११ श्रावण २०८१, शनिबार

स्वास्थ्यकाे समायोजन सकस :समस्या र समाधानका उपायहरु

लेखक : निर्मल कुमार रेग्मी

(आरम्भ )

१,समायोजनको हुदै गर्दाको अवस्था :
बि.स.२०७६ असोजमा लामो समयको रस्साकस्सी पछी कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका सबैभन्दा तल्लो तह चौथो तह लगाएत सो भन्दा माथिका करीब २६,७१७ कर्मचारीहरुको संघ,प्रदेश र स्थानिय तहमा समायोजन गर्‍यो । समायोजन यति सम्म भद्रगोल भयो कि रुकुमको कर्मचारी पाचथर हुने,स्थानिय तहमा कर्मचारी दरबन्दी थोरै हुने तर कर्मचारी समायोजन धेरै हुने,कतै स्थानिय तहहरुमा दरबन्दी भन्दा एकदमै थोरै कर्मचारी समायोजन हुने,कुनै कर्मचारीहरुको नाम समायोजन सुचीमा नै नहुने खालका बिबिध समस्याहरु देखा परे तर पनि एकात्मक राज्य ब्यबस्था बाट संघात्मक राज्य ब्यबस्थामा राज्य रुपान्तरीत हुदै गर्दा र केन्द्रकृत रुपमा रहेका राज्यका संरचनाहरु,अधिकारहरु बिकेन्द्रीत भएर जनताको घर दैलोमा जादै गर्दा कर्मचारी हरुले पनि यति बेला सहयोग गर्नु पर्छ भन्ने हेतुका साथ भएपनि स्वास्थ्यका कर्मचारीहरु समायोजन भयको कार्यालत तिर झिटी,गुण्टा बोकेर लागे । समायोजनको तनाबले डिप्रेसनको सिकार हुन थालेका स्वास्थ्यकर्मीहरुका लागी ढीलै भयपनि खुुसीको कुरा थियोे तर समायोजन भै समायोजन भयको कार्यक्षेत्र तर्फ जादै गर्दा संगै संगै नंया समस्याको थालनी पनि हुन थाल्यो। स्थानीय तह बिशेषका अलिखीत निति,नियम हरु लागु हुन थाले । मौखीक रुपमा नयाँ -नयाँ नियम हरुको सृजना गर्न थालीयो । यो सबै आफनो रुचीको कर्मचारी आफुले भनेको कार्यालयमा समायोजन पदस्थापना गर्न नियत बस गरीयको कार्य थियो ।यस्तो हुनमा स्थानीय तहका जनप्रतिनीधी हरु संग सम्बन्ध र चिनजान भएका कतिपय कर्मचारीहरुले पनि यो कार्यमा भुमीका खेलेका थिए । कुनै स्थानीय तहमा समायोजन पदस्थापना गर्दा पहिलो आउनेलाई पहिले रोजेको कार्यालय मा पठाइयको थियो,कुनै स्थानीय तहले आफुले खटाएको ठाउमा जान उर्दी जारी गर्दै पदस्थापना गरेर जबरजस्ती खटायको ठाउमा जान बाध्य पारियको थियोे । कुनै स्थानीय तहले समायोजन भई आउने सम्पर्ण कर्मचारीहरुलाई पर्खेर जेष्ठताको आधारमा रोजेको कार्यालय मा पदस्थापना गरेका थिय भने कति स्थानिय तहले स्वास्थ्य चौकीमा समायोजन नगरेर स्थानीय तहमा नै समायोजन पदस्थापना गरेका थिय । कार्यालयमा समायोजन पदस्थापना नगरेर स्थानिय तहमा समायोजन गर्नु गलत नियतका साथ कर्मचारीहरुलाई दुख दिन गरियको कार्य थियो ।
२, समायोजन पदस्थापना पछिको कर्मचारीको अवस्था :
समायोजन पदस्थापना पश्चातका केही कुरा लेखीरहदा समायोजन भन्दा अगाडीको स्वास्थ्य र स्वास्थ्यका कर्मचारीको अवस्था को बारेमा पनि केही कुरा लेख्न मन लाग्यो । समायोजन भन्दा अगाडि केन्द्रमा केन्द्रीय कार्यालयहरु,क्षेत्रमा क्षेत्रीय कार्यालयहरु,जिल्लामा जिल्लास्तरका कार्यालयहरु त्यो भन्दा तल प्रत्येक निर्बाचन क्षेत्रमा प्राथमीक स्वास्थ्य केन्द्र र प्रत्येक गा.बि.स.हरुमा स्वास्थ्य चौकीहरु रहेका थिए । यसो हुदा स्वास्थ्य एउटा अब्बल र आयामिकता संगै chain of command मा बाधियर चलेको थियो ।
स्वास्थ्य चौकीका समस्या,प्राथमीक स्वास्थ्य सेवा केन्द्रका समस्या हरु,कर्मचारीका समस्याहरु जिल्ला जनस्वास्थ्य कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय बाट सजिलै समाधान हुन्थे । कर्मचारीहरु खुसी थिय,उत्पे्ररित थिय र जागर चलायर काम गर्थे । कार्यक्रमहरु जिल्ला स्तरमा हुन्थे,कार्यक्रमहरु प्रभाबकारी रुपमा हुन्थे,स्वास्थ्य कर्मीहरु बिच भाबना आदान प्रदान हुन्थे । आफना कार्यालयका कामहरुका सम्बन्धमा,कार्यक्रमहरुका सम्बन्धमा,आफना अनुभबहरु का सम्बन्धमा,सिकाईहरुका सम्बन्धमा छलफल हुन्थे । सबै स्वास्थ्यकर्मीहरु स्वास्थ्यकर्मीहरु जस्तो लाग्थ्यो,एउटा परिवार जस्तो लाग्थ्यो,स्वास्थ्यका बिभिन्न सुचकहरुको अबस्था पनि राम्रै थियो ।

समायोजन पश्चात केन्द्रीय कार्यालयहरु संघ अन्तर्गत,क्षेत्र मा रहेका क्षेत्रीय कार्यालयहरु,जिल्ला अन्तर्गत रहेका कार्यालयहरु प्रदेश अन्तर्गत र निर्बाचन क्षेत्रमा रहेका प्राथमीक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी हरु स्थानिय तहमा राखीयो । बहुसंख्यक कर्मचारीहरु स्थानीय तहमा समायोजन गरीयो । कर्मचारीहरु पनि एकात्मक राज्य ब्यबस्था बाट संघात्मक राज्य ब्यबस्थामा त पठाईयो तर कर्मचारीहरु संग प्रयाप्त छलफल,प्रयाप्त योजना,प्रयाप्त कार्यबिधी बिना नै जबर्जस्ती अबैज्ञानिक कयातधबचभ प्रयोग गरी जान बाध्य पारियो यसले स्वास्थ्यका कर्मचारीको मनोबलमा गम्भीर असर गरेको छ ।

 ३, स्थानिय तहका र स्वास्थ्यका कर्मचारीहरुका समस्याहरु :
एकात्मक राज्य ब्यबस्थामा जिल्लाबाट हुने कार्यक्रम हरु स्थानीय तहमा आउन थाले । कार्यक्रमहरु स्थानीय तहमा नै सञ्चालन हुन थाले । स्थानीय तहमा स्वास्थ्य शाखामा संयोजक,सहसंयोजक समायोजन पुर्ब जिल्ला जनस्वास्थ्य कार्यालयले नै जिम्मेवारी प्रदान गरी पठाइसकेको भयपनी समायोजन पश्चात कतिपय स्थानीय तहका मुख्य नेतृत्व हरुले योग्यता,क्षमता बिना नै आफनो चाहाना बमोजिमको संयोजक,सहसंयोजक हरु स्वास्थ्य शाखामा ल्याउने काम गर्न थाले र बिकृती यहिबाट सुरुवात हुन थाल्यो । राजनितीक आस्थाका आधारमा ऐन,कानुन,कार्यबिधि बिना नै एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्न थालीयो । पद नै नभएको ठाउमा काज सरुवा गर्न थालीयो । सुरुमा स्थानिय तहमा समायोजन भएको कर्मचारीलाई फाजील मा राखी पछी समायोजन मिलानबाट आएको स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य चौकीहरुमा पदस्थापना गरियको छ । यसबाट कर्मशिल स्वास्थ्यकर्मीहरुको मनोबलमा कस्तो असर परेको होला यो गम्भीर सोचनिय बिषय रहेको छ ।
कतिपय स्थानीय तहहरुले स्वास्थ्यका कर्मचारी हरुले समायोजन पुर्ब काम गरे बाफत पाउने सुबिधाहरु फील्ड भत्ता,जोखीम भत्ता,द्यष्चतजष्लन अभलतभच मा राति पनि सेवा दिने ल्गचकष्लन कर्मचारीहरुलाई रात्री भत्ता लगाएतका भत्ता तथा सेवा सुबिधाहरु उपलब्ध नै गरायका छैनन । कतिपय स्थानीय तहमा समायोजन भएका स्वास्थ्यका कर्मचारीहरुका लागी उपलब्ध गराएको २ ग्रेड पनि उपलन्ध गराएका छैनन । कतिपय स्थानीय तहहरुले आ.ब.२०७९/२०८० को श्राबण महीना देखी अहिले सम्मको तलब,भत्ता लगाएतका सेवा,सुबिधा हरु प्रदान गर्न सकेका छैनन । केही एकाध बाहेक स्वास्थ्य शाखाामा बस्ने स्वास्थ्यका संयोजक,सह सयोजक हरु स्वास्थ्यका प्राबिधिक कर्मचारी हुन की प्रशासनका कर्मचारी हुन भनेर छुट्याउन गारो भयको अवस्था छ । स्वास्थ्यका प्राबिधिक कर्मचारी हुन भनौ भने स्वास्थ्य का कर्मचारीहरु को हकहितमा,स्वास्थ्य क्षेत्रका पीर,मर्काहरुको बारेमा,स्वास्थ्यका कर्मचारीहरुको सेवा सुबिधाको बिषयमा,स्वास्थ्य क्षेत्र सुधारको बिषयमा बोलेको, छलफल गरेको सुनीदैन । एकाध बाहेक बहुसंख्यक हरुको ध्यान खरिद,भ्रमन आदेश स्वीकृत,ससर्त को कुन शिर्षक मा के कार्यक्रम छ ति कार्यक्रम कसरी सक्ने र स्थानिय तहका प्रमुख,उपप्रमुख हरुको नजिक कसरी बन्न सकिन्छ भन्ने चिन्ता मात्र छ जस्तो लाग्छ । समग्र स्वास्थ्य क्षेत्रको समग्र सुधार कसरी गर्ने भन्ने बिषयमा कतै छलफल,कार्यक्रमहरु भएको देखीदैन। एकाध बाहेक धेरैजसो जनप्रतिनिधीहरु को ध्यान बाटो,घाटो बाहेक अन्यमा छैन । स्वास्थ्यको सबै पैसा ससर्तमा नै हुन्छ स्थानिय तहहरुले पैसा नै छुटयाउनु पर्दैन भन्ने सम्मको बुझाइ रहको छ ।
ससर्तको केही पैसा त स्थानिय सरकारको सम्झनाको लागी स्थानिय सरकारले बजेट बिनीयोजन गरोस भन्ने नियतका साथ राखीयको जस्तो पनि लाग्छ तर स्थानिय सरकारहरुको यो बारेमा चासो र चिन्ता केही पनी छैन भन्दा पनी हुन्छ ।
 ४,स्थानिय तहका समस्या समाधानका उपायहरु:
सर्बप्रथम संघीय सरकारले कर्मचारीहरुको सहि ब्यबस्थापन गर्नु पर्दछ । सुगममा कर्मचारी हरु फालाफाल हुने र दुर्गममा कर्मचारीको हाहाकार हुने अबस्था तुरुन्त हटाउनु पर्दछ । प्रत्येक नंया वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने तर कर्मचारीहरुको दरबन्दी स्विकृत नगर्ने अहीलेको ब्यबस्थाको अन्त्य गर्न दरबन्दि सृजना गरी कर्मचारीहरुको प्रयाप्त ब्यबस्था गर्नु पर्दछ । देश भरिका स्थानिय तहको स्वास्थ्य शाखामा रहने कर्मचारीहरुको दरबन्दी सृजना गरी तुरुन्त कर्मचारीको ब्यबस्था गर्नु पर्दछ । कर्मचारीहरुलाई महिनौ सम्म तलब भत्ता नखुवाउने स्थानिय तहको चालु तर्फको बजेट कटौति गरी प्रदेश वा संघले कर्मचारीको तलब,भत्ता लगाएतका सेवा सृुबिधाहरुको समयमा नै ब्यबस्था हुने पुणर् प्रत्याभुती गराउनु पर्दछ । प्रत्येक स्थानिय तहमा अस्पत्तालको निर्माण गरी कर्मचारीको ब्यबस्था गरी ति अस्पत्ताल बाट स्थानीय तहका स्वास्थ्य क्षेत्रको सुधारका लागी प्रतिकारात्मक,प्रबद्घनात्मक,उपचारात्मक लगाएतका अन्य सेवाहरु जनताको घरदैलो सम्म पुर्‍याउन स्वास्थ्यका हरेक सुचकहरु पुरा हुनेगरी बहुबर्सीय योजना निर्माण गरी कार्यान्वायन गराउन भुमीका खेल्ने नेतृत्व तहको रुपमा भौतिक,आर्थिक र दक्ष जनशक्ति लगाउत अन्य आबस्यक कुराहरुको बिकास गर्नु पर्दछ । अब जिल्ला लाई पिछडिएको क्षेत्रमा राख्नुभन्दा देश भरिको वडाहरुको अध्ययन बिष्लेशन गरी पिछडिएका वडा घोषना गरी पीछडिएका वडाहरुमा काम गर्ने स्वास्थ्य कर्मी लगायत अन्य कर्मचारीको मनोबल बढाउन उचित सेवा सुबिधा हरुको ब्यबस्था गर्न तिर पनि ध्यान दिनु पर्दछ । प्रत्येक स्थानिय तहले कुल पुजिगत बजेटको न्युनतम १० प्रतिषत स्वास्थ्य क्षेत्रमा छुट्याउनै पर्ने अनिबार्य ब्यबस्था गर्न सके पनी स्वास्थ्य क्षेत्रको बिकासले गति लिने सक्ने सम्भाबना रहेको छ ।

५,स्वास्थ्यको आगामी अबस्था :
स्वास्थ्य क्षेत्रका कर्मचारीहरु समायोजन हुदै गर्दाको अबस्थामा र त्यस पछिको यो करिब साढे तिन बर्षको अबधिमा केही एकाध बाहेक बहुसंख्यक कर्मचारी हरु मानसीक रोगको सिकार हुने अबस्था मा छन । न संघिय एैन आएको छ,न स्थानिय तहहरुले बैज्ञानिक कार्यबिधिको निर्माण गरी स्वास्थ्यका कार्यक्रमहरु ब्यबस्थीत गर्न सकेका छन । कनिष्ट हरुबाट बरिष्ठ हरु शासित हुदै आएका छन,क्षमता भएका हरुलाई ब्यक्तीगत वा राजनितीक प्रतिशोध साधी दुख दिने काम गरिएको छ । तालीम हरुमा मनोमानि रुपमा छनौट गरियको छ । तालीममा पर्नु पर्ने कर्मचारीहरु छुटिरहेका छन,तालीममा छुट्नु पर्ने कर्मचारीहरु परिरहेका छन । यो अबस्था बाट पार पाउन संघिय सरकार,प्रदेश सरकार र सम्पुर्ण स्थानिय तहहरु गम्भीर बन्नै पर्छ र माथिका उल्लेखीत समस्याहरु समयमै समाधान गरी स्वास्थ्य क्षेत्रलाई नंया आशाका साथ,नंया बिश्वासका साथ,नबिनतम उर्जा भर्दै अगाडि बढाउन स्वास्थ्य क्षेत्रका आर्थिक,भौतिक लगायत कर्मचारीहरुको तमाम समस्या समाधान गरि अगाडि बढेन  भने समस्या झनै बिकराल बन्ने र स्वास्थ्य क्षेत्र धरासायी हुने चिन्ता रहेको छ ।

लेखक : रेग्मी राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मि संगठन कर्णाली प्रदेश कमिटि सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष हुन ।हाल आधारभूत स्वास्थ्य सेवा केन्द्र बराहाताल १ सुर्खेतमा सि.अ.हे.काे रुपमा कार्यरत छन ।