१३ श्रावण २०८२, मंगलवार

यातायात

काठमाडौं टाेखाबाट २५ करोड बराबरको अवैध रकम बरामद

काठमाडौं टाेखाबाट २५ करोड बराबरको अवैध रकम बरामद

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :राजश्व छली गरी विभिन्न देशका मुद्राहरू अवैध रूपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।मंगलवार चैत्र ४ गते राति ११ बजे प्रहरीले काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको हो । अमेरिकी डलर, युरो लगायतको मुद्राहरू रहेको प्रहरीले बताएको छ । मंगलवार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले गाडी विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा नियन्त्रणमा लिइएको बताए । पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भ...

काठमाडौंकाे तिनकुनेमा टिपरले ठक्कर दिए पछि दुईजनाको ज्यान गयाे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौंकाे तिनकुनेमा टिपरले ठक्कर दिएपछि भएको दुर्घटनामा माेटर साईकल सवार एक जनाको मृत्यु भएको छ। शुक्रबार बेलुका कागेश्वरी मनहरा र शनिबार बिहान काठमाडौंको तीनकुनेमा भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन्। काठमाडौं महानगरपालिका ३२ तीनकुने गौरीगाउँमा शनिबार बिहान साढे चार बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र३–०२ –००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा घाइते भएका काभ्रेपलाञ्चोक पनौती ११ का सुकराम तामाङको मृत्यु भएको र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ का रमेश तामाङ घाइते भएका छन्। दुर्घटनापछि फरार भएको टिपर विमानस्थल भन्सार कार्गाेभित्र भेटिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उता, कागेश्वरी मनहरा वडा नम्बर १ स्थित सानीटारीमा पनि टिपरकै कारण मोटरसाइकल चालकले ज्यान गुमाएका छन्। बा ५ ख ११६८ नम्ब...
जाजरकोट छेडाचाैरमा एक युवा मृत अवस्थामा भेटिए

जाजरकोट छेडाचाैरमा एक युवा मृत अवस्थामा भेटिए

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्लाको छेडागाड नगरपालिका–१२ उम्रा निवासी राजु सिंहको गाडीको ठक्करबाट मृत्यु भएको छ । भारतको गुजरातबाट घर फर्किने क्रममा शुक्रबार राति करिब साढे ९ बजे शिवालय गाउपालिका - १ पर्ने छेडाबजार नजिकै उनलाई गाडीले ठक्कर दिएको हो सिंहलाई ठक्कर दिने गाडीबारे कुनै जानकारी नभएको वडावनस्थित प्रहरी कार्यालयले बताएको छ । ठक्कर दिने गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।पीडित पक्षले भने ठक्कर दिने गाडी र चालकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै थलह बजारको सडकमा आन्दोलित बनेका छन् ।...
कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कालेगाँऊमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका १ कालेगाउँ बराको मन्दिर नजिकै भएको दुर्घटनामा परि छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार, भेरी नगरपालिका ४ रानागाउँका वर्ष २१ का प्रकाश बादी, कुशे गाउँपालिका ५ खुर्पाका वर्ष २५ का भीम परियार र भेरी नगरपालिका ६ का धर्मराज खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । खलङ्गाबाट निर्माण सामाग्री लगेर कालेगाउँ तर्फ जाँदै गरेको ट्याक्टर अन्दाजी बिहान ८:३५ बजेको समयमा ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ, भने घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।...
बढैयाँताल गाउपाँलिका बर्दियाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती

बढैयाँताल गाउपाँलिका बर्दियाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज :बर्दियाको बढैयाँताल गाउपाँलिकाकाे  बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती ।लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बढैँयाताल गाउँपालिका-७ काे मैनापाेखर सडक खण्डको  पटरिया देखी राजापुर सम्मकाे सडकलाई कालाेपत्रे बनाउन ठेक्का आव्हान भयकाे एक वर्ष  बितिसक्दा पनि  कामले गति लिन सकेकाे छैन । नेपाल सरकारको खरिद नियमावली अनुसार १२ महिना भन्दा माथि  सम्झौता भयकाे कुनैपनि काममा मुल्य वृद्धि भयपछि थप मुल्य दिनुपर्ने ब्यवस्था रहेकाे छ । गाउँपालिकाले सम्झौता भय बमोजिममा काम सक्नु पर्ने ताकेता गरेपछि निर्माण ब्यावसायीले काम गर्न  गाराे भयकाे बतायका छन । प्रत्येक बर्षमा हरेक बस्तुहरुकाे मुल्य बढ्दै गयपछि सामानहरुकाे मुल्य पनि बढ्दै गय पछि थप बजेटको ब्यवस्था गर्नु पर्ने निर्माण ब्यावसायी बताउछन । ठेक्का लियकाे निर्माण कम्पनी र पालिका बिच तालमेल नमिल्दा स्थानीयहरु निकै सास्ती भयकाे बताउछ...
नेपालगन्जमा करेन्ट लागेर एक युवकको मृत्युु

नेपालगन्जमा करेन्ट लागेर एक युवकको मृत्युु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज : बाके जिल्लाको नेपालगन्जमा एक जना युवाको करेन्ट लागेर मृत्यु भयकाे छ । नेपालगंज उप-महानगरपालिका - १८ मा आईतवार अपरान्ह ४ :३० बजे तिर बर्दिया जिल्ला गुलरिया नगरपालिका -७ का १९ वर्षिय राज राठाेरकाे मृत्यु भयकाे हाे । ना ५ ख १४१४ नम्बरको गाडी मर्मत गर्ने क्रममा गाडिको छतमा चढ्ने क्रममा नजिकैको तारले छुयपछि उनलाई करेन्ट लागेकाे हाे । करेन्ट लागे पछि निज राठाेर भुईमा झरे लगतै उनकाे मृत्यु भयकाे प्रहरीले जनायकाे छ ।  ...
माेटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्युु चालक गम्भीर घाइते

माेटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्युु चालक गम्भीर घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा मोटरसाइकल दुर्घटनामा हुदा एक महिलाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित नर्सिङ्गहोममा उपचारका क्रममा मृत्यु भएको हो । नलगाड नगरपालिकाको दल्लीदेखि जिल्ला सदरमुकाम खलंगा तर्फ आउदै गरेको भे. ५ ख. ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका–१ रिगौटामा दुर्घटना भएको थियो । आफै अनियन्त्रित भएर उक्त मोटरसाइकल विहान साडी नौ बजेको समयमा सडक भन्दा ६-७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार मोटर साइकल दुर्घटनामा परि मृत्यु हुुनेमा भेरी नगरपालिका–२ रिसाङकी ४० बर्षिय टली विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटर साइकलका चालक नलगाड नगरपालिका–१ का ३३ बर्षिय भीम बहादुर चनारा रहेका थिए । चालक चनारा पनि गम्भीर घाइते भएको हुदा उनको उपचार नर्सिङहोममा भइरहेको बताइएको छ । मृतक विक चालक चनाराकी फुपु हुन् । पूर्...
भारतमा रेल दुर्घटना हुदा कम्तिमा १३ जनाकाे मृत्यु भयकाे छ थप विवरण आउन बाकी

भारतमा रेल दुर्घटना हुदा कम्तिमा १३ जनाकाे मृत्यु भयकाे छ थप विवरण आउन बाकी

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
काठमाडौं :भारत महाराष्ट्रको जलगाउँमा बुधबार साँझ भयानक रेल दुर्घटना भएको छ। दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा नेपाली पनि परेको हुन सक्ने आशंका गरिएको छ । भारतमा रहेका केही नेपालीले उक्त रेलमा ६३ भन्दा धेरै नेपाली समेत सवार रहेको बताएका छन् । यद्यपि, यसबारे आधिकारिक जानकारी आइसकेको छैन । परधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूले रेलबाट हाम्फालेका थिए । यस क्रममा अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसको रेलले धेरैलाई किच्न पुग्यो। दुर्घटनापछि त्यहाँ रुवाबासी र कोलाहल मच्चिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना भएको स्थानमा ठूलो घुम्ती थियो । सेन्ट्रल रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतलाई उल्लेख गर्दै समाचारमा जनाइए अनुसार घुम्तीका कारण यात्रुहरूले अर्को ट...
दक्षिण काेरियाम विमान दुर्घटना हुदा २ जना बाहेक सबै जनाकाे मृत्यु भयकाे छ

दक्षिण काेरियाम विमान दुर्घटना हुदा २ जना बाहेक सबै जनाकाे मृत्यु भयकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
साेल :दक्षिण कोरियाकाे मुआनमा विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ । यस अघि भने एजेन्सीले मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६२ जना पुगेको भन्दै समाचार लेखेको थियो । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । ल्यान्डिङ गियरमा समस्याका कारण उक्त विमान दुर्घटना भएको योन्हापले ...
जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट: जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ। जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीमाटिबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो। डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । दुर्घटनामा २ जना घाइते भएका छन्।...