५ आश्विन २०८१, शनिबार

राजनीति

माओवादी केन्द्रले समानुपातिकका १४ सिट टुंगो लगायाे

माओवादी केन्द्रले समानुपातिकका १४ सिट टुंगो लगायाे

Breaking News, राजनीति, समाचार
२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक प्रणालीबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् । हेर्नुहोस् सूची: आदिवासी जनजाति दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ हितराज पाण्डे (पुरुष) महिला ज्ञानु बस्नेत सुवेदी विमला सुवेदी नारायणी शर्मा रुपासोसी चौधरी (थारु) दलित रणेन्द्र बराली सुशीला श्रीपाली ठकुरी मधेशी मीना यादव अमरावती देवी यादव पिछडिएको क्षेत्र कल्पना मिया...
संसदका महासचिव गाैेतमले  गुमाए विश्वास

संसदका महासचिव गाैेतमले गुमाए विश्वास

Breaking News, राजनीति, समाचार
२३ मंसिर, काठमाडौं । संवैधानिक इजलासको अन्तरिम आदेशसँगै सर्वोच्च अदालत फर्किने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रयास असफल भएको छ । साथै उनलाई सर्वोच्च फर्काउन प्रयास गरेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतममाथि समेत प्रश्न उठेको छ । कर्मचारीतन्त्रमा राम्रो छवि बनाएर महासचिव भएका गौतमले २१ मंसिरमा जबरालाई १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग निष्प्रभावी भएको पत्र थमाएका थिए । उनको पत्रमा सर्वोच्च अदालतले प्रश्न मात्र उठाएको छैन, बुधबार संवैधानिक इजलासले कार्यान्वयन नगर्न आन्तरिम आदेश नै दिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासले संघीय संसदका महासचिवलाई महाअभियोग निष्प्रभावी भएको पत्र लेख्ने अधिकार नभएको बताएको छ । अन्तरिम आदेशमा भनिएको छ, ‘संविधानद्वारा प्रतिनिधि सभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेकोसम्बन्धी गम्भीर ...
नेकपा बहुमत काठमाडौं काे राजनैतिक र वैचारिक प्रशिक्षण सम्पन्न ।

नेकपा बहुमत काठमाडौं काे राजनैतिक र वैचारिक प्रशिक्षण सम्पन्न ।

Breaking News, राजनीति, समाचार
काठमाडौँ  :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला सम्मेलन आयोजक समितिको राजनैतिक वैचारिक प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको लैनचौरमा बिहिबार सम्पन्ने प्रशिक्षणमा बोल्दै बहुमतका संयोजक कन्चनले नेकपा(बहुमत) र क्रान्तिकारी (माओवादी)बीच भएको पार्टी एकता संयोजन समितिले व्यापक छलफल गरी नेपाली क्रान्तिलाई सम्पन्न गर्ने उदेश्यका साथ पार्टी एकता छिटै टुङ्ग्याउने बताए । पार्टीको कार्यक्रम र कार्यदिशाको व्याख्या गर्दै संयोजक कन्चनले संसदीय चुनाव निर्वाचन अवज्ञा गर्ने आफ्नो पार्टीको कार्यक्रम उपलब्धीमूलक भएको भन्दै यसले जनता र पार्टीलाई जोडने काम गरेको बताए । साथै उनले हालै राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, नेपाली कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीको अवस्थाको बारेमा पनि स्पष्ट पारेका थिए । यस्तै पार्टीका प्रवक्ता सुदर्शनले पार्टी सचिवालयको निर्णयहरुको व्याख्या गर्दै आ...
माओवादी केन्द्रका नेताहरुकाे फरक – फरक बाेली।

माओवादी केन्द्रका नेताहरुकाे फरक – फरक बाेली।

Breaking News, राजनीति, समाचार
१९ मंसिर, काठमाडौंं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शनिबार पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सरकार निर्माणका लागि सबै विकल्प खुला भएको सुनायका छन । सबै विकल्प खुल्ला भन्नुको अर्थ नेकपा एमालेसँग पनि मिल्न सकिने हो भन्ने संवाददाताहरुको प्रश्नमा उनले त्यसमा ठोस जवाफ दिएनन्, तर अस्वीकार पनि गरेनन् । महराको उक्त अभिव्यक्तिको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले शनिबार नै खण्डन गर्याे। ‘हाम्रो पार्टीको आज बसेको पदाधिकारी बैठकले निर्वाचनको समीक्षा प्रारम्भ गर्नुका साथै गठबन्धनको पक्षमा दृढतापूर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ,’ स्वकीय सचिव रमेश मल्लले यसबारे प्रष्ट्याएका थिए । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार महराले भनेजस्तै सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने विषयमा पनि शनिबारको बैठकमा छलफल भएको थियो । ‘महराजीले भने जसरी बैठकमा ...
असफल संसदीय व्यवस्था र यसको विकल्प

असफल संसदीय व्यवस्था र यसको विकल्प

Breaking News, राजनीति, विचार, शिक्षा
लोकतान्त्रिक गणतन्त्रका नाममा स्थापित वर्तमान राजनीतिक व्यवस्थालाई हामीले ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भनेका छौँ । यो राज्यव्यवस्थाका तीनवटा आधारभूत विशेषताहरू रहेका छन् । प्रथमतः यो ‘पुँजीवादी’ व्यवस्था हो । दोस्रो, यो व्यवस्था पुँजीवादी मात्रै नभएर ‘दलाल पुँजीवादी’ व्यवस्था हो र तेस्रो, यो दलाल पुँजीवादी हुनुका साथै ‘दलाल पुँजीवादी संसदीय’ व्यवस्था हो । १. यो व्यवस्था पुँजीवादी किन हो भने यो व्यवस्थाअन्तर्गत सम्पत्तिको स्वामित्व प्रणाली सामूहिक उत्पादन र निजी उपभोगमा आधारित रहेको छ । यो व्यवस्थाअन्तर्गत श्रम गर्नेहरू उत्पादनका मालिक हुन सक्दैनन्, बरु त्यसको उल्टो श्रम लुट्नेहरू उत्पादनका मालिक हुन्छन् । जसरी एउटा सानो उद्योगमा उत्पादित कुटो, कोदालो, फरुवा होओस् वा आधुनिक कारखानामा उत्पादित कपडा, मेसिन वा औजार होओस् त्यसको मूल्य निर्धारण मजदुरले होइन, उद्योगको मालिकले गर्दछ ठीक त्य...
चुनावमा हुलदंगा गरेर मतदान गर्न बन्चित गरियाे : केपि शर्मा  ओली

चुनावमा हुलदंगा गरेर मतदान गर्न बन्चित गरियाे : केपि शर्मा ओली

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचन निर्वाचन जस्तै नभएको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममा उनले चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप लगाए । तपाईंहरुले एमाले पहिलो पार्टी भएन भन्नुभयो,’ ओलीले कार्यक्रममा भने, ‘तपाईँको गोजीमा भएको पैसा लुटेपछि तपाईँसँग कम भइहाल्छ नि, गठबन्धनले लुटेको छ ।’ चुनावमा मान्छे मर्दा पनि नबोलेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको पनि आलोचना गरे ।...
सबै कम्युनिस्ट एक हुनुपर्छ : विप्लव

सबै कम्युनिस्ट एक हुनुपर्छ : विप्लव

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
१३ मंसिर, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् । ‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू एक ढिक्का हुनुपर्छ ,’ उनले भनेका छन् । कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट व...
बिश्वकप फुटबल:  ईरान र अमेरिका भिड्दै ।

बिश्वकप फुटबल: ईरान र अमेरिका भिड्दै ।

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राजनीति, शिक्षा, समाचार
दाेहा :विश्व राजनीतिमा सदैव चर्चामा रहने नाम हो, इरान र अमेरिका। यी दुई राष्ट्र कतार विश्वकप फुटबलअन्तर्गत मंगलबार आपसमा भिड्दा खेलकुदसँगै राजनीतिक तरंग पनि ल्याउने छन्। इरान र अमेरिकाबीचको खेल सन् १९९८ कै पुनरावृत्त भए पनि यस पटक छुट्टै परिणाम निस्कनेमा अमेरिकी प्रशिक्षक ग्रेग बेरहल्टर आशावादी छन्। सन् १९९८ मा लियोनको स्टेड डे गेल्यान्डमा भएको खेल ‘राजनीतिक खेल’का रुपमा चित्रित भएको थियो। त्यतिबेला इरान र अमेरिकाबीचको सम्बन्ध निकै चिसिएको थियो। तीन दशकदेखिको तनावपूर्ण सम्बन्धका कारण इरानी सर्वोच्च नेता अली खामेनीले आफ्ना खेलाडीलाई अमेरिकी खेलाडीहरूसँग हात नमिलाउन आदेशसमेत दिएका थिए। तर, इरानी खेलाडीहरूले शान्ति प्रस्तावका रुपमा अमेरिकी खेलाडीलाई शान्तिको प्रतीक सेतो गुलाव दिएर सँगै फोटो खिचेका थिए। खेल पनि शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको थियो। उक्त खेलमा इरानले अमेरिकालाई २–१ गोलले प...
प्रत्यक्षे तर्फ तेस्रो स्थान हासिल गरेकाे माओवादी केन्द्र समानुपातिकमा पनि हाल सम्मा तेस्रो दल

प्रत्यक्षे तर्फ तेस्रो स्थान हासिल गरेकाे माओवादी केन्द्र समानुपातिकमा पनि हाल सम्मा तेस्रो दल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
आयोगका अनुसार अहिलेसम्म ९५ लाख ७३ हजार ७५ मत गनिसकिएको छ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत अर्थात् ३ लाख २० हजार मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ। प्रत्यक्षतर्फ १७ सिटका साथ तेस्रो स्थानमा रहेको माओवादी अहिलेसम्म समानुपातिकतर्फ पनि तेश्रै स्थानमा छ। पहिलो स्थानमा एमाले र दोस्रो स्थानमा नेपाली कांग्रेस छन्। चौथो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी छ। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १०:३०  बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले...
निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटना सार्वजनिक

निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटना सार्वजनिक

Breaking News, चुनाव, निर्वाचन, राजनीति, शिक्षा, समाचार
१३ मंसिर, काठमाडौं । आम निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटनामा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आयोगमा उजुरी दिएको छ । उजुरीमा २५ विद्यालय, एक विद्यालय बस र ४ जना शिक्षक प्रयोग भएको भन्दै सिजपले आयोगमा उजुरी दिएको अध्यक्ष राजेश शर्माले बताए । उनका अनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला ११५ वटा उजुरी सिजपले आयोगमा दिएको थियो । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी शर्माले उजुरीबारे संक्षिप्त विवरण सार्वजनिक गरे । त्यसक्रममा उजुरी परेका मध्ये सबैभन्दा बढी लोकतान्त्रिक वाम गठबन्धनका दलहरुबाट ९८, नेकपा एमालेबाट ७१ र अन्य सात दलबाट ३४ वटा रहेको बताइयो । कुल उजुरीमध्ये १४४ वटा बालबालिकालाई प्रचारप्रसार तथा र्‍यालीमा प्रयोग गरिएका, १२ वटा घरदैलोमा प्रयोग गरिएका, १८ वटा आमसभा, १३ वटा प्रचार सामग्रीमा प्रयोग गरिएका र २९...