परोपकार घटना : शौच गरेको निहुँमा विवाद हुँदा पुरुषको हत्या
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२० स्थित परोपकार पुलमुनि वैशाख १६ मा एक जना पुरुष अचेत अवस्थामा भेटिए । पौने १२ बजेतिर अचेत अवस्थामा भेटिएका काभ्रे भुम्लुका ४३ वर्षीय विक्रम तामाङ ‘माइला’को ट्रमा सेन्टरमा मृत्यु भयो ।
उनको चक्कु प्रहारबाट हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त जनसेवाको टोलीले सिन्धुपाल्चोक घर भएका आशिष् श्रेष्ठलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय श्रेष्ठले चक्कु प्रहार गरेर तामाङको हत्या गरेका हुन् । पिसाब फेरेको निहुँमा विवाद हुँदा श्रेष्ठले उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।
आशिष् श्रेष्ठ सँधैजसो बिहान १० बजेतिर व्यायाम गर्न कालीमाटी जाने गरेका ...









