लिंकन स्कुलले लगायो सार्वजानिक जग्गामा पर्खाल : स्थानियहरु भन्छन् यस्तो ज्यादती कहिले सम्म सहनु पर्ने हो सरकार ?
काठमाडौं । काठमाडौं उपत्यकामात्र नभई देशै भरिको सार्वजानिक जग्गा अतिक्रमणका घटनाहरुका बिषयमा दिन प्रतिदिन सामाजिक संजाल र अनलाईन मिडियाहरुमा केहि न केहि आईरहेकै छन् ।
डि मिडिया कम्पनिले सन्चालन गरेको अनलाईन टेलिभिजन कार्यक्रम मिसन भण्डाफोरले नेपालमा अमेरिकन लगानीमा संचालन भईरहेको लिंकन स्कुलले सार्वजानिक जग्गा अतिक्रमण गरेको बिषयमा रिपोर्ट बजाए पछि अहिले त्यस जग्गाको बारेमा जताततै चर्चा हुन थालेको छ ।
काठमाडौंको कालिमाटी सोल्टीमोड मा रहेको लिंकन स्कुल नेपाल संग भाईचाराको संबन्ध बिस्तार गरेर नेपालमा आफ्नो भौतिक उपस्थिति जनाउन राजदुतावास खोले पछि आफ्ना कुटनितिक नियोगका अधिकारीहरुका बालबच्चाको लागि भनेर अमेरीकाले नेपालमा खोलेको एक स्कुलको नाम हो ।
पहिला त यो स्कुलमा अमेरिकबाट नेपालमा आएका कुटनितिक नियोगमा रहेका अधिकारीहरुका बालबच्चा मात्र पढ्न पाउँथे तर अहिले भने नेपालको शिक्षा निति अनुसार...









