस माओ जे दोङ जिन्दावाद ! माओवाद जिन्दावाद !! - खेम थपलिया २६ डिसेम्बर, सन् १८९३ मा विश्व मानचित्रको एउटा विशाल भू-भाग ओगटेको पुँजीवादी तथा सामन्तवादी शक्तिद्वारा पिल्सिएको जर्जर रोग र भोकले छटपटाएको चीनको स-सानो गाउँमा जन्मनुभएका महान् योद्धा कमरेड माओको नामले आज संसारभर प्रसिद्ध छ । माओ शोषक लुटेराहरूको ज्यानीदुश्मन र गरिब मिहिनेतकश जनताका मुटुको धड्कन बन्नु मात्र भएन कि उहाँ प्रत्येक राष्ट्रको स्वाधीन आन्दोलन र हरेक देशका जनताको मुक्ति आन्दोलनसँग गहिरोगरी गाँसिनुभएको छ । आज उहाँ विश्वभरमा चलाइने जनक्रान्तिको पर्याय बन्नुभएको छ । साम्राज्यवादी, सामाजिक साम्राज्यवादी तथा एकाधिकार पुँजीवादी शक्तिहरूको प्रभावबाट राष्ट्रलाई मुक्त गर्न, उत्पीडित जनतालाई सामन्तवादी तथा अन्य प्रतिक्रियावादी तत्त्वको दमन र शोषणबाट मुक्त गर्न कमरेड माओ संसारभरका मुक्तिआकाङ्क्षी जनताका ला...
असफल संसदीय व्यवस्था र यसको विकल्प

असफल संसदीय व्यवस्था र यसको विकल्प

Breaking News, राजनीति, विचार, शिक्षा
लोकतान्त्रिक गणतन्त्रका नाममा स्थापित वर्तमान राजनीतिक व्यवस्थालाई हामीले ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भनेका छौँ । यो राज्यव्यवस्थाका तीनवटा आधारभूत विशेषताहरू रहेका छन् । प्रथमतः यो ‘पुँजीवादी’ व्यवस्था हो । दोस्रो, यो व्यवस्था पुँजीवादी मात्रै नभएर ‘दलाल पुँजीवादी’ व्यवस्था हो र तेस्रो, यो दलाल पुँजीवादी हुनुका साथै ‘दलाल पुँजीवादी संसदीय’ व्यवस्था हो । १. यो व्यवस्था पुँजीवादी किन हो भने यो व्यवस्थाअन्तर्गत सम्पत्तिको स्वामित्व प्रणाली सामूहिक उत्पादन र निजी उपभोगमा आधारित रहेको छ । यो व्यवस्थाअन्तर्गत श्रम गर्नेहरू उत्पादनका मालिक हुन सक्दैनन्, बरु त्यसको उल्टो श्रम लुट्नेहरू उत्पादनका मालिक हुन्छन् । जसरी एउटा सानो उद्योगमा उत्पादित कुटो, कोदालो, फरुवा होओस् वा आधुनिक कारखानामा उत्पादित कपडा, मेसिन वा औजार होओस् त्यसको मूल्य निर्धारण मजदुरले होइन, उद्योगको मालिकले गर्दछ ठीक त्य...